भदौ १८, बागलुङ । नेपालको पूर्वी पहाडमा गरिँदै आएको किवीखेतीको विस्तार पश्चिमी पहाडमा पनि हुन थालेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, बागलुङ । नेपालको पूर्वी पहाडमा गरिँदै आएको किवीखेतीको विस्तार पश्चिमी पहाडमा पनि हुन थालेको छ । 

<"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा फस्टाउँदै किवीखेती

२०७३, १८ भाद्र शनिबार ११:५२

भदौ १८, बागलुङ । नेपालको पूर्वी पहाडमा गरिँदै आएको किवीखेतीको विस्तार पश्चिमी पहाडमा पनि हुन थालेको छ । 

पूर्वका विभिन्न जिल्लामा व्यावसायिक रुपमा किवीखेती गरिँदै आएकोमा केही वर्षयता पश्चिमी पहाडमा पनि गर्न थालिएको छ । फलको राजाको रुपमा लिइँदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवी खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । 

कृषि विकास कार्यालय बागलुङका अनुसार धौलागिरिका बागलुङ, पर्वत म्याग्दीलगायत पश्चिमका धेरै जिल्लामा यसको व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङमा सबैभन्दा पहिले ग्वालीचौरका किसान मेहयरसिँह पाइजाले २०५७ सालमा इलामबाट ल्याएर रोपको बिरुवामा २०६३ सालदेखि फल लागेको थियो । पूर्वमा राम्रो फल्ने र कमाइ पनि राम्रो हुने भनिए पनि पश्चिमी पहाडमा त्यस्तो नदेखिएकाले व्यावसायिक रुपमा किवीखेती गरिएको थिएन् । तर आजभोलि यसको व्यावसायिक खेती भन्ने सुरु भएको पाइजाले बताउनुभयो । 

विश्व बजारमा किवीको माग अत्याधिक भएकाले आफूले पनि व्यावासिकखेती गर्न थालिएको बागलुङ बूर्तिवाङका किसान राजेन्द्र पुनको भनाइ छ । दुईवर्ष अगाडि जिल्ला कृषि विकास कार्यालय बागलुङबाट ल्याएर रोपेका बिरुवामा फल लाग्न थालेपछि आफू व्यावसायिक किवीको खेतीगर्न लागेको उहाँको भनाइ छ । उहाँको बारीमा अहिले १७५ वटा बिरुवा हुर्किरहेका छन् । 

परीक्षणकै लागि लगाइको एउटा बोटबाट ५०÷६० केजी किवी फलेपछि अन्य किसान पनि आकर्षित बनेका छन् । यतिबेला बागलुङका बूर्तिवाङ, ग्वालीचौर, भकुन्डे, तित्याङलगायतका गाविसमा किवीखेती गर्न थालिएको छ । किवीखेती विस्तारका लागि जिल्ला कृषि विकास कार्यालय बागलुङले बर्सेनि ८०० देखि एक हजार बिरुवा अनुदानमा वितरण गर्दै आइरहेको छ । 

पहाडी भू–भागको एक हजार ५०० मिटरदेखि दुई हजार मिटरम्मको उचाइमा राम्रो हुने किवी माघ महिनामा रोपिने जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विम्लब अधिकारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै