2026-10-24 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङमा पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी

साउन १३, खोटाङ | जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । 

हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको छ । पहिले छरिएको मकै तथा अन्य बाली खडेरीले सुकेपछि पुनः मकै छर्ने काम शुरु गरिएको कृषकले बताएका छन् । 

लामो समयको खडेरीले सबै बाली सखाप पारेपछि पाकेर थन्क्याउने बेलामा पुनः मकै छर्न थालिएको दुर्छिमका स्थानीयवासी तामन राईले बताउनुभयो । “हाम्रो दुर्छिममा २०३२ सालमा पनि साउनमा मात्रै मकै छरिएको रहेछ”,उहाँले भन्नुभयो, “उस बेला सामान्य उत्पादन भएको थियो रे ! यस वर्ष पनि लामो समयको खडेरीले भर्खर मात्र मकै छर्दैछौँ ।”

मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेती मात्र हुने सुख्खाग्रस्त क्षेत्रमा लामो समयको खडेरीले असर गरेपछि ज्यालादारीको काम खोज्न शहर पसेका स्थानीयवासीसमेत अहिले गाउँ फर्किएर मकै छर्नमा व्यस्त छन् । खानेपानीसमेत आकाशबाट झरेको वर्षातको पानी सङ्कलन गरेर उपभोग गर्दै आएका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न शहर पसेका थिए । खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने देखिएको छ । दैनिक छाक टार्नका लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरीले सखाप पारेपछि खुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी अहिले चिन्तित बनेका छन् । 

सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीलाई खाद्यान्न अभाव हुन नदिन यस वर्षको नगरपरिषद्बाटै बजेट विनियोजन गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “खडेरीले यो नगरपालिकामा ठूलो असर गरेको छ”, उहाँले भन्नुभयो, “अधिकांश नगरवासीको घरमा अहिले अन्नको दाना छैन । नगरवासीलाई भोकमरीबाट बचाउन राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।”खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई राहत अनुदानबापतको रकमबाट खाद्यान्न खरिद गरेर वितरण गरिने नगरपालिकाले जनाएको छ । 

सुख्खाग्रस्त क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीयवासीको खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नगरेको नगरप्रमुख राईले जानकारी दिनुभयो । लामो समयको खडेरीले पारेको असरका बारेमा अनुगमन गर्न प्रदेशसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य राजन राई नेतृत्वको टोलीसमेत सुख्खाग्रस्त क्षेत्रमा पुगेको छ । आगामी दिनमा खडेरीले असर नगर्ने किसिमको बाली कुन लगाउन सकिन्छ भन्ने विकल्पको खोजी गर्न टोली सुख्खाग्रस्त क्षेत्र पुगेको जनाइएको छ ।  

खडेरीका कारण यस वर्ष जिल्लामा कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “खोटाङको पहाडी भूभागमा गत वैशाख-जेठमै खेती लगाई सक्नुपर्छ”,उहाँले भन्नुभयो, “असार २३ गतेसम्म खडेरी लागेपछि खेती लगाउन नपाउँदा कतिपय ठाउँमा बसोबास गर्ने कृषकको खेतबारी बाँझै रहेको छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । खडेरीका कारण लेकाली भेगमा लगाइएको मकैलाई असर गर्नाका साथै बेँसी क्षेत्रमा धान रोपाइँ गर्न समस्या भएको कृषकले बताएका छन् । 

खडेरीका कारण जिल्लामा अहिलेसम्म ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत असार मसान्तभित्र लगभग रोपाइँको काम सकिने जिल्लामा अहिलेसम्म पनि नसकिँदा उत्पादनमा गिरावट आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने