योगेन्द्रकुमार जोगी, साउन ९, संखुवासभा । उब्जनीयुक्त खेतबारीमाकिसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी, साउन ९, संखुवासभा । उब्जनीयुक्त खेतबारीमाकिसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो"/>
२ माघ २०८२, बिहीबार
कृषि गतिबिधी

युवा विदेश पलायनसंगै खेत बाँझिने क्रम बढ्दो

९ श्रावण २०७३, आईतवार ०७:१५

योगेन्द्रकुमार जोगी, साउन ९, संखुवासभा । उब्जनीयुक्त खेतबारीमाकिसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो । युवा जनशक्ति विदेश पलायनसंगै खनजोत गर्नका लागि आवश्यक जनशक्ति नभएपछि खेतबारी बाँझिदै गएको किसान धनपति पोखरेलले बताए ।

‘गाउँका युवाह रू विदेश पलायन संगै खनजोत गर्ने मान्छे हुन्न’ उनले भने ‘प्रायः महिला र बालबालिका मात्र गाउँमा भेटिने गरेका छन् ।’ उनका अनुसार जिल्लाका राम्चे, चेवा, पिप्ले, धुपु, तोरीबारी लगायतका गाउँमा अधिकांशको खेत बाँझो रहेको छ । ग्रामीण क्षेत्रका नागरिकहरूको आर्थिकस्तर उकासिएकाले समेत खेतबारी बाँझिएको धुपुका किसान भिम बहादुर श्रेष्ठले बताए ।


रुद्राक्षले किसानको आर्थिक अवस्था संवृद्ध भएकोले किसानले खेतीपातीमा खासै चासो नदिएको रुद्राक्ष ब्यापारी दिलीप श्रेष्ठको भनाइ छ। खेतबारीमा काम गर्ने नभएपछि पहिलेको जस्तो अँधिया कसैले गर्न नमाने गरेको कुमार मगरले बताए ।


पाखो  खेतमा आकासे पानीको भरपर्नु पर्ने भएकाले आवश्यकता अनुसारको पानी नपर्ने हुनाले खेतहरू बाँझो हुने क्रम बढेको धुपुकै किसान भक्ति प्रसाद दहालले बताए। खेतबारीमा काम गर्ने जनशक्ति अभावका कारण खेतबारी बाँझो नहोस् भन्दै जिल्ला कृषि विकास कार्यालय संखुवासभाले यो वर्ष जिल्लाका विभिन्न ठाउँमा हाते ट्याक्टर वितरण गरेको छ ।

हाते ट्याक्टरको स्थानीय मुल्य २ लाख ५० हजारदेखि ३ लाखसम्म पर्ने दर्गड ब्रदर्श एण्ड सन्सका स्थानीय बिक्रेता रविन गौतमले बताए। जिल्लामा कुल ३१ हजार ६ सय ८४ हेक्टर जमिन खेती योग्य रहेको जिल्ला कृषि विकास संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का