Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बारा | आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।

बाराको प्रसौनी गाउँपालिका-७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी उनलाई थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।