२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

छैठौ पर्वत महोत्सवको तयारी पूरा

२०७६, ८ माघ बुधबार ०५:५६


यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।  उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

  महोत्सव शुरु हुन अब तीन दिन मात्रै बाँकी रहेको बेलामा स्टल बुकिङका लागि व्यापारीहरु धामाधाम आउन थालेका छन् । लघुउद्यमी पहिलो तीस जनालाई निशुल्क र पर्वतका उद्योगी व्यवसायीलाई २५ प्रतिशतमा स्टल बुकिङ थालिएपछि स्टल बुकिङकोे लागि आउनेहरुको भीड लाग्न थालेको हो ।

महोत्सव आयोजक उद्योग बाणिज्य संघले गण्डकी प्रदेशका तीस लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाइएको जनाएको छ । गण्डकी प्रदेशको लघुउद्यमलाई प्रर्बद्धनको लागि महोत्सवको आयोजना गरिएकाले लघु उद्यमीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मुल संयोजक केदरनाथ शर्माले जानकारी दिनुभयो ।

साथै पर्वतका उद्योगी र व्यापारीहरुको लागि २५ प्रतिशत सहुलियतामा स्टल उपलब्ध गराउने उद्योग बाणिज्य संघ पर्वतले जनाएको छ । महोत्सवमा स्थानीय लघुउद्यमको प्रचारप्रसार  गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवले नेपाल सरकारले शुरु गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा जोड दिने महोत्सव मुल आयोजक समितिका संयोजक एवं  उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले बताउनु भयो ।

स्टल उपलब्ध गराउनेछौं । कोही लघुउद्यमी हुनुहुन्छ भने तपाइहरुले निशुल्क रुपमा आफ्नो उद्यमको विक्रिवितरण तथा प्रदर्शनीमा राख्न सक्नुहुनेछ उनले भने  । गण्डकी प्रदेशमा रहेका लघुउद्यमको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको बताउँदै उनले लघुउद्यमको विकासको लागि महोत्सव फलदायी हुने बताए । महोत्सव आयोजकले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाएको हो ।

महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । महोत्सव आउन अब केहि दिन मात्रै बाँकी रहँदा प्रचारप्रसारको अवस्थाको बारेमा  पत्रकारहरुलाई पछिल्लो जानकारी गराईको हो ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अवधिमा भाइरल बालकलाकार कमला घिमिरे, रामकृष्ण ढकाल, लेकाली व्याण्ड लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा पालिकास्तरीय पुरुष  भलिबल प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने आयोजकले जनाएको छ । महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहने आयोजकले जनाएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस