काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासु"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

१७ असार २०७३, शुक्रबार ०५:५१

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य पूरा हुने क्रममा रहेको विभागले नतिजा सार्वजनिकीकरण गर्दै जानकारी दिएको छ । 

प्रतिवेदनअनुसार नेपालमा छ करोड आठ लाख २७ हजार कुखुरा व्यावसायिक रुपमा पालिन्छ । त्यसबाट वार्षिक ११ करोड ४० लाख ५८ हजार केजी उत्पादन हुने गरेको छ । कुल उत्पादनको ११ करोड ६ लाख ३० हजार केजी मासु ब्रोइलर कुखुराबाट उत्पादन हुने गर्छ । यसैगरी वार्षिक प्रतिव्यक्ति ४.१ केजी मासु उपभोग हुने गरेको छ ।

यस्तै वार्षिक एक अर्ब २० करोड २१ लाख ६६ हजार अन्डा उत्पादन हुने र प्रतिव्यक्तिको भागमा वर्षमा ४४ अन्डा पर्ने गरेको छ । पोल्ट्री व्यवसायबाट सो आवमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजारको आम्दानी भएको देखिएको छ ।

उक्त प्रतिवेदनमा २०३१ देखि २०७१ सालसम्मको १०÷१० वर्षभित्र सञ्चालित पोल्ट्री फार्मको सङ्ख्या उल्लेख गरिएको छ । जसमा २०६१ देखि २०७० सम्म सबैभन्दा बढी १९ हजार ८६४ वटा फार्म सञ्चालन गरिएको देखिएको छ ।

व्यावसायिक रुपमा सबैभन्दा बढी कुखुरा, अन्डा उत्पादन गर्ने पाँच जिल्लामध्ये पहिलोमा चितवन परेको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँमा क्रमशः मकवानपुर, नवलपरासी, दाङ र भक्तपुर रहेका छन् । चितवनले कुल उत्पादनको ६८ प्रतिशत उत्पादन गर्ने गरेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा विजयबहादुर कुँवरले नेपालको अर्थतन्त्रमा पोल्ट्री व्यवसायले ठूलो योगदान पु¥याएको बताउँदै यो व्यवसायलाई नाफामूलक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले पोल्ट्रीसम्बन्धी यकिन तथ्याङ्कका अभावमा अहिलेसम्म ठोस योजना तर्जुमा गर्न नसकेको बताउँदै यो तथ्याङ्कले आगामी दिनमा यस क्षेत्रमा सुधार गरी आयातलाई प्रतिस्थापन गर्ने र आन्तरिक मागलाई पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने