२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बसाइसराई र जंगली जनावरको आतंकले बैतडीमा ६ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै

२३ मंसिर २०७६, सोमबार ०९:४६

बिनोद विष्ट | मंसिर २३, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन्। बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिए |


गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्याउन नपाएको उहाँले गुनासो गरे।  बाँदरले सबै बाली सखाप पार्दा खेतमा लगाएको अन्न भित्र्याउन नपाएको स्थानीय लक्ष्मी भट्टले जानकारी दिए। उनले भने,  “पाँच वर्षयता खेतमा लगाएको अन्न कति पनि भित्र्याउन सकिएको छैन।”

बाँदरले खेतमा लगाएको अन्नबाली, फलफूल र तरकारी नष्ट गरेपछि स्थानीय बासिन्दा हैरान बनेका छन्। खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि अधिकांशले खेत बाँझै छोडेको स्थानीय प्रेम कुँवरले जानकारी दिए। उनले भने, “खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पार्दा स्थानीयवासीहरु खेत बाँझै छाड्न बाध्य भएका हौँ।”

यसैबीच नगरका विभिन्न क्षेत्रमा रहेको बाँदर आतङ्क रोक्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा  १० लाख बजेट विनियोजन गरेको छ। नगरपालिकाले तयार पारेको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा बाँदर आतङ्कले किसानहरु हैरान भएको तथ्याङ्क रहेकाले बजेट विनियोजन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।

उनले भने, “नगरपालिकाले बजेट विनियोजन गरे पनि बाँदर नियन्त्रण गर्ने उपाय भने खोज्न सकिएको छैन।” बाँदर धपाउनका लागि आवश्यक उपायको खोजी भइरहेको समेत नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। थापाले भने, “नगरवासीहरुले बाँदर नियन्त्रणको माग राखेकाले बजेट विनियोजन गरिएको हो।”    

बैतडीमा पछिल्लो समय खेतीयोग्य जमीन बाँझै रहन थालेको छ। जङ्गली जनावरको आतङ्क र बसाइँसराइका कारणले छ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै रहेको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ। बैतडीमा ३१ हजार ४५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको भए पनि हाल २५ हजार सात सय हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

उनका अनुसार किसानहरुले जङ्गली जनावर बाँदर र बँदेलको आतङ्कले बढीजसो खेतीयोग्य जमीन बाँझै छोड्ने गरिएको हो। आव २०७४÷०७५ मा २० हजार नौ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको भए पनि हाल घटेर १७ हजार पाँच सय हेकटरमा मात्रै गहुँखेती गरिन्छ।

यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ। आव २०७४÷०७५ मा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको भए पनि हाल घटेर १२ हजार २ सय हेक्टरमा मात्रै गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको  छ |

धानखेती भने नौ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिँदै आएको छ। बैतडीको पाटन, हाट, सलेना, गाकुलेश्वर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँखेतीका पकेट क्षेत्र हुन् भने जिल्लाका सबैजसो स्थानमा मकैखेती गरिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान