2026-09-18 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण

काठमाडौँ | पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स टे«क्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड छन् ।

गतसाता चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेको थिए । विश्वको ३२औँं अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण(फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्साका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताउभयो । सो हिमालकाृ उचाइ सात हजार ७१० मिटर उचाइ रहेको छ ।

विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका बताइएको छ । पछिल्लो वर्षहरुमा यहाँका हिमालहरु उत्साहकासाथ आरोहण गर्न थालिएका छन् । गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेको थिए ।

गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो । चिलिका एक नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् । केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन् । गत भदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमण याम रहने शेर्पाले बताउनुभयो ।

पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए । सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम