2026-07-26 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसान क्रेडिट कार्ड वितरण शुरु

असार २७, वाग्मती (रासस) । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी  ‘किसान क्रेडिट  कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ । 

यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौतानुसार  किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा रु दुई लाख प्राप्त गर्न सक्नेछन् ।  

पहिलो  चरणमा  आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत  सो रकम प्रदान गरिने छ । तिनले विनाधितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पुर्याइने लक्ष्य गाउँपालिकाको  छ ।

सार्वजनिक पुस्तकालय स्थापना

जिल्लाका विभिन्न तीन स्थानमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया ,  हेटौँडा– ७ नागस्वतीमा समृद्ध पुस्तकालय र हेटौंडा –६ मा शान्ति पुस्तकालय स्थापना भएको हो । 

स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी एक महिनाको अवधिमा तिनै  स्थानमा  पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा तीन वटा पुस्तकालय स्थापना भएका छन् । 

यसैबीच सबैभन्दा पछिल्लो पटक बकैया गाउँपालिका–४ मा बकैयामा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि रु ५० हजार बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको हो ।

पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईंबीच हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागाई, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दङ्गाल, एसके निधन र राम मङ्ग्रातीले जनही रु पाँच हजारका दरले योगदान गरेका छन् ।  

प्रदेश सरकारलाई  अक्सिजन सिलिण्डर सहयोग 

वाग्मती प्रदेशभित्रका कोभिड–१९ सङ्क्रमितका उपचारमा सघाउ पु¥याउने उद्देश्यले एसटिसी  गुप्रले प्रदेश सरकारलाई दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अक्सिजन सिलिण्डर र दुई सय थान रेगुलेटर उपलब्ध गराइएको गु्रपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ