२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला झर्नबाट रोक्न प्लास्टिकको बोरा प्रभावकारी

९ माघ २०७८, आईतवार ०६:५४

माघ ९, म्याग्दी | सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको सङ्क्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो । 

बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दानाको सुरक्षित व्यवस्थापन र खाद्य पासो थापेपछि यसपाली सुन्तला झर्ने समस्या नियन्त्रण भएको र उत्पादन बढेको बताउनुभयो । “झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फ्लाई किरा मार्ने खाद्यपासो प्रोटिन बेट प्रयोग गरेको थिए”, उहाँले भन्नुभयो, “दाना झर्ने समस्या ९० प्रतिशत नियन्त्रण भएकाले यसपाली पनि त्यसलाई निरन्तरता दिएको छु ।”

जलजला गाउँपालिका–१ बाँसखर्कका जगतबहादुर खत्रीले अघिल्लो वर्ष दैनिक २२÷२३ क्रेट दाना झर्ने गरेकामा यसपाली पाँच÷६ क्रेट मात्र झरेको बताउनुभयो । पूरै गाउँमा सुन्तलाखेती भएको बाँसखर्कका कृषकले झरेका दानालाई तातोपानीमा पकाएर खाडल खनेर गाड्ने र प्लास्टिकको बोरामा राख्ने गरेका खत्रीले बताउनुभयो । 

“गत वर्षसम्म दाना झर्ने समस्या विकराल थियो”, उहाँले भन्नुभयो, “बगैँचा र झरेका दाना व्यवस्थापन गर्दा २५ प्रतिशत उत्पादन बढेको छ ।” खत्रीका अनुसार २०० भन्दाबढी परिवारले सुन्तलाखेती गरेको बाँसखर्कमा यसपाली रु चार करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । 

कृषि ज्ञान केन्द्रले बेनी नगरपालिका–४ बास्कुना, अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले, मङ्गला–३, भोरलेनी–५ अर्मन र जलजलाको बाँसखर्कका कृषकलाई औसाले झरेका दाना, बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन गरेको छ । 

कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्ष प्रोटिन बेटको खाद्य पासो राखेको र झरेका दाना व्यवस्थापन भएको बगैँचामा यसपाली किराको प्रकोप घटेकाले अभियानलाई बिस्तार गरिएको बताउनुभयो । पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीका रुपमा देखिएको छ । 

दानाभित्र पसेको औसाले असोजदेखि पुस महिनासम्म पहेँलो बनाई प्वाल पारेर अथवा दानालाई आफूसँगै भुइँमा खसाल्छ । अधिकृत पाण्डेका अनुसार भुइँमा खसेको औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पोखरीमा डुबाउने र डेढ फिटभन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ । 

आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत–वैशाखमा प्रोटिन बेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राविधिकले बताएका छन् । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो । प्रोटिन बेटमा दाना झार्ने किराले मन पर्ने तत्व मिसाइएको हुन्छ ।  खानेकुरासँगै विषादी खाएर किरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ । रुख सुक्ने समस्या समाधानका लागि बगैँचा व्यवस्थापन र सुकेका हाँगा काटछाट गर्न कृषि प्रसार अधिकृत पाण्डेको सुझाव छ । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न उहाँले आग्रह गर्नुभयो । 

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दाबढी सुन्तला बगैँचा छन् । सात सय ६ हेक्टरमा सुन्तला खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदा दुई हजार ८० मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टर क्षेत्रफलमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताउनुभयो । कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रु १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । उनीहरुले प्रतिकिलो रु ५० देखि रु ८० का दरले सुन्तला बिक्री गरेका छन् । म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा लगेर बिक्री गरिन्छ । व्यापारी खरिद गर्न बगैँचामै आउने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता