२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाउँ सुनसान, पाटन भरिभराउ

६ असार २०७७, शनिबार ०३:४८

असार ६, जाजरकोट | कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् । जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन् । 

यहाँका कृषक पाटन गएसँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ । पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडीबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेछन् ।

यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाटनमा लगाएका आलु खन्ने कामदेखि नयाँ पालुवा पशुचौपायलाई खुवाउन सजिलो छ । त्यसैले गाउँका दाजुभाइ पशुचौपाय लिएर पाटन जान थालेका छन् ।” गाई, भैँसी, बाख्रा, भेँडा, गोडालगायत पशुचौपायलाई पाटनका औषधिजन्य घाँस खुवाउँदा रोग नलाग्ने कृषकको भनाइ छ । 

भैँसीले हिमालको दाप(घाँस) खाएर दूधसमेत बढी दिने भएकाले घ्यू बढी उत्पादन हुने र पाटनमा उत्पादन भएको घ्यू अत्यधिक बिक्री हुने गरेको बारेकोट गाउँपालिका–४ का धनिलाल बस्नेतले बताउनुभयो । तीन महिना गाउँमा पशु चौपाय नराख्ने स्थानीय जङ्गलमा घाँस बढ्ने मौका पाउने गर्दछ । यो समयमा बढेको घाँसले हिउँद यामसम्म पुग्ने कृषकको भनाइ छ । 

पाटनमा अर्गानिक आलु उत्पादन

पशुचौपाय  पालनसँगै यहाँका कृषकले पाटनमा अर्गानिक आलु उत्पादन कार्यलाई समेत जोड दिएका छन् । वैशाखमा पाटनमा गई लगाएका आलु असार, साउनमा निकालिने गरिन्छ । गाउँमा लगाएको आलुभन्दा पाटनमा लगाएको आलु राम्रो भएको नलगाड नगरपालिका–६ का जयबहादुर रावलले बताउनुभयो ।

बारेकोट गाउँपालिका–४ का चौथारी, गणेश, पुथा, राँगा, लाग्नालगायत दर्जन पाटनमा आलुखेती गरिन्छ । त्यस्तै नलगाड नगरपालिका–७ को थामा, ८ को मेघाचौर, वैइनेउरा, धुपागैरा, नौचारा, डोङ्खोला, मंसिरी, बुराउसे, फूलपारी, रामरालगायका ठाउँमा पशुपालनसँगै आलुखेती गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान