नवलपरासी  । कृषि विकास कार्यालय नवलपरासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । सरकारले उखु किसानहरुलाई गत बर्षको अनुदान रकम ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराए पछि किसानहरुलाई अनुदान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नवलपरासी  । कृषि विकास कार्यालय नवलपरासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । सरकारले उखु किसानहरुलाई गत बर्षको अनुदान रकम ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराए पछि किसानहरुलाई अनुदान "/>
३ माघ २०८२, शुक्रबार
कृषि गतिबिधी

डेढ बर्ष पछि पाए उखु किसानले अनुदान

१७ असार २०७३, शुक्रबार ०५:१०

नवलपरासी  । कृषि विकास कार्यालय नवलपरासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । सरकारले उखु किसानहरुलाई गत बर्षको अनुदान रकम ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराए पछि किसानहरुलाई अनुदान वितरण गरिएको हो ।

आर्थिक बर्ष २०७०\०७१ मा सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४ सय ६१ रुपैयां निर्धारण गरेको र त्यसमा चिनी मिलले ४ सय ३६ रुपैयां र सरकारले प्रतिक्विन्टल २५ रुपैयां अनुदान दिने निर्णय गरेको थियो । सोही अनुदान रकम करिब डेढ बर्ष पछि अर्थात दुई सिजन उखु उत्पादन सकिए पछि आएको हो । ढिलै भए पनि अनुदान रकम पाएपछि किसानहरु उत्साहित भएका छन् ।

नेपाल सरकारले फरक परेको उखुको मूल्य किसानहरुलाई एक पटकलाई अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको र सोही रकम आएपछि वितरण गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

सरकारबाट अनुदान स्वरुप वितरण हुने रकमका लागि अहिले बल्ल अख्तियारी आएकोले ठुलो किसानहरुलाई बैंक मार्फत र साना किसानहरुलाई नगद रकम भुक्तानी गरिएको कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेजनारायण गैरेले बताए ।

सरकारले अनुदान स्वरुप प्रदान गरेको रकम बिचौलिया र दलालको हातमा नपारी सोझै बास्तविक किसाहरुको हातमा पुगोस भन्ने उद्देश्यले बैंक मार्फत किसानलाई रकम बितरण गर्न लागिएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादवले बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन