२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

२०७६, ३१ असार मंगलवार ०९:१८

असार ३१, जुम्ला | जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं ( बुढ्थापा) र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हुनुहुन्छ ।

नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उहाँहरुलाई रु १५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने उद्यमी र किसानलाई प्रोत्साहित गरिएको बताउनुभयो । 

जुम्ला विधिवत घरेलु औद्योगिकतर्फ 

जुम्लामा उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । साना उद्योग तथा घरेलु विकास समिति जुम्लाले चालू आर्थिक वर्षमा ४०२ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको जनाएको छ । ती उद्योगमा एक हजार ४८४ जनाले रोजगारी पाएको समितिले जनाएको छ । 

“समितिले सीपमूलक तालीम सञ्चालन गरेपछि जिल्लामा उद्योग दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको हो”, कार्यालय प्रमुख हरिभगत श्रेष्ठले भन्नुभयो, “कार्यालयले सञ्चालन गरेको सीपमूलक तालीम अहिलेसम्म तीन हजार ७८७ जनाले लिइसकेका छन् ।” कार्यालयले रैथानेवाली प्रशोधन, सिलाई कटाइ, ढाका बुनाइ, हाते होजियारी, पलम्विङलगायत तालीम  प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । 

 बाल विवाह कायमै 

जुम्लाको पातारासि गाउँपालिका–१, २ र ३ मा बाल विवाह हुने क्रम रोकिएको छैन । अन्धविश्वास, शिक्षाको कमी र देखासिकाका कारण वाल विवाह हुने गरेको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । 

बाल विवाह न्यूनीकरण नभएसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउँदै उहाँले यसका लागि सम्बन्धित सबै पक्ष सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कानूनले बन्देज गरेको कुरा समाजले मान्यता दिएको उल्लेख गर्दै बाल विवाह न्यूनीकरणका लागि विद्यालय स्तरदेखि सचेतनामूलक कार्यक्रम गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस