साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । 
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

अज्ञात रोगले सुन्तला मर्न थालेपछि किसान चिन्तित

२९ श्रावण २०७३, शनिबार ०९:५२

साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने देउपुरमा बोट धमाधम मर्न थालेपछि किसान चिन्तित भएका छन् । गाविसका सबै वडामा बोट मर्ने समस्या देखिएको छ । साउनको पहिलो सातादेखि सुन्तला मर्ने रोग देखापरेको थियो । 

सुरुमा पात पहेँलो भएरपछि विस्तारै बोट मर्न थालेको किसानले बताएका छन् । स्थानीय भूमिराज शर्माले अज्ञात रोगको पहिचान नहुँदा किसान समस्यामा परेको बताउनुभयो । अज्ञात रोगका कारण नयाँ तथा पुराना बिरुवा धमाधम मर्दै गएको शर्माले जानकारी दिनुभयो । 

माछापुच्छ्रे कृषि सुन्तला सहकारीका अध्यक्ष दाताराम चापागाइँले सुन्तलाको रोगको घरेलु उपचार गरेपनि समस्या समाधान नभएको बताउनुभयो । 

अज्ञात रोगको पहिचान गरी रोकथामको व्यवस्था मिलाइदिन जिल्ला कृषि विकास कार्यालयसँग अनुरोध गरिएको चापागाइँले जानकारी दिनुभयो । कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले किसानले उपलब्ध गराएको नमुना काठमाडाँैस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पठाउन लागिएको बताउनु भयो । 

नमुना सङ्कलन गरी पठाउने तयारी भइरहेको छ, उहाँले भन्नुभयो,‘ त्यसपछि के रोग लागेको हो कसरी उपचार गर्ने भन्ने पत्ता लागिहाल्छ, । हिउँद याममा असिनाले दाना नष्ट भएर घाटा बेहोरेका किसान अहिले बोट नै मर्न थालेपछि मर्कामा परेका छन् । गाविसमा व्यावसायिक खेती गर्नेको सङ्ख्या २०० को हाराहारीमा रहेका छन् । सुन्तला बेचेर देउपुरका किसानले वर्षमा रु एक करोड भित्र्याउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार