2026-07-25 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दै

दान बहादुर बुढा | पुस २०, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाम गाउँमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दो क्रममा रहेको छ | आम्दानीको अन्य विकल्प नभएपछि युवाहरु भेडाबाख्रा पालनलाई मुख्य पेशाका रुपमा अङ्गालेका हुन् ।

यो व्यवसायमा लाग्न गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने किर्डाक नेपाल मुगुले आर्यआजन कार्यक्रम अन्तरगत घुम्ती कोष परिचालन मार्फत वेरोजागार युवाहरुलाई ऋण दिन थालको छ ।

बेरोजगारसंगै परिवार पाल्नकै लागी यहाँका अधिकांश युवा भारत जाने गरेका छन् भने केहि युवाले हिमाली कृषि सहकारी संस्था बाट ऋण  लिई भेडा, बाख्रा पालन व्यवसायमा लागेका छन् । छायाँनाथ रारा नगरपालीका १४ का  रगं बिर बढुवाल भन्नुहुन्छ ‘ मेरो ६ जनाको परिवार छ | आफ्नो आम्दानिको लागी भेडापालन व्यवसाय रोजे । यो व्यवसाय राम्रै भएको छ ।’

घुम्तीकोष मार्फत उनले सहकारीबाट घुम्ती कोष मार्फत ४० हजार रुपैयाँ ऋण लिएका थिए | पहिला भेडापालन व्यवसाय शुरु गरेकाबुढवालले पछी बाख्रा पालन गरेको बताए । उनले अहिले ५० वटा बाख्रा बनाएका छन् । बेरोजगार हुदाँ पैसाको अभाव थियो अहिले बाख्रापालन संगै खुद्धा पसलपनी गरेको बढुवालको भनाई छ ।

बाम गाउँमा यस्तै व्यवसाय गरेर आत्मनिर्भर बन्न खोज्ने धेरै युवाहरु छन् | छायाँनाथ रारा नगरपालीका १४ कै धर्मदत्त बढुवाले पनि घुम्ती कोष मार्फत भेडा पालन गरेक छन् । उनले पनि घुम्तीकोष मार्फत ४८ हजार क्रण लिइ  ब्याबसाय गरेको बताए ।

यो व्यवासाय अङ्गालेसँगै दैनिक घरखर्च चलाउन, छोराछोरीलाई कापि, कलम किन्न सहज भएको धर्मदत्त बताउँछन् | १४ वडामा घुम्तीकोष हिमाली कृषि सहकारी मार्फत ऋण लिई भेडा, बाख्रापालन, खुद्रा पसल, कुखुरापालन लगायत अन्य व्यवसाय गर्ने धेरै छन् |

घुम्तीकोष सञ्चालन भएसँगै वेरोजगार युवाको जीवन यापनमा परिर्वतन भएको किर्डाक नेपाल मुगुका संयोजक टेक बहादुर शाही बताउँछन् | उनका अनुसार आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई आर्यआर्जन गर्न सहज होस् भन्ने उदेश्यले उक्त संस्थाले सहयोग गरेको हो ।

स्थानीय सहकारीहरुलाई घुम्तीकोष सहयोग गरी सहकारी मार्फत ऋण लिने व्यवस्था भएकाले आर्यआजानक गर्न ईच्छुक जो कोहिले पनि ऋण लिन सकिने शाहीको भनाई छ  | यता छायँनाथ रारा नगरपालीका वडा नं १२ शोभा गाउँको हातेमालो कृषि सहकारीलाई पनी गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक तथा किर्डाक नेपाल मुगुले आर्यआजन कार्यक्रम अन्तरगत घुम्ती कोष परिचालन मार्फत १२ लाख बराबरको अनुदान दिईएको छ |

वेरोजागार युवाहरुलाई शोभामापनी सहकारीमार्फत ऋण दिन थाले पछी बेरोजार युवाले ऋण लिई खुद्धा पसल, खरायो पालन लगायतका ब्याबसाय गरी जिविकोपार्जन गदै आएका हातेमालो कृषि सहकारी संस्थाले जनाएको छ ।

शोभा गाउँका वेरोजगार युवाहरुले खरायोपालन ,खुद्धा पसल लगायतका ब्याबसाय गदै आएका छन । शेभा गाउँका किशोर कुमार बुढाले पनी ४० हजार सहकारीमा ऋण लिई १० वटा खरायो बाट ब्याबसाय शुरु गरेको र आम्दानि पनी राम्रै भएको बुढाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक