पुस २८, रासस | उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । 

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् । माघे सङ्क्रान्तिमा तरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, रासस | उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । 

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् । माघे सङ्क्रान्तिमा तरुल"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरुलले राम्रो मूल्य पाएपछि किसान दङ्ग

२०७८, २८ पुष बुधबार ०७:५२

पुस २८, रासस | उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । 

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् । माघे सङ्क्रान्तिमा तरुल बिक्री ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । माघे सङ्क्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको वाग्मती र बरहथना नगरपालिका क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ । ती क्षेत्रका खेतभरी तरुल खनिरहेको दृष्य बग्रेल्ती देखिन्छ ।

विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसान दङ्ग छन् । गतवर्ष प्रतिकिलो रु ३५ देखि ४० मा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो रु ५० देखि ८० मा बिक्री भइरहेको छ । लामो समयदेखि व्यावसायिक रुपमा तरुल खेती गर्दै आएका वाग्मती नगरपालिका–५ राजघाटका किसान यमकुमार मगरले भन्नुभयो, “यसवर्ष निकै राम्रो मूल्य पाएका छौं, अन्य वर्षको तुलनामा धेरै व्यापारी तरुल किन्न आइरहेका छन् । यसरी मूल्य पाउने हो भने किसानलाई लागत र परिश्रमअनुसार राम्रो फाइदा हुनेछ ।” 

उहाँका अनुसार माघे सङ्क्रान्ति नजिकिएसँगै किसानले उत्पादन गरेको तरुल लिन ठेकेदार खेतबारीमै पुगेका छन् । यसवर्ष १० कठ्ठा जमिनमा तरुलखेती गरेको र तरुलले राम्रो मूल्य पाएपछि आफूलाई खुसी लागेको वाग्मती नगरपालिका–८ शङ्करपुरका किसान जगबहादुर महतोको भनाइ छ । उहाँले प्रतिकठ्ठा रु २५ हजारमा खेतबाटै व्यापारीले तरुल लैजाने गरेको बताउनुभयो । सबै खर्च कटाएर तरुलखेतीबाट प्रतिकठ्ठा रु १८ देखि २० हजार आम्दानी हुने गरेको किसानको भनाइ छ । माघे सङ्क्रान्तिमा विशेष फलहारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमासमेत प्रयोग गर्न लैजाने गरेको किसानले बताउनुभययो । 

वैशाखमा रोपेको तरुल तीन दिनयता महतो आफैँले मजदुर लगाएर खनाइरहेका छन् । “व्यापारीले उचित मूल्य दिए भने यहीं बेच्छु, नत्र ट्रकमा हालेर काठमाडौं लैजान्छु”, उहाँले भन्नुभयो, “काठमाडौंसम्म पु–याउन सके अझ राम्रो मूल्य पाइन्छ ।”

तरुलको फलाइ अनि जात हेरेर व्यापारीले मूल्य दिन्छन् उहाँले भन्नुभयो, “पाताले तरुलको बढी मूल्य पाइन्छ भने आकासे तरुलको कम मूल्य आउँछ ।” व्यापारीले सर्लाहीको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगञ्ज, इटहरीलगायत मुलुकका प्रमुख सहरसम्म पु¥याउने गरेका छन् । फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ । 

तरुलखेती गर्दा जमिन हेरेर बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गर्दा रु सात हजारदेखि १० हजार प्रतिकठ्ठा लगानी हुने गरेको किसानको भनाइ छ । यो मौसममा तरुल प्रतिकठ्ठा रु २८ हजारदेखि ३० हजारसम्म आम्दानी हुने किसानको अपेक्षा छ । राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्विन्टलसम्म उत्पादन हुने कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीका कार्यालय प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा झुसे९पाताले०र रातो तरुलको खेती हुँदै आएको छ । जिल्लामा मात्र यसवर्ष करिब २८५ हेक्टर क्षेत्रफलमा तरुलखेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५०० टन तरुल उत्पादन हुने गरेको छ ।

यसवर्ष बढी वर्षात् भएका कारण तरुल उत्पादनमा कमी आउने हो कि भन्ने किसानलाई चिन्ता रहेको थियो । तर कम उत्पादन भए पनि मूल्य राम्रो पाउँदा आफूहरुलाई घाटा नहुने किसानले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से