४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

२ असार २०७४, शुक्रबार १२:३५

असार २, अर्घाखाँची । अर्घाखाँचीको जिल्ला सदरमुकाममा रहेका शान्ति तथा लदाम बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु भएको केही दिनमा नै लदाम बगैंचाको मुहार फेरिएको छ । 

पहिलो चरणमा लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाइ पर्यटकीय स्थलको रूपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जिल्लाका पर्यटकीय स्थलहरूलाई आधुनिकीरण तथा व्यवस्थापन गर्न पहल गरेसँगै खत्रीको प्रयास तथा सबै क्षेत्रबाट सहयोग भई बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ  ।

लदाम आधुनिकीकरण तथा व्यवस्थापन गर्न नाप, नक्सा जाचँ गरी वैशाखमा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले शिलान्यास गर्नुभएको थियो । बगैंचामा स्वीमिङ पुल, पानीको फोरा, राम मन्दिर, बालयुवा तथा वृद्ध–वृद्धामैत्री पूर्वाधार विकास गर्ने, १२०० मिटर हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला बनाउने, वरिपरि तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडि बढाएको अभियानता खत्रीले बताउनुभयो । 

बगंैचालाई आकर्षक र मनोरम बनाउन  विभिन्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ । बगैंचा व्यवस्थित  बनेपछि सन्धिखर्ककै प्रतिष्ठा बढ्छ । बगैंचालाई हरित मैत्री बनाउन जिल्ला वन कार्यालयले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । विभिन्न व्यक्तिहरूले  करिब १२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “पिक्निक तथा पार्टी हल, मिनी चिडियाघर, बेन्चहरू दुवो, विभिन्न जातका फुलहरू, सीसी क्यामेरा आदि पूर्वाधार निर्माण गर्ने गरी योजना तयार पार्दैछौं,” खत्रीले भन्नुभयो ।  लदाम बगैंचा  करिब ३० रोपनी जग्गामा फैलिएको छ । यो संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बगैंचा हो । 

यहाँ  पिक्निक खानका लागि  जिल्लाका विभिन्न ठाउँबाट मानिसहरू आउने गर्छन् । बगैंचाको जग्गा २०११ सालमा सन्धिखर्क–४ वाङलाका खुमानन्द भण्डारीले  गोवद्र्धन पूजा गरी गाईलाई नुन हालेर दान दिनुभएको छ । 

खुमानन्दका नाति मुक्ति भण्डारीले आफ्ना हजुरबुवाले दान गरेको जग्गाको महत्व बुझेर सुन्दर, पर्यटकीय स्थल निर्माण गर्न लागिएको बताए । बन्दै गरेको बगैंचा हेर्नका लागी विहान र वेलुका फ्रेसका लागि दैनिक ५ सय देखि १ हजार जना अहिलेदेखि नै बगैंचा अवलोकन गर्न आउन लागेको खत्रीले बताए । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । 

यसरी छोटो समयमा सहायक प्रमुख जिल्ला अधिकारीको पहलमा सुरु गरेको बगैंचा आधुनिकीकरण तथा व्यवस्थापन गर्नका लागि कम समय, स्रोत र साधनको कमी हँुदा–हुँदै पनी सोचेभन्दा धेरै काम भएको छ । नेपालमा गरेमा जे पनी सम्भव हुन्छ, प्रयास गरेमा विकास गर्न धेरै समय कुर्नुपर्दैन स्थानीयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ