2026-09-16 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

वैशाख २९, काठमाडौँ | पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् ।

गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ । अलैँचीको पातमुनि बसेर पात खाने किरा रातको समय बढी सक्रिय हुन्छ । फागुनदेखि उक्त किराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म किराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताउनुभयो । 

उक्त किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । आफ्नो करिब २०० रोपनी क्षेत्रफलमा लगाइएको अलैँचीको बगान सुकेर गएको कृषक समीर बेघाको भनाइ छ । प्रकोप शुरु भएको केही दिनमै सयौँ रोपनी क्षेत्रफलमा फैलिएको अलैँची बगान सुकेर गएको अर्का कृषक भीम केरुङले बताउनुभयो ।

यो किराले शुरुमा अलैँचीको पात खान्छ । किराले पातपछि डाँठ र फूलसमेत खाएपछि यहाँका अलैँची धमाधम मर्न थालेका छन् । अलैँचीमा लागेको यो प्रकोप एक प्रकारको पुतलीको लार्भाबाट फैलिएको हो । पुतलीको फुलबाट बढेकोे लार्भा किराको रूपमा परिवर्तन भएपछि त्यसले अलैँचीको पात र अन्य भाग खाने गरेको पाइएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले वताउनुभयो । यो समस्या गत वर्ष पाँचथरको फिदिम नगरपालिका–८ मा समेत फाट्टफुट्ट देखिएको उहाँको भनाइ छ ।

उक्त किराको प्रकोप बढ्दै गए केही महिनामै आफ्नो वडाका सबै अलैँची बगान सखाप हुने याङवरक गाउँपालिका–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताउनुभयो । नयाँ किराको प्रकोपले अलैँचीमा महामारीको रूप लिन नदिन आफूहरुले पहल थालेको वडाध्यक्ष योङहाङको भनाइ छ । किराको प्रकोपले अलैँची बगान सुक्दा हालसम्म एकै वर्षमा करिब रु ५० लाख बराबरको आम्दानी गर्ने अलैँची बगान सखाप भएको वडाध्यक्ष योङहाङले वताउनुभयो । 

अलैँचीमा नयाँ प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र पाँचथर र याङवरक गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण, रोग पहिचान र विषादी छर्ने काम थालेको छ । यो समस्याबाट अलैँचीलाई जोगाउन गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट आसपासको क्षेत्रमा विषादी छर्न तथा प्रकोप फैलनबाट बचाउन प्राविधिक टोली खटाइएको ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो । किराको प्रकोप हालसम्म करिब १५ सय रोपनी अलैँची बगानमा फैलिएकाले नियन्त्रण गर्न सकिने प्राविधिकले बताएका छन् । 

जिल्लाका अन्य क्षेत्रमा अलैँचीमा विभिन्न रोगले उत्पादनमा ह्रास आए पनि फलैँचामा यस्तो समस्या देखिएको थिएन । “अन्न फल्ने बारीमा अलैँची रोपियो तर यसपालि किराले पूरै बगान सखाप पा¥यो”, स्थानीय कृषक धनकुमार बेघाले भन्नुभयो । पाँचथरमा दुई हजार ९२० हेक्टर क्षेत्रफलमा अलैँची बगान रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ अलैँचीको उत्पादन बढाउन एक स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक स्थानमा अलैँची ब्लक विकास कार्यक्रम र पाँच स्थानमा अलैँची पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा