असार २८, पर्वत । निरन्तर अबिरल बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा न ८ चुवाबको भीरमा पहिरो जाँदा आठ घण्टादेखि लोकमार्ग ठप्प भएको हो ।
सडक अबरुद्ध हुँदा पोखरा हुँदै पर्वत आउँदै गरेका सवारी साधन दोबिल्लामा रोकिएका छन भने साविकको धौलागिरी अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा तर्फ हिडेका सवारी साधन चुवा र कुस्मामा रोकिएका छन ।
एकतर्फी रुपमा सडक सुचारु गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताउनुभयो ।