नवलपरासी  । कृषि विकास कार्यालय नवलपरासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । सरकारले उखु किसानहरुलाई गत बर्षको अनुदान रकम ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराए पछि किसानहरुलाई अनुदान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नवलपरासी  । कृषि विकास कार्यालय नवलपरासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । सरकारले उखु किसानहरुलाई गत बर्षको अनुदान रकम ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराए पछि किसानहरुलाई अनुदान "/>
२०८२, ३० चैत्र सोमबार
कृषि गतिबिधी

डेढ बर्ष पछि पाए उखु किसानले अनुदान

२०७३, १७ असार शुक्रबार ०५:१०

नवलपरासी  । कृषि विकास कार्यालय नवलपरासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । सरकारले उखु किसानहरुलाई गत बर्षको अनुदान रकम ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराए पछि किसानहरुलाई अनुदान वितरण गरिएको हो ।

आर्थिक बर्ष २०७०\०७१ मा सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४ सय ६१ रुपैयां निर्धारण गरेको र त्यसमा चिनी मिलले ४ सय ३६ रुपैयां र सरकारले प्रतिक्विन्टल २५ रुपैयां अनुदान दिने निर्णय गरेको थियो । सोही अनुदान रकम करिब डेढ बर्ष पछि अर्थात दुई सिजन उखु उत्पादन सकिए पछि आएको हो । ढिलै भए पनि अनुदान रकम पाएपछि किसानहरु उत्साहित भएका छन् ।

नेपाल सरकारले फरक परेको उखुको मूल्य किसानहरुलाई एक पटकलाई अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको र सोही रकम आएपछि वितरण गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

सरकारबाट अनुदान स्वरुप वितरण हुने रकमका लागि अहिले बल्ल अख्तियारी आएकोले ठुलो किसानहरुलाई बैंक मार्फत र साना किसानहरुलाई नगद रकम भुक्तानी गरिएको कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेजनारायण गैरेले बताए ।

सरकारले अनुदान स्वरुप प्रदान गरेको रकम बिचौलिया र दलालको हातमा नपारी सोझै बास्तविक किसाहरुको हातमा पुगोस भन्ने उद्देश्यले बैंक मार्फत किसानलाई रकम बितरण गर्न लागिएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादवले बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल