2026-10-23 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला उत्पादन घट्दै

पुस ३, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा  लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको  जनाइएको छ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा एक  बेँसीशहर नगरपालिका वडा नं. ११ चिती स्याउतका किसान भगवती पन्त हुनुहुन्थ्यो  । उहाँ सुन्तला बिक्रीबाट वार्षिक रु ६ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्थ्यो । परिवारसमेत सुन्तलाबाट आएको आम्दानीले राम्रै चल्ने गरेको थियो ।  अचानक केही वर्षदेखि भने  सुन्तला बगैँचामा कीरा लाग्ने र  बोट सुक्दै जाने भएकाले कम फल्दै आएको छ । यस वर्ष त मुश्किलले रु दुई लाख  मात्रै आम्दानी गरिएको उहाँले बताउनुभयो । उहाँका केवल एउटा प्रतिनिधि मात्र मात्रै हुनुहुन्छ ।  उहाँ जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या उस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका  कारण आम्दानी घटेकामा निराश तथा चिन्तित बनेका छन् । 

लटरम्मै फल दिँदै राम्रो आम्दानीको स्रोत बन्दै आएको ती सुन्तलाका बोटले फल दिन नसक्दा साविक जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत   स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादनमा कम हुँदै गएको छ ।  स्याउतका किसानले वर्षेनी करीब रु दुई करोड  आम्दानी गर्ने गरे पनि सुन्तलामा आएको विविध समस्याका कारण ६ वर्षदेखि भने रु १४÷१५ लाख  मात्र आम्दानी हुने गरेको किसानको भनाइ छ । विगतमा यहाँका सुन्तला राम्रो हुँदा व्यापारीले बोटमै आएर लैजाने गर्थे । त्यस्तै विगत वर्षमा जिल्लाकै राम्रो उत्पादन तथा आम्दानी गर्ने बगैँचाका रुपमा चिनिँदै आएका कुन्छा, भोर्लेटार, चिती, दुराडाँडा, राइनास, गाउँशहर, भोजे, उदिपुर क्षेत्रलगायत ठाउँमा समेत उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । 

उहाँले भन्नुभयो, जिल्लाबाटै सुन्तला खेती नै मासिने अवस्थामा पुगिसकेको छ । पुराना तथा रोगी बगैँचा नाश गर्दै एक हजार मिटरभन्दा माथि लगाइएका नयाँ सुन्तलाको बिरुवा ल्याएर  व्यवस्थापन राम्रो गर्न सकेमा पहिलाकै लयमा जिल्लाका सुन्तला उत्पादन फर्किन सक्ने उहाँको भनाइ छ ।  कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार यस वर्ष ३०२ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ४७१ मेट्रिक टन सुन्तला उत्पादनमा कमी आएको छ । 

गत वर्ष जिल्लामा २८५ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट एक हजार ८९५ मेट्रिक टन  उत्पादन भएको थियो ।  कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷२०७५ मा ४९३ क्षेक्रफलबाट तीन हजार ९९३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३÷२०७४ मा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको  कार्यालयको तथ्यांकमा छ । 

 जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत शहरमा राम्रो खपत हुने गरे पनि उत्पादनमा कमी हुँदा किसान निराश भएका छन् । लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिए पनि पाँच सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा सुन्तला उत्पादनमा कमी हुँदा वर्षेनी बाहिरी जिल्लाबाट खपत गर्न उपभोक्ता तथा स्थानीयवासी बाध्य छन् । यतिबेला जिल्लामा उत्पादन कम भएपछि बाहिरी जिल्लाबाट ल्याइएका सुन्तला प्रतिकिलो रु १५० देखि १८० सम्म तिरेर उपभोक्त्ताले खरीद गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने