२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला झर्नबाट रोक्न प्लास्टिकको बोरा प्रभावकारी

२०७८, ९ माघ आईतवार ०६:५४

माघ ९, म्याग्दी | सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको सङ्क्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो । 

बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दानाको सुरक्षित व्यवस्थापन र खाद्य पासो थापेपछि यसपाली सुन्तला झर्ने समस्या नियन्त्रण भएको र उत्पादन बढेको बताउनुभयो । “झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फ्लाई किरा मार्ने खाद्यपासो प्रोटिन बेट प्रयोग गरेको थिए”, उहाँले भन्नुभयो, “दाना झर्ने समस्या ९० प्रतिशत नियन्त्रण भएकाले यसपाली पनि त्यसलाई निरन्तरता दिएको छु ।”

जलजला गाउँपालिका–१ बाँसखर्कका जगतबहादुर खत्रीले अघिल्लो वर्ष दैनिक २२÷२३ क्रेट दाना झर्ने गरेकामा यसपाली पाँच÷६ क्रेट मात्र झरेको बताउनुभयो । पूरै गाउँमा सुन्तलाखेती भएको बाँसखर्कका कृषकले झरेका दानालाई तातोपानीमा पकाएर खाडल खनेर गाड्ने र प्लास्टिकको बोरामा राख्ने गरेका खत्रीले बताउनुभयो । 

“गत वर्षसम्म दाना झर्ने समस्या विकराल थियो”, उहाँले भन्नुभयो, “बगैँचा र झरेका दाना व्यवस्थापन गर्दा २५ प्रतिशत उत्पादन बढेको छ ।” खत्रीका अनुसार २०० भन्दाबढी परिवारले सुन्तलाखेती गरेको बाँसखर्कमा यसपाली रु चार करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । 

कृषि ज्ञान केन्द्रले बेनी नगरपालिका–४ बास्कुना, अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले, मङ्गला–३, भोरलेनी–५ अर्मन र जलजलाको बाँसखर्कका कृषकलाई औसाले झरेका दाना, बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन गरेको छ । 

कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्ष प्रोटिन बेटको खाद्य पासो राखेको र झरेका दाना व्यवस्थापन भएको बगैँचामा यसपाली किराको प्रकोप घटेकाले अभियानलाई बिस्तार गरिएको बताउनुभयो । पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीका रुपमा देखिएको छ । 

दानाभित्र पसेको औसाले असोजदेखि पुस महिनासम्म पहेँलो बनाई प्वाल पारेर अथवा दानालाई आफूसँगै भुइँमा खसाल्छ । अधिकृत पाण्डेका अनुसार भुइँमा खसेको औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पोखरीमा डुबाउने र डेढ फिटभन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ । 

आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत–वैशाखमा प्रोटिन बेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राविधिकले बताएका छन् । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो । प्रोटिन बेटमा दाना झार्ने किराले मन पर्ने तत्व मिसाइएको हुन्छ ।  खानेकुरासँगै विषादी खाएर किरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ । रुख सुक्ने समस्या समाधानका लागि बगैँचा व्यवस्थापन र सुकेका हाँगा काटछाट गर्न कृषि प्रसार अधिकृत पाण्डेको सुझाव छ । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न उहाँले आग्रह गर्नुभयो । 

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दाबढी सुन्तला बगैँचा छन् । सात सय ६ हेक्टरमा सुन्तला खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदा दुई हजार ८० मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टर क्षेत्रफलमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताउनुभयो । कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रु १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । उनीहरुले प्रतिकिलो रु ५० देखि रु ८० का दरले सुन्तला बिक्री गरेका छन् । म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा लगेर बिक्री गरिन्छ । व्यापारी खरिद गर्न बगैँचामै आउने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन