सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।

 क्रसरका कारण नदी गहिरो हुँदै गएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।

 क्रसरका कारण नदी गहिरो हुँदै गएका"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भूकम्पका कारण उत्पादन घट्यो

२०७३, १७ असार शुक्रबार ०५:५७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।

 क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।  पानीको अभावमा धान, गहुँलगायतका खाद्यान्न उत्पादन गर्न नसकेका कारण कृषि क्षेत्रमा आएको ह्रासले गर्दा जिल्लावासी अहिले खाद्यान्न किन्न बाध्य छन् । 

 जिल्लामा कुल १२ हजार दुई सय ३५ हेक्टर क्षेत्रफल जमिन भए पनि भूकम्प, असिना पानी, हावाहुन्डरीका कारण उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ । क्रसरका कारणले समेत उत्पादनमा मुख्य असर परेको सिपाघाटका स्थानीयवासी किशोर विद्याधरले बताए।

 क्रसरले विभिन्न समयमा खोलाबाट बालुवा गिट्टीलगायतका पदार्थ निकाल्दा नदी गहिरिएर नहरमा पानीसमेत नचढ्ने भएको विद्याधर बताए। यतिमात्र होइन मूल नपलाएकाले, भूकम्पपछि मूल सरेको, सुख्खा खडेरी, भुइँचालोले जमिनमा धाँजा फाँटेको र कृषकले बीउ समयमा राख्न नसकेकाले खेती हुन नसक्दा उत्पादनमा कमी आएको हो।

 मेलम्ची नगरपालिकाका स्थानीय कृषक भीमप्रसाद दुलालका अनुसार नदी गहिरिँदै जाँदा कुलोमा पानी नचढ्ने भएकाले दिनदिनै कुलो खन्न पनि नसकिने हुँदा अहिले कुलोको बाँध पहिलाको तुलनामा पाँच सय मिटर माथि सरेको छ। अर्कोतर्फ समयमा वर्षा नभएकाले पानीको मुहान ठप्प भएपछि कृषकले खेती गर्न नसकेका हुन्। धान, गहुँ, मकैलगायतका उत्पादनजन्य अन्न उत्पादन गर्न नसक्नु र कृषि क्षेत्रमा आएको ह्रासले जिल्लाका कृषक मारमा परेका छन्।

 भूकम्पपछि जिल्लामा राहतको अपेक्षाले खेती गर्ने लहर हरायो । मेलम्ची नगरपालिका-१२ का टोमशंखर दुलालले बताए। ‘गत वर्षको वैशाख महिनामा भुइँचालोले भत्केका संरचना पन्छाउँदै बिताए ।“ अलिअलि झरी परे पनि धान रोप्नका लागि पुग्ने पानी नपरेकाले धानबाली लगाउन सकिएन।

 कृषकले अब क्रसरको लापर्बाही सहेर नबस्ने र सम्बन्धित प्रशासनले ध्यान नदिए सिधै आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु