साउन ३१, ललितपुर । पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ । 

तरकारी खेतीबाट उनीहरुले आफ्नो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, ललितपुर । पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ । 

तरकारी खेतीबाट उनीहरुले आफ्नो"/>

2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै

साउन ३१, ललितपुर । पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ । 

तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । 

खेतीबाट आएको आम्दानीले आफ्नो बालबच्चालाई बोर्डिङ स्कुलमा पढाएर राम्रो शिक्षा दिन पनि उनीहरु सफल भएका छन् । तरकारी खेतीबाटै उनीहरुले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल भएको पाइएको छ । 

घुसेल गाविस–८ बस्ने गोविन्द गौतमले आफ्नै खेतबारीमा लगाएको तरकारी खेतीबाट आफ्नो छ जनाको परिवार धान्दै आएका छन् । तरकारी खेतीका लागि पाँच रोपनी जग्गा छुट्याएको उहाँले बताउनुभयो । उक्त पाँच रोपनी जग्गामा गोलभेँडा, बन्दा, भन्टा, काउली, भुइँस्याउ, किबीलगायतका तरकारी एवम् फलफूल लगाएको उहाँको भनाइ छ । अहिलेको मौसममा गोलभेँडा प्रतिकिलो रु ५० का दरले बिक्री गर्दै आएको उहाँले बताउनुभयो । 

आफूले खेती गरेको जमिनबाट बर्सेनि बन्दा तथा काउलीबाट समेत राम्रो आम्दानी गर्दै यसबाहेक भुइँस्याउ र किवी पनि लगाइएको उहाँको भनाइ छ । खेतीमा लाग्ने सबै खर्च घटाएर वार्षिक आम्दानी रु एक लाख ५० हजार जोगिने गरेको उहाँको भनाइ रहेको छ । 

यसै गरी बज्रबाराही नगरपालिका–१३ बस्ने शिवराम थापाले तरकारी खेतीबाट आफ्नो सात जनाको परिवारको खर्च टार्दै आएका छन् । खेतीका लागि ११ रोपनी जग्गा भाडामा लिएर काम गरेको उहाँको भनाइ रहेको छ । 

भाडामा लिएको जग्गामा काँक्रो, घिराँैला, काउली, गोलभेँडा, तने बोडीलगायतका मौसमअनुसारको तरकारी खेती गरिँदै आएको र वार्षिक रुपमा सबै खर्च घटाएर रु पाँच लाख आम्दानी गर्दै आएको उहाँले बताउनु भयो । 

तरकारी खेतीबाट आउने आम्दानीबाट छोरालाई इञ्जिनियर र छोरीलाई कृषिविज्ञ बनाउन लागेको उहाँले बताउनुभयो । बज्रबाराही नगरपालिका–१० बस्ने हरिगोपाल महर्जनको पनि यस्तै कथन रहेको छ । यही खेतीबाट सात जनाको परिवारको पालनपोषण गर्दै आएको महर्जनको भनाइ रहेको छ । 

गोलभेँडा खेतीका लागि मात्र १० रोपनी जग्गा भाडामा लिएर काम गर्दै आएको उहाँले बताउनुभयो । वार्षिक सबै खर्च घटाएर रु पाँच लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो