४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जाजरकोटमा बिरुवाबाट मनग्य आम्दानी

१२ श्रावण २०७६, आईतवार ११:२६

साउन १२, जाजरकोट  | जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो । 

नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि यो वर्ष रु ३२ हजार बिरुवा बिक्री गरेर रु पाँच लाख आम्दानी गर्नुभएको छ । ६ वर्षअघि उहाँले रावल फलफूल नर्सरी उद्योग सञ्चालन गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ । 

मल्ल र रावल जस्तै जाजरकोट जिल्लाका २० जनाभन्दा बढी युवाहरु नर्सरीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता टार्न युवाहरुले गाउँमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आएको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनुभयो ।

सामान्य लेखपढ गरेका मल्ल र रावल रोजगारीको खोजीमा धेरै पटक भारतको कालापहाड पुगे । कालापहाडको कमाईले घरव्यवहार चलाउन मुस्किल थियो, मल्लले भन्नुभयो, “रोजगारीको खोजीमा भौँतारिनुभन्दा आफैँले उद्यम सञ्चालन गर्ने सोचेर नर्सरीमा हात हाले अहिले राम्रै आम्दानी भइरहेको छ ।”

“गाउँमै पनि थोरै लगानीले राम्रो आम्दानी गर्न सकिन्छ”,ज्ञान केन्द्रका प्रमुख रोकायले भन्नुभयो, “नर्सरीबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई युवालाई प्रेरणा दिन्छ ।” “नर्सरी शुरुआत गर्दा ४० हजार लगानी गरेको थियो”,रावलले भन्नुभयो, “नर्सरीले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । नर्सरीमा अहिले ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी आदि बिरुवा छन् ।”

बिरुवाअनुसारको मूल्य कायम गरेको छ । रु १५ देखि एक सयसम्म बिरुवाको मूल्य पर्छ । गाउँमै नर्सरी भएकाले गाउँ तथा नगरवासीलाई बिरुवा किन्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता