2026-07-26 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला उत्पादन घट्दै

पुस ३, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा  लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको  जनाइएको छ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा एक  बेँसीशहर नगरपालिका वडा नं. ११ चिती स्याउतका किसान भगवती पन्त हुनुहुन्थ्यो  । उहाँ सुन्तला बिक्रीबाट वार्षिक रु ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्थ्यो । परिवारसमेत सुन्तलाबाट आएको आम्दानीले राम्रै चल्ने गरेको थियो ।  अचानक केही वर्षदेखि भने  सुन्तला बगैँचामा कीरा लाग्ने र  बोट सुक्दै जाने भएकाले कम फल्दै आएको छ । यस वर्ष त मुश्किलले रु दुई लाख  मात्रै आम्दानी गरिएको उहाँले बताउनुभयो । उहाँका केवल एउटा प्रतिनिधि मात्र मात्रै हुनुहुन्छ ।  उहाँ जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या उस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका  कारण आम्दानी घटेकामा निराश तथा चिन्तित बनेका छन् । 

लटरम्मै फल दिँदै राम्रो आम्दानीको स्रोत बन्दै आएको ती सुन्तलाका बोटले फल दिन नसक्दा साविक जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत   स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादनमा कम हुँदै गएको छ ।  स्याउतका किसानले वर्षेनी करीब रु दुई करोड  आम्दानी गर्ने गरे पनि सुन्तलामा आएको विविध समस्याका कारण ६ वर्षदेखि भने रु १४÷१५ लाख  मात्र आम्दानी हुने गरेको किसानको भनाइ छ । विगतमा यहाँका सुन्तला राम्रो हुँदा व्यापारीले बोटमै आएर लैजाने गर्थे । त्यस्तै विगत वर्षमा जिल्लाकै राम्रो उत्पादन तथा आम्दानी गर्ने बगैँचाका रुपमा चिनिँदै आएका कुन्छा, भोर्लेटार, चिती, दुराडाँडा, राइनास, गाउँशहर, भोजे, उदिपुर क्षेत्रलगायत ठाउँमा समेत उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । 

उहाँले भन्नुभयो, जिल्लाबाटै सुन्तला खेती नै मासिने अवस्थामा पुगिसकेको छ । पुराना तथा रोगी बगैँचा नाश गर्दै एक हजार मिटरभन्दा माथि लगाइएका नयाँ सुन्तलाको बिरुवा ल्याएर  व्यवस्थापन राम्रो गर्न सकेमा पहिलाकै लयमा जिल्लाका सुन्तला उत्पादन फर्किन सक्ने उहाँको भनाइ छ ।  कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार यस वर्ष ३०२ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ४७१ मेट्रिक टन सुन्तला उत्पादनमा कमी आएको छ । 

गत वर्ष जिल्लामा २८५ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ८९५ मेट्रिक टन  उत्पादन भएको थियो ।  कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷२०७५ मा ४९३ क्षेक्रफलबाट तीन हजार ९९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३÷२०७४ मा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको  कार्यालयको तथ्यांकमा छ । 

 जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत शहरमा राम्रो खपत हुने गरे पनि उत्पादनमा कमी हुँदा किसान निराश भएका छन् । लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिए पनि पाँच सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा सुन्तला उत्पादनमा कमी हुँदा वर्षेनी बाहिरी जिल्लाबाट खपत गर्न उपभोक्ता तथा स्थानीयवासी बाध्य छन् । यतिबेला जिल्लामा उत्पादन कम भएपछि बाहिरी जिल्लाबाट ल्याइएका सुन्तला प्रतिकिलो रु १५० देखि १८० सम्म तिरेर उपभोक्त्ताले खरीद गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ