४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार

२८ चैत्र २०७८, सोमबार ११:४९

चैत्र २८, भक्तपुर | औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ । मेलाको पाँंचौ दिन सोमबारसम्म साे रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए । 

मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको उनकाे भनाइ छ । 

मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीका स्टल राखिएका छन् । 

'फेसन तथा नृत्य, औद्याेगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी रहेको छ,' संयोजक थापाले भने । 

भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ । 

नयाँ वर्षको पूर्वसन्ध्यामा २४ चैतदेखि सुरु भएको मेला ४ वैशाखसम्म हुनेछ । जसमा दुई सयभन्दा बढी स्टल छन् । १० दिने मेलामा तीन लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब आठ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा