२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारकाे प्रदर्शनी मेलामा नेपाली अलैंची

२०७८, ४ चैत्र शुक्रबार ११:१५

दिलकुमार लिम्बू | चैत ४, ताप्लेजुङ । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाकाे प्रदर्शनीमा राखिएकाे  छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो ।

दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरपालिका-६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैंची पुष्पलाल ओझाले ताप्लेजुङ ग्रेडिङ गरे । उनले झापाको बिर्तामोडमा प्याकेजिङ गरे । त्यहीं अलैंची दोहाकाे प्रदर्शनीमा राखिएकाे हाे । अहिले प्रदर्शनका लागि दुबई पनि पठाइएको छ । ताप्लेजुङलगायत देशभरको उत्पादन कतार, साउदी अरब, दुबई लगायतका खाडी राष्ट्रमा पुग्छ । तर, नेपालको नामबाट नजाने सराेकारवाला बताउँछन् । 

नेपालकै नामबाट सिधै ति मुलुकमा पठाउने प्रक्रियाका लागि नेपालबाट अलैंची पठाएको वातावरण संरक्षण तथा विकास मञ्चका पूर्वअध्यक्ष चन्द्रप्रकाश भट्टराई (सिपी)ले  बताए । उनले बताए । उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा कतारमा रहेका कुमार खड्का र काजिमान पौडेलमार्फत प्रदर्शनीमा राखिएको हो । याफ्रे कृषि उत्पादन प्रशोधन बिक्री तथा निकासी केन्द्र मार्फत लगिएको अलैंची कतारका नागरिकले अधिक मनपराएको र प्रकृयाका विषयमा भट्टराईले बताए ।

प्रदर्शनीमा बसेका पौडेलका अनुसार कतारका नागरिकको चासो देख्ता प्याकेजिङमा सुधार गरेर हवाइ जहाजमार्फत लैजान सकिने हिम्मत बढेको  छ । ‘प्याकेजको बाहिर यहँको स्थानीय भाषामा लेख्नु पर्नेरहे छ,’ उनले भने, ‘यहँको नियमानुसार खाद्य गुणस्तर परीक्षण गराएर यो कस्तो ठाउँमा उत्पादन भएको भनेर खुलाउनु पर्ने रहेछ । कतारका नागरिकले अनिवार्य मसलाको रुपमा प्रयोग गर्दै आएको उनले बताए । भट्टराईले भने, 'हामीले चिरा मसल तथा बाह्र मसल प्रयोग गरे जस्तै कतारका नागरिकहरुले अलैंचीको प्रयोग गर्ने गर्दछ ।' 

 कतारमा नेपाली अलैंची प्रतिकेजी १२० रियालमा खरिद बिक्री हुँदै आएको पौडेलले बताए ।अहिलेसम्म नेपालको अलैंची भारत जाने र भारतले आफ्नै ब्राण्ड बनाएर बिक्रि गर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै