४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाँकेमा पशु सुत्केरी भत्ता वितरण

३० फाल्गुन २०७८, सोमबार ०५:३७

फागुन ३०, राँझा । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताउनुभयो । 

सुत्केरी भत्ता तेस्रो चरणको र बीमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको नगर पशु सेवा शाखाका प्रमुख गोविन्द रोकायले बताउनुभयो । उहाँका अनुसार, बीमा पशु बीमा कार्यक्रममा १३६ कृषक लाभान्वित भएका छन् जसमा ३५५ पशु सङ्ख्यामध्ये गाई ८४, भैँसी १७२, बाख्रा ७९ रहेका छन् । किसानलाई रु दुई लाख ३४ हजार २७१ वितरण गरिएको छ ।पशु सुत्केरी भत्ता ११७ कृषकलाई वितरण गरिएको छ । जम्मा १८३ मध्ये गाई ८५ र भैँसी ९८ रहेका छन् । किसानलाई पशु सुत्केरी भत्ताको रु तीन लाख ६६ हजार वितरण गरेको पशु सेवा शाखा प्रमुख रोकायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ