४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

३१ असार २०७६, मंगलवार ०९:१८

असार ३१, जुम्ला | जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं ( बुढ्थापा) र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हुनुहुन्छ ।

नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उहाँहरुलाई रु १५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने उद्यमी र किसानलाई प्रोत्साहित गरिएको बताउनुभयो । 

जुम्ला विधिवत घरेलु औद्योगिकतर्फ 

जुम्लामा उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । साना उद्योग तथा घरेलु विकास समिति जुम्लाले चालू आर्थिक वर्षमा ४०२ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको जनाएको छ । ती उद्योगमा एक हजार ४८४ जनाले रोजगारी पाएको समितिले जनाएको छ । 

“समितिले सीपमूलक तालीम सञ्चालन गरेपछि जिल्लामा उद्योग दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको हो”, कार्यालय प्रमुख हरिभगत श्रेष्ठले भन्नुभयो, “कार्यालयले सञ्चालन गरेको सीपमूलक तालीम अहिलेसम्म तीन हजार ७८७ जनाले लिइसकेका छन् ।” कार्यालयले रैथानेवाली प्रशोधन, सिलाई कटाइ, ढाका बुनाइ, हाते होजियारी, पलम्विङलगायत तालीम  प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । 

 बाल विवाह कायमै 

जुम्लाको पातारासि गाउँपालिका–१, २ र ३ मा बाल विवाह हुने क्रम रोकिएको छैन । अन्धविश्वास, शिक्षाको कमी र देखासिकाका कारण वाल विवाह हुने गरेको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । 

बाल विवाह न्यूनीकरण नभएसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउँदै उहाँले यसका लागि सम्बन्धित सबै पक्ष सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कानूनले बन्देज गरेको कुरा समाजले मान्यता दिएको उल्लेख गर्दै बाल विवाह न्यूनीकरणका लागि विद्यालय स्तरदेखि सचेतनामूलक कार्यक्रम गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ