2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानमा कुन मुल्यमा तरकारि खरिद गर्छन् ब्यापारिले ?

शंकर के सी | साउन २५, सल्यान । हप्ताको दूई दिन लाग्ने सल्यान कपुरकोटको तरकारि बजारमा किसानहरु शुक्रबार आफुले उत्पादन गरेको कृषिजन्य उत्पादन विक्रि गरेका छन् । देशकै दोश्रो ठूलो तरकारि बजारको रुपमा परिचीत कपुरकोटको तरकारि बजारमा किसानहरुले शुक्रबार टमाटर प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा विक्रि गरेका छन् 

कृषि उपज बजार संचालक समितीले संचालन गरेको तरकारि बजारमा किसानले बन्दागोभी ३५ देखि ४०, फुल गोभी ३० देखि ४५, घीउ सिमि ३५ देखि ४५ रुपैयाँ प्रतिकिलोमा विक्रि गरेको बजार केन्द्रका एक कर्मचारि विष्णु प्रसाद गौतमले जानकारि दिए । उनका अनुसार शुक्रबारको तरकारि बजारमा किसानहरुले भेडे खुर्सानी ६० देखि ६५, काँक्रा २५ देखि ३५, हरियो खुर्सानी २५ देखि ४०, डल्लो खुर्सानी ७५ देखि ८० मा विक्रि भएको छ । यस्तै मुला प्रतिकिलो २० देखि ३०, अदुवा ११० देखि १२५, नासपति २५ देखि २ मा विक्रि भएको बजार केन्द्रले जनाएको छ ।

कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारि बजार लाग्ने गर्दछ भने अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका तरकारि संकलन केन्द्रमा पनि किसानहरुले आफ्नो उत्पादन विक्रि गर्नेगर्दछन् ।

गत वर्षको तुलनामा यस वर्ष किसानहरुले तरकारिको राम्रो मुल्य पाएको बताइन्छ । स्थानीय सरकारले कृषि जन्य वस्तु निकासि गर्दा विगतमा लाग्दै आएको कर यस वर्षदेखि हटाएको छ । यसले ब्यापारिहरुलाइ फाइदा पुगेको छ । यद्यपि कर हटे पनि त्यसको प्रत्यक्ष फाइदाको अनुभुती गर्न नपाएको किसानहरुको गुनासो छ । यहाँको तरकारी देशका प्रमुख शहर बजारहरु बुटवल, धनगडी, पोखरा, नेपालगञ्ज, कोहलपुर, घोराही, तुलसिपुर लगाएतका ठाउँमा जाने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो