२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धानबालीमा पानी लगाउने बिषयमा बिबाद हुँदा झडप

२०७७, २० भाद्र शनिबार ०३:३१

महेश सिंह | भदौ २०, सिरहा | सिरहाको बर्यारपटि गाउँपालिका वडा नम्वर १ कचनारीमा धानमा पानी पटाउने विषयलाई लिएर बिवाद हुँदा झडप भएको छ । शुक्रबार राती करीब ९ बजेतिर रामनाथ यादव र बिजय यादवको पक्ष बिच धान पटाउने विषयलाई लिएर बिवादले उग्ररूप लिएपछि झगडा भएको हो ।


स्थानीय अजय यादवको खेतमा रहेको बोरीङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा कसले पहिले हल्ने भन्ने बिषयमा बिवादले उग्ररूप लिए पछि झगडा भएको थियो । मोटर, बोरीङ २, जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निही हुन् । पुरानो रिशिईवीको कारणले उक्त झगडा भएको स्थानीयले बताएका छन् । धान पटाउने एउटा बहाना र झगडा गर्ने निहु मात्र भएको उनले बताए । झगडापछि घाइते हुनेमा दिनेश कुमार यादव, श्याम कुमार भगत र मिथिलेश यादव छन् । उनीहरुको सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए ।


यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोक्सीको आरोपमा बेस्सरी कुट्पिट गरेको पीडितले बताएका छन् । उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोर्डर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेक्टर सुर्य धमलालाई बायाँ पाखुरामा गहिरो चोट लागेको धमलाले बताएका छन् । नेपाल प्रहरीमा घाइते जवानको नाम गोप्य राखिएको छ । उक्त घटनाको आरोपमा  एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको थुनुवा गृहमा राखिएको छ । उक्त घटना पछि युवालाई पक्राउ गरि छानबिनको लागि राखिएको ईन्स्पेक्टर अरबिन साहले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ