२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्याउको ‘ग्रेडिङ’गर्न ल्याइएको मेशिन अलपत्र

१२ श्रावण २०७६, आईतवार ०७:०३

साउन १२, जुम्ला | जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । 

पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ । मेशिन सञ्चालन गर्नैका लागि आएको जेनेरेटर र स्याउ ग्रेडिङ मेशिन राख्नलाई निर्माण गरिएको भवनसहित अर्कैलाई भाडामा दिएको बताइएको छ ।

मासिक रु १५ हजारमा भाडामा दिएको जिल्ला सहकारी सङ्घका अध्यक्ष पदम महतले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘‘जुम्लामा सुहाउँदो मेशिन नआएको र प्राङ्गारिक जिल्ला भएकाले यहाँको स्याउलाई धुन पनि नमिल्ने भएकाले यो मेशिन उपयुक्त नभएकाले थन्किएको हो ।’’

जुम्लामा पहिलोपटक मेशिन पुग्दा स्याउ ग्रेडिङ गरिएको भए पनि कृषकहरुले स्याउ ग्रेडिङ नगरी बिक्री गरेपछि मेशिन नचल्ने  अवस्थामा पुगेको अध्यक्ष महतले बताउनुभयो । यसको अनुगमन गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य