2026-10-27 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न

दान बहादुर बुढा | मंसिर २२, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ स्थित नेटमा एक दिर्ने कृषि मेला सम्पन्न भएको छ | शनिबार गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल मुगुको आर्थिक सहयोगमा हिमालि कृषि सहकारी मुगुका कृषकले उत्पादन गरेका बस्तुहरुको प्रदशनि तथा बिक्री मेला सन्चालन गरिएको हो |

लुम, बाम,रुगा ,थाप गाँउका  स्थानीयबासिहरुले सन्चालन गर्दै आईरहेको हिमालि कृषि सहकारी नामक सहकारीका सदस्यहरुको उत्पादिन उपजहरुको प्रदर्शनीमा दश समुहका ५० जना भन्दा बढी सहभागितामा  सदस्हरुले स्टल दर्ता गराएका थिए |  स्टलमा तरकारी, फलफुल, अमिले जातको बस्तु, मसला आईटम,दलन बालि,मह,उनिका तगारि बस्तु राडी पाखी कम्ल,लिउ,फेरुवा ,निगालो र बास बाट तयार बनाएका बस्तुहरु पशुपन्छी,प्रदशनि तथा बिक्री कक्षामा राखीएको थियो |

भने स्थानिय हिमाली कृषि सहकारीका सदस्हरुले उत्पादन गरेको बस्तुहरुको अवलोकान रअध्ययन गर्न २ सय भन्दा बढी दर्शकहरु रहेका थिए | कृषकहरुका उत्पादित सामानहरुको प्रदर्शनी गरी एक अर्कासंगको सहकारी र दुर्गम भेकमा पनि के सामान उत्पादन हुदैन रहेछ भन्ने जानकारी गराउन किडाक नेपाल मुगुका  मुगुका लघु उद्येम बिकास अधिकृत जय प्रकास शाहीले बताएका छन |

पछिल्लो समयका बिभिन्न सरकारी कार्यलय संघ सस्थाले दिएको ज्ञान, सिपले गर्दा मौसमि र बेमैसमि तरकारी अन्य बस्तुहरु बिगतका बर्षहरु भन्दा पछिल्ला बर्षहरुको उत्पादनमा धेरै कृषकहरु लागिरहेका छन् । बजारको पहुँच नहुदा उत्पादन गरेका बस्तुहरु पनि खेरजाने गरेको छन भने सहकारीका सदस्यहरुले उत्पादन गरेका स्याउ हिजो आज कोल्डेस्टोरको ब्याबस्था नहुदा खेर गएका छन | १ मान कोदो संग २० दान स्याउ बिक्री गर्ने गरेको हुदा कृषकको लगानि समेत डुबेको स्थानिय हिमालि कृषि सहकारी सस्थाका अध्यक्ष र्धमसिह बुढाले बताएका छन ।

सडक सन्जाल र सदरमुकाम गमगढी बजार देखी टाढा हाम्रो बस्ती भएको हुदा समयमा बस्तुहरु बिक्री गर्न नसकेका हुँ तर हामिले बिभिन्न जातका तरकारी उत्पादन गरे पनि सदरमुकाम गमगढी बजार नजिक बस्ति भएका कृषकहरुले बिहानै बजारका तरकारी लगाएत अन्य बस्तु खरिद बिक्री गरिसकेका हुन्छन | हामी ढिलो पुग्ने भएको हुदा हाम्रो सामान बिक्री नभइ फिर्ता ल्याएको कति घर परिवारले मात्र खाने भन्दै कृषक सर्जने बोहोराले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने