४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीमा डढुवा रोगले गोलभेंडा खेती सखाप

९ फाल्गुन २०७६, शुक्रबार ०७:५१

विनोदसिंह विष्ट | फागुन ९, बैतडी | डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् | गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित बनेका हुन् । गाउँपालिकाको वडा नं ६ गोकुलेश्वरमा डढुवा र फाट्ने रोगका कारण लाखौँ मूल्य बराबरको गोलभेडा नष्ट भएको किसानको भनाइ छ । 

तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेडामा उक्त रोग लागेपछि चिन्तित बनेका स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो । पाँच रोपनी बढी जमिनमा गरेको गोलभेडाखेतीमा डढुवा रोग लागेको किसान रामसिंह मालको भनाइ छ । मेहनत गरेर रोपेको बालीको फल भित्र्याउन नपाउँदा साह्रै दुःख लागेको छ । उहाँले भन्नुभयो, “डढुवा रोगले लगाएको सबै गोलभेडा  सखाप पारेको छ ।”

रामसिंहको मात्रै नभएर गोकुलेश्वरका अन्य ५० भन्दाबढी किसानले लगाएको गोलभेडामा डढुवा रोग लागेको हो । बारीमा लगाएको गोलभेडा डढुवा रोगले सखाप पारेपछि उनीहरु हैरान भएका छन् । उक्त रोगका कारण यो मौसममा गोलभेडा भित्र्याउनै नपाउँदा धेरै घाटा व्यहोर्नुपरेको अर्का किसान प्रेमसिंह मालको दुखेसो छ । उहाँले भन्नुभयो, “एक मौसममा करिब एक लाखको गोलभेडा बिक्री गर्ने गरेको भए पनि यो वर्ष डढुवा रोगले बारीको सबै गोलभेडा सखाप पार्यो ।”

तरकारीखेतीबाटै जीविकोपार्जन भइरहेका बेला यो वर्ष गोलभेडामा लागेको डढुवाले धेरै घाटा लाग्दा समस्या भएको किसानको भनाइ छ ।किसान हीरा खत्रीले यो वर्ष डढुवा रोगका कारण गोलभेडा नष्ट हुँदा लाखौँ क्षति भएको बताउनुभएको छ । बेलाबेला तरकारीखेतीमा लाग्ने रोग, कीराले हैरान हुनुका साथै तरकारी बिक्री गर्ने बेला घाटा व्यहोर्नुपरेको छ । 

ढुसीका कारण गोलभेडामा डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । ढुसी र चिसोको समयमा तुसारोलगायतका अन्य कारणले पनि यो रोग लाग्ने गरेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।  उहाँले थौरै जग्गामा खेती गर्ने किसानको गोलभेडामा डढुवाको संक्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताउनुभयो । “ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरूको बालीमा डढुवाको संक्रमण देखिँदा नोक्सान भएको छ”, निमित्त प्रमुख चन्दले भन्नुभयो । 

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गइ शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय भएर डढुवाको संक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवाको संक्रमणबाट गोलभेडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव प्राविधिकले दिएका छन् । 

टिप्न तयार भइसकेको गोलभेडामा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह प्राविधिकको छ । 

बैतडीका किसानले तरकारीखेती तथा बाली बीमा नगर्ने गरेकाले क्षतिपूर्तिसमेत पाउँदैनन् । गोकुलेश्वर क्षेत्र तरकारीखेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिन्छ । बैतडीमा चार हेक्टर बढी जमिनमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता