२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गोठदेखि ओँठ सम्म स्वच्छ दुध पुर्याउन कपुरकोटमा मिल्क क्यान वितरण

२०७६, १८ असार बुधबार १३:१४

असार १८, सल्यान । ग्रामिण क्षेत्रमा दुध संकलनमा टेवा पुर्याउने उद्देश्यले सल्यानमा मिल्क क्यान वितरण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले दुग्ध ब्यवशायमा संलग्न किसानलाइ २३ थान मिल्क क्यान वितरण गरेको हो । 

५० प्रतिशत अनुदानमा १७ जना किसान तथा दुग्ध ब्यवशायीलाइ १० लिटर क्षमताको क्यान वितरण गरिएको पशु सेवा शाखा कपुरकोटका प्रमुख अरुणा भण्डारीले जानकारि दिइन् । मिल्क क्यान वितरण गर्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले किसानले उत्पादन गरेको दुध गुणस्तरिय तथा सुरक्षीत तरिकाले दुध संकलन केन्द्रसम्म पुर्याउन सहज होओस् भनेर यो कार्यक्रम संचालन गरिएको बताए । उनले भने, ‘गोठ देखि ओठ सम्म स्वच्छ दुध हुनुपर्छ भन्ने हाम्रो चाहना हो, त्यसैले हामीले मिल्क क्यान वितरण गरेका हौँ । गाउँपालिका सधै किसानको साथमा छ ।’

प्लाष्टीकको भाँडोमा दुध विक्रि गर्न बजार सम्म ल्याउने किसानहरुले अव स्टिलको भाँडामा दूध ल्याएमा दुधको त्यसको गुणस्तर र ब्याक्टेरियाको सङ्क्रमण न्यून हुने बताइएको छ । 


मिल्क क्यान पाउने किसानहरु कपुरकोट ५ का सुपारि महतारा, याम बहादुर पुन, अमृता रोका, कलसि बुढाथोकी, गंगाराम साहु, टिका घर्ती, राजेश बुढाथोकी, दान बहादुर कामी, बेद बहादुर पुन, कृष्णा पुन, नर बहादुर कामी रहेको छन् । 

यस्तै वडा नम्बर ६ बाट तिला कुमारि डाँगी, कपुरकोट ४ बाट विना बुढा, कपुरकोट ३ बाट शेर बहादुर महतारा, ज्योती प्रकाश ओली, बाबुराम बस्नेत र दुग्ध ब्यवशायी कुबेर केसी रहेको छन् । पशु सेवा शाखाले सूचना प्रकाशित गरेर संकलन भएका निवेदनका आधारमा किसानलाइ छनौग गरेको थियो । 

मिल्क क्यान वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर राना, ३ का वडाध्यक्ष मिन बहादुर सेन लगाएतले बोल्दै उपभोक्तालाइ स्वच्छ दुध उपभोगमा यस कार्यले सहजता ल्याउने अपेक्षा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो