ऋषिराम अधिकारी/भदौ १, लमजुङ । बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ऋषिराम अधिकारी/भदौ १, लमजुङ । बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएक"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

अलैँचीको ‘हब’ बन्दै लमजुङ

१ भाद्र २०७३, बुधबार ११:०३

ऋषिराम अधिकारी/भदौ १, लमजुङ । बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो । 

दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो हात घर फर्किनुभयो । त्यसपछि उहाँ गाउँमै अलैँची खेती गर्नथाल्नुभयो । गाउँमा अलँैची खेतीमा लागेपछि उहाँले दुई पटकसम्म विदेश जाँदा लागेको ऋण तिर्नुभयो । आव २०७१÷७२ मा उहाँले अलैँची बेचेर रु चार लाख कमाउनुभयो भने आव २०७२/७३ रु सात लाख आम्दानी गर्नुभयो । उहाँ अहिले गाउँका युवालाई विदेश नजान सल्लाह दिँदै हिँड्नुभएको छ । 

यस्तै खाँचेकै कालु गुरुङले दुई वर्षअघि सरमुकाम बेँसीसहरमा रु १६ लाख हालेर जग्गा किन्नुभयो । उहाँ अहिले घर बनाउने तयारीमा हुनुहुन्छ । “न त म ढाक्रे हो, न त पेन्सन छ, न त म विदेश गएँ । गाउँमा जम्मा छ हलको पाखा बारीबाहेक मेरो कुनै पैतृक सम्पत्ति छैन । तर धन्न अलैँची मेरो सहारा बन्यो,” उहाँले भन्नुभयो । 

पसगाउँ–८ का होमबहादुर गुरुङले गत वर्षदेखि धान रोप्न छाड्नुभयो । मुस्किलले १५ मुरी धान फल्ने जग्गामा उहाँले अलैँची खेती गर्दैआउनुभएको छ । यस आवमा रु १० लाख बराबरको अलैँची फल्ने उहाँको विश्वास छ । दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट ५० प्रतिशत अनुदानमा छ हजार बीउ लिई उहाँले आफ्नै लगानीमा अलैँची खेती सुरु गर्नुभएको थियो । 

“यस वर्ष ३० हजार अलैँचीका बिरुवा बिक्रीबाट रु १३ लाख कमाइ भयो,” उहाँले भन्नुभयो । सोमबहादुर, कालु र होमबहादुर मात्र होइन यतिबेला खाँचे, पसगाउँ, इलमपोखरी, ढोडेनीलगायतका ठाउँका बासिन्दा अलैँची खेतीतर्फ आकर्षित भएका छन् । अन्य खेतीपातीभन्दा मनग्य आम्दानी हुने र बजार मूल्य बढ्दै गएपछि किसान व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेका छन् । 

अलैँचीको आम्दानीबाट लमजुङको इलमपोखरीका किसानले लघुजलविद्युत् आयोजना निर्माण गरी गाउँ नै झिलीमिली पारेका छन् । जिल्ला कृषि विकास कार्यालयले जिल्लालाई अलँैची पकेट जिल्लाका रुपमा घोषणा गर्दै अलैँची खेती विस्तारमा ध्यान केन्द्रित गरेपछि पछिल्लो समय अलैँची खेतीले थप व्यावसायिकता पाएको हो । 

वर्षमा दुईपटक गोडमेल गरेपछि कुनै झन्झट गर्न पनि नपर्ने भएकाले धेरै किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालय, वल्र्ड भिजन र आफ्नै पहलमा उनीहरुले गाउँमा अलैँची सुकाउने आठवटा भट्टीसमेत राखेका छन् । गाउँमा कहीँ व्यक्तिगत रुपमा अलैँची खेती लगाइएका छन्, कतै सामूहिक रुपमा । पसगाउँ–९ मा भने काम्रेदेवी अलैँची कृषक समूह र प्रगतिशील अलैँची कृषक समूहले सामूहिक रुपमा अलैँची खेती गरेका छन् । 

स्थानीय डम्बरबहादुर गुरुङका अनुसार २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अलैँची फस्टाउँदै गएको छ । बर्सेनि धान खेतीको सट्टा अलैँची लगाउने क्रम बढ्दो छ । गाउँका जङ्गल पनि अलैँची खेतीले भरिएका छन् । स्थानीय आशिष गुरुङ भन्छन् – “गाउँमा फ्रोंचे अलैँची कृषक समूहले झन्डै ३०० रोपनी क्षेत्रफलमा अलैँची लगाएको छ, व्यक्तिगत रुपमा पनि अलैँची लगाउनेहरु थुप्रै छन् ।” मनग्य कमाइ हुनेभएपछि अलैँची खेतीमा आकर्षण बढ्दै गएको छ । 

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार अलैँची खेतीमा कृषकको माग थेग्नै नसकिने छ । किसानले यस वर्ष ३५ लाख बिरुवा माग गरेका छन् । तर, कार्यालयले यस वर्ष चार लाख ३० हजार बिरुवा वितरण गरेको बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यालयको अनुदान र कृषक आफैँले गरी किसानले करिब १२ लाख बिरुवा यस वर्ष रोपेका छन् । 

जाजरकोट, दैलेख, बझाङ, सुर्खेतलगायतका किसानले करिब १० लाख अलैँचीका बिरुवा माग गरेका छन् । आगामी वर्ष करिब ७० लाख अलैँचीका बिरुवा उत्पादन गर्ने कार्यालयको लक्ष्य छ । जिल्लाका इलमपोखरी, सिउरुङ, भुलभुले, खाँचे, छिनखोला, भोंजे, घाम्राङ, पसगाउँ, फलेनीलगायत क्षेत्रमा अलैँचीका बिरुवा उत्पादन भई वितरण भइरहेको छ । 

जिल्लामा गतवर्ष ६३ मेट्रिक टन अलैँची उत्पादन गरेर किसानले रु १२ करोड ६३ लाख आम्दानी गरेको अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष १२० मेट्रिक टन उत्पादन हुने र करिब रु २५ करोड आम्दानी हुने अनुमान छ । अलैँचीको बिरुवाको रु १२ मूल्य निर्धारण गरिएको छ । पुरानो गाँजबाट उत्पादित बिरुवाको मूल्य प्रतिबिरुवा रु १० तोकिएको छ । बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की र पसगाउँलगायतका किसानले अलैँची खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । 

अलैँचीको बजार मूल्य प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार १५० सम्म छ । करिब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलैँची खेती गर्मी र जाडोमा हुने दुईथरिका हुन्छन् । जिल्लामा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट