२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङी साग

१६ बैशाख २०७७, मंगलवार ०४:०३

हरि बाँस्तोला | वैशाख १६, पोखरा (रासस) | मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन् । मुस्ताङमा उत्पादित साग दैनिक जोमसोम विमानस्थल हुँदै पोखरा आउने गरेको छ । पोखराबाट काठमाडौँलगायतका शहरमा पनि यहाँको साग पुग्छ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै विगत ३६ दिनयता जारी बन्दाबन्दीका कारण सागजन्य उत्पादनले बजार नपाउँदा यहाँका कृषक समस्यामा परेका छन् । कृषकले भोगिरहेको समस्यालाई दृष्टिगत गर्दै जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले कृषकलाई केही न केही राहत होस् भन्ने उद्देश्यले त्यहाँको साग खरिद गरी पोखरामा ल्याउनुभएको छ । मुस्ताङबाट आप्mनो निजी खर्चमा खरिद गरेर ल्याए पनि विष्टले उक्त साग कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सम्भव भएसम्म निःशुल्क वितरण गर्दै आउनुभएको छ ।

यस अवधिमा दुई चरण गरी तीन हजार किलो साग मुस्ताङदेखि खरिद गरी ट्रकमा पोखरा ल्याएको बताउँदै उहाँले अग्रमोर्चामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई साग वितरण गरेको जानकारी दिनुभयो । मुस्ताङका किसानको बारीबाट रु ३० प्रति किलोग्रामका दरले खरिद गरिएको साग प्रदेश राजधानी पोखरामा अत्यन्त संवेदनशील बन्नुपर्ने महामारीको यस क्षणमा अग्रमोर्चामा खटिनेका लागि आफूले केही हदसम्म भए पनि सहयोगस्वरुप प्रदान गरेको उहाँको भनाइ छ ।

घरपजोङ गाउँपालिकाको मार्फा क्षेत्रका लगभग ५० विपन्न घरपरिवारले उत्पादन गरेको मार्फाको साग उपल्लो मुस्ताङका ट्रक व्यवसायीको निःशुल्क ढुवानी सहयोगले पोखरा बजारसम्म ल्याउन सकेको बताउँदै प्रदेशसभा सदस्य विष्टले भन्नुभयो, “यो सिजन सागको हो, मार्फा क्षेत्रमा अहिले पनि पाँच हजार किलोभन्दा बढी उत्पादित साग रहेको छ ।”

नरम, लयालु छिटो पाक्ने र स्वादिष्ट ‘हाइअल्टिच्युट’मा उत्पादित जैविक मार्फाको साग सामान्य अवस्थामा हवाईजहाजमा किलोको रु ५० शुल्क तिरेर पोखराको बजारमा रु १०० देखि रु १५९ सम्ममा बिक्री हुँदै आएको थियो । उपल्लो मुस्ताङका ट्रक व्यवसायी वाङजी गुरुङले खाद्यान्न सामग्री लिएर गएकोे र फर्कने क्रममा आप्mनै जनप्रतिनिधिको आग्रहमा मार्फाको साग निःशुल्क पोखरासम्म ढुवानी गरेको बताउनुभयो ।

मुस्ताङबाट लोड गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र अगाडिबाट साग वितरण गरिरहेको अवस्थामा भेटिएका ग१अ ५१३८ नंको ट्रकका साहुसमेत रहनुभएका उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेकालाई आ–आप्mनो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्दछ भन्ने सोचले निःशुल्क ढुवानीको व्यवस्था गरेको हुँ ।”

यसअघि पहिलोपटक किमी गुरुङको सहयोगमा दुई हजार किलो साग पोखरामा ल्याएर वितरण गरिएको थियो भने माथिल्लो मुस्ताङमा रहेको अन्य ट्रकले समेत आवश्यकतानुसार मुस्ताङबाट पोखरासम्म लाने कृषिजन्य सामग्री निःशुल्क ढुवानी गर्ने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य विष्टले राससलाई बताउनुभयो । 

हिमालपारिको जिल्ला मुस्ताङको सिमी, स्याउ, च्याङग्रालगायका विभिन्न उत्पादन एवं उत्पादित वस्तुबाट बनेका परिकारको स्वदेश तथा विदेशमा अत्यधिक माग हुने गरेको स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा