२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा छरुवा धान खेतीप्रति आकर्षणप्रति आकर्षण

१ श्रावण २०७६, बुधबार ०९:५९

साउन १, कंचनपुर |  कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ । 

खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा जग्गामा छरुवा विधिबाट हिर्दिनाथ धान खेती गरेका उहाँले ५६ बोरा धान उत्पादन गर्नुभएको थियो ।

“त्यही जग्गामा रोपाइँ गरेको भए २० देखि २५ बोरा धान उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “छरुवा धान खेतीसँगै हरियो मलका रुपमा मँुग लगाइएकाले उत्पादन बढेको छ ।” यस वर्ष पनि झारपातको समस्या नभएकाले धानको उत्पादन बढ्ने आशा लिइएको उहाँले बताउनुभयो । 

धानसँगै मुँग लगाउँदा यसले हरियो मलका रुपमा काम गर्नाका साथै झारपातको प्रकोप पनि कम गर्दछ । धान छरेको ३० दिनको अवधिमा झारनाशक विषादीको प्रयोग गरी मुँगका बोटहरु मर्ने र त्यसले मलको कार्य गर्दछ ।

कृषिसम्बन्धी किताब पढेर र भारतको एक टेलिभिजनमा आउने कृषि कार्यक्रम हेरेर छरुवा धान विधिमा मुँगको मिश्रित खेती गर्न प्रेरित भएको वडायकले बताउनुभयो ।   

धानको बेर्ना तयार गर्दादेखि रोपाइँ गर्दासम्म निकै खर्च र श्रम खर्चिनुपर्ने भए पनि छरुवा विधिमा ‘सिड ड्रिल मेशिन’को सहायताले सिधै खेतमा खनजोत नगरी धान खेती गरिने भएकाले लागत खर्चमा कमी आउने र उत्पादनसमेत बढ्ने गरेको उहाँको भनाइ छ । “मेशिनको सहायताले मल र बीउ एकै साथ छर्ने भएकाले काम छिटोछरितो सम्पन्न गर्न सकिन्छ । जनशक्ति पनि धेरै लाग्दैन”, कृषि प्राविधिक हरिश सेटीले भन्नुभयो ।

छरुवा विधिबाटै धान खेती गरेका कृष्णपुर नगरपालिकाको बालुवा फाँटाका किसान वीरबहादुर राजवंशीले खेतमा धानको बीउ मेशिनको सहायताले एकनासले छरिएकाले रोपिएको धानभन्दा बोटहरु राम्रोसँग सप्रिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य