२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कोभिड–१९ : गोदाममै थन्कियो अदुवा

२०७७, २६ बैशाख शुक्रबार ०२:३६

वैशाख २६, डोटी | कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् । 

कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको गोदाममा राखिएको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार गाउँघरका किसानबाट सङ्कलन गरिएको अदुवा निकासी, पैठारीमा बन्द भएपछि गोदाममै थन्किएको हो ।

व्यापारीले किसानबाट फागुनसम्म अदुवा सङ्कलन गरी चैत महिनादेखि भारतका विभिन्न ठाउँमा निकासी गर्दै आए पनि लकडाउनका कारण निकासी गर्न नसक्दा गोदाममै थन्किएको बडिकेदार गाउँपालिका–१ का अदुवा व्यापारी खड्कबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कलित अदुवा हामीले चैतदेखि जेठसम्म जिल्ला बाहिर निकासी गर्दै आएका थियौँ । लकडाउनले निकासी गर्न नसक्दा गोदाममै थन्कियो । धेरै दिन थन्किए कुहिने डर छ ।” 

व्यापारीले त्यहाँका गाउँ–गाउँबाट सङ्कलित अदुवा महिनौँदेखि गोदाममै छन् । अदुवा निकासी ठप्प भएपछि जिल्लाबाट अदुवा लैजान नपाएको अदुवा सङ्कलन गर्ने भारतीय व्यापारी राम गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “लाखौँ रकम हालेर अदुवा सङ्कलन गरियो । निकासी गर्नेबेला लकडाउन भएपछि गोदाममै थन्क्याउनु पर्यो । निकै घाटा भएको छ ।”

धेरै दिन त्यत्तिकै अदुवा गोदाममा थन्क्याए बिग्रने भएकाले अदुवा व्यापारीलाई चिन्ताले सताउनुका साथै लगानी डुब्ने डरले पिरोलिएको छ । बारीबाट खनेर अदुवा निकालेपछि धेरै दिन गोदाममा राख्दा तौल पनि घट्ने र कुहिएर जाने भएकाले व्यापारीलाई चिन्ता थपिएको बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अदुवा धेरै समय खुला ठाउँ तथा गोदाममा भण्डारण गरेर राख्दा करिब १० प्रतिशत तौल कम हुने गर्छ, समयमै व्यवस्थापन गर्न नसकिए यो वर्ष अदुवा व्यापारीलाई निकै घाटा हुने छ ।” यतिमात्र नभइ भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा व्यापारीले खुल्ला सडकपेटीमा थुपारेका कारण दैनिक अदुवाको तौल घटिरहेको व्यापारीको गुनासो छ । त्यस्तै बजार क्षेत्रमा खुलारूपमा अदुवा राख्नु पर्दा चोरी हुने गरेको उनीहरुको भनाइ छ ।

बिपीनगरमा थुपारिएको करोडौँको अदुवाबाट दैनिक दुई–चार केजीभन्दा बढी अदुवा नास भएर गइरहेको स्थानीय लक्षमणबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा खुलारूपमा अदुवा राखिएको छ, कतिपय छाडा चौपायाले खाएर नोक्सानी गरेका छन् भने कतिपय चोरी हुन थालेको छ ।” जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार गत वर्ष जिल्लामा २४० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट दुई हजार ५०० मेट्रिकटन अदुवा उत्पादन भएको थियो । यहाँ उत्पादित अदुवाको मुख्य बजार भारत हो । अदुवा किसानका मागलाई बिगतदेखि सरकारले उचित सम्बोधन गर्न नसकेका कारण अदुवा खेतीप्रति किसान निरास हुनुपरेको अदुवा व्यवसायीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस