४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकीय स्थल बन्दै कान्तिताल

११ पुष २०७६, शुक्रबार ०३:०८

पुष ११, बाँके | नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल पहिले पुरैना वा पुरैनी तालको नामले चिनिन्थ्यो । उपमहानगरले पर्यटकीयस्थलका रूपमा यसको विकास गर्ने भएपछि नाम परिवर्तन गरेर कान्तिताल राखिएको हो । 

कान्तिताल नेपालगञ्जको धम्बोझी चोकदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्छ । करिब २५ बिघा क्षेत्रफल रहेको ताल वडा नम्बर २२ पुरैनीमा १७ बिघा र वडा नम्बर २१ पुरैनामा आठ बिघा क्षेत्रफलमा पैmलिएको छ । 

कान्तिताल एउटा प्राकृतिक ताल हो । यो ताललाई पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । विसं २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर उपमहानगरपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना अगाडि बढाएको हो । 

“विसं २०३९ अगाडि ताल क्षेत्र हात्तीको वासस्थानका रूपमा थियो, ताल क्षेत्रमा विभिन्न थरीका चराचुरुङ्गी आउने गर्दथे, घाँसैघाँसले तालमा ढाकेको थियो”, तालको विगत सम्झँदै वडा नम्बर २२ का अध्यक्ष विद्याराम बर्मा भन्नुहुन्छ, “अहिले पर्यटकीय गन्तव्यका रूपमा तालको पुनःनिर्माण हुन थालेपछि यसले वडाको सौन्दर्य पनि बढाउने छ ।”

स्वास्थ्यचौकीलाई सामग्री हस्तान्तरण

बाँकेको नरैनापुर गाउँपालिका–२ मा रहेको लक्ष्मपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले रु १४ लाख ६३ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । 

स्वास्थ्य केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा क्लबका संरक्षक प्रवेज अली सिद्धिकी र अध्यक्ष राजेन्द्र चौधरीले सो गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । क्लबले सो स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउण्ड मेशिन एक थान, आठ वटा श्यया, एक थान डेलिभरी श्यया, २० थान ह्विलचियरलगायतका सामग्री उपलब्ध गराएको छ । 

त्यस अवसरमा क्लबका अध्यक्ष चौधरीले विकट क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पाउन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ