२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय

२०७६, २७ आश्विन सोमबार ०८:४५

असोज २७, पर्बत | पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् । सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम पुन, नरबहादुर पुन, बनबडेका हर्कबहादुर पुन, लेखबहादुर फगामीसहित ५० परिवारले किवी खेती गर्न थालेका हुन् । 

एक पटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो रु अढाई सयदेखि छसय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् । किसानले हेवाड, रेड, आलिसन र बुर्नो गरी चार जातका किवी लगाएका छन् । कृष्णबहादुर रन्तिजाले पनि पाँच रोपनीमा किवी लगाउनुभएको छ । विसं २०६९ देखि व्यावसायिक खेती गर्दै आउनुभएका रन्तिजाले बर्सेनी रु चारदेखि पाँच लाख आम्दानी गर्दै आएको बताउनुभयो । पछिल्लो समय जलजलाको बाँसखर्क, शालिजा, लेखफाँटमा किवीको क्षेत्रफल विस्तार हुँदै गएको कृषिज्ञान केन्द्र पर्वतले जनाएको छ ।

बाँसखर्कमा सोमबहादुर तिलिजा, सालिजामा हेमबहादुर पुन, मायादेवी रेग्मी, पूर्णहरि रेग्मी लगायतले किवीको व्यावसायिक खेती गर्नुहुन्छ । सात वर्षमा जलजलामा मात्रै ५० हजार बिरुवा खपत भएको कृषिज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । रेग्मीले मानव शरीरलाई धेरै पौष्टिक तत्व दिने भएकाले किवीको मूल्य र बजारमा माग बढ्दै गइरहेको उहाँले बताउनुभयो । किवीको नियमित प्रयोगले उच्च रक्तचाप रोक्नाका साथै ज्यान फुर्तिलो बनाउने, मुटुरोगी लगायतका लागि फाइदा पुग्ने उहाँले बताउनुभयो । जलजला गाउँपालिकाले किवीको व्यावसायिक खेती गर्ने किसानलाई अघिल्लो वर्षदेखि सहयोग गर्दै आएको छ । किवीको सम्भावना राम्रो भएकाले गाउँपालिकाले प्रोत्साहन गर्ने नीतिअनुसार सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । 

यस्तै मोदी गाउँपालिकाको चित्रे, राम्जा र भुकदेउराली, महाशिला गाउँपालिकाको फलामखानी र भोक्सिङ, कुश्मा नगरपालिकाको दुर्लुङ लगायतका ठाउँमा पनि व्यावसायिक किवीको विस्तार हुन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु