-राजु विक
१. प्रसङ्ग र सन्दर्भ
हिन्दूहरुको महान चाड बडादशैं हामी सबैको घरआँगनमा आइसकेको छ । हामी सबैको तनमनमा बडादशैंको उमङ्ग छाइसकेको छ ।
बडादशैंलाई असत्यमाथि सत्यको विजय भएको दिन मानिन्छ । दुर्गा भवानीले मैसासुर राक्षस र रामले रावणको वध गरी सत्य र न्यायको स्थापना गरेको दिवस मानिन्छ बडादशैंलाई ।
हामी सबैले आ-आफ्नै हैसियत र क्षमतानुसार मनाउने तयारी गर्दै छौँ बडादशैं ।
बडा दशैँको यो पावन अवसरमा नौ दुर्गा माताले सबै नेपालीलाई सुख, शान्ति र समृद्धि दिउन । सत्य र न्यायको पक्षमा उभिने र बोल्ने सतबुद्धि र शक्ति सञ्चरित गरुन ।
अन्यायीको अन्त्य र धर्म र न्यायको स्थापनाको रुप मानिने बडादशैंमा कतै हामीले आसुरी शक्तिको जागरण त गरेका छैनौँ ?
२. बडादशैँ र बली प्रथा ! संस्कृति कि विकृति ?
बडादशैँमा धेरै शक्तिपिठहरुमा हजारौँको संख्यामा पशुपन्छीको बली चढाइन्छ । बली संस्कृतिको विकास यति सक्रिय र अजीव रुपमा हुँदै गयो कि मानिसले ईश्वर र पैँचासी शक्तिका नाममा मानिसकै बली दिन पनि पछि परेन ।
मानिसले मानिसको बली दिनु अवैधानिक र अजीव कार्य मानिन्छ । मानिसले मानिसको बली दिने घटना केही अपवादको रुपमा मात्र भेट्न सकिन्छ । यस्ता घटनाले मानव समुदायमा सनसनी मच्चाउँछन् । सबै मानव समुदाय यसको बिरोधमा उभिन्छन् । भन्छन् – “त्यस्तालाई मृत्युदण्ड दिनु पर्छ !”
मृत्युदण्ड र बली संस्कृतिमा कुनै भिन्नता छ र ?
एकपल्ट सम्झौँ त । हामीले पनि अवोध र निर्दोष पशुपन्छीको बलीका नाममा मृत्युदण्ड दिइरहेका छौँ कि ?
यसमा हाम्रो मात्र दोष छैन । हाम्रो समाज, धर्मसंस्कृति, मूल्यमान्यता कतिपय अवस्थामा यसको पृष्ठपोषक बनिरहेका छन् कि ?
३. दुई शक्ति के ? सुर र असुर शक्ति ।
हाम्रा पौराणिक कथाहरुमा सुन्न र पढ्न पाइन्छ ।
कुनै युग थियो । आसुरी शक्ति अधिक थियो । असुरहरुले मानव, देवता र अन्य प्राणी जातिलाई अति दुःख दिन्थे । विनासको ताण्डवी मच्चाउथे । उक्त आसुरी शक्तिको अन्त्य र सृष्टिको रक्षाका खातिर देवताहरुले मानव, बाँदर या अन्य प्राणी जातिको रुप लिएर मत्र्यलोकमा अवतार लिनु पथ्र्यो । सबै शक्ति एक भएर तनमन र धन दिएर आसुरी शक्तिको अन्त्यका लागि लड्नु पथ्र्यो । ठुलो संघर्षबाट मात्र आसुरी शक्तिको अन्त्य हुन्थ्यो । धर्म र न्यायको स्थापना हुन्थ्यो । धार्मिक शक्ति सुर र अधर्मी अर्थात पापी शक्ति असुर ।
४. साच्चिकै के हो त आसुरी शक्ति ?
आसुरी शक्ति शक्तिहरुको अनेक रुप मध्ये एक अलौकिक, अक्षय र अमर शक्ति हो । जसले हिंसालाई प्रमुख धर्म मान्छ । हिंसाबाटै आफ्नो शक्तिको पूजा र रक्षा भएको ठान्छ ।
के र कस्तो खालको हिंसा ?
मानव र ऋषिमुनिहरुको हिंसा । समस्त प्राणी जातिको हिंसा ।
यस्तै, यस्तै ।
मनमस्तिष्कमा हिंसाको ज्वाला सल्काउँदै विनाशको हँकार गर्ने शक्ति आसुरी शक्ति हो ।
आफ्नो भोग, मोज र सन्तुष्टिलाई प्रमुख धर्म मान्ने शक्ति आसुरी शक्ति हो ।
असुर जातिको समूल विकास र अन्य जातिको समूल विनाश मुख्य अभीष्ट ठान्ने शक्ति आसुरी शक्ति हो ।
एकपल्ट सोच्न पाए कसो होला ?
यस्ता विशेषता कतै हामी भित्र त छैनन् ?
आसुरी शक्तिलाई नकारात्मक शक्तिका आँखाले मात्र हेर्नु अन्याय हुन्छ ।
आसुरी शक्तिमा पनि धेरै रहस्यात्मक अर्थात अचम्मै लाग्दा विशेषताहरु छन् ।
५. आसुरी शक्तिका अचम्मै लाग्दा विशेषताहरु केके थिए होला ?
देवताहरु भन्दा असुर धेरै शक्तिशाली थिए ।
एक असुरको अन्त्यका लागि धेरै देवताहरु मिल्नु पथ्र्यो ।
६. आसुरी शक्तिको मुख्य श्रोत केके थिए होला ?
यस्ता स्रोतहरु पनि हुन सक्छन् ।
असुरहरुको कठोर तपस्या र सादना ।
देवता र ऋषिमुनिहरुले अप्नाएको सादुमार्ग र अहिंसाको घोकन्ते पाठ ।
हजारौँ वर्षको अनुसन्धान ।
परीक्षण ।
प्रयोग ।
शक्तिको सञ्चय ।
आफ्नो जातिबिचको बलियो संगठन र समर्पण ।
विजयका लागि मृत्यु बिर्सिने बानी ।
लक्ष्यका लागि संसार बिर्सिने बानी ।
ठिक बेठिक जे भए पनि आफ्नै जातिलाई साथ दिने बानी ।
७. के हाम्रा त्यस्ता बानी छन् ?
अवश्य पनि छैनन् ।
हुन पनि सक्दैनन् ।
किन ?
किनकि हामीसँग जम्मा दुई आँखा मात्र छन् ।
हाम्रो एक आँखाले देवताहरुलाई देवताकै रुपमा मात्र हेर्छ ।
हाम्रो अर्को आँखाले असुरहरुलाई असुरको आँखाले मात्र हेर्छ ।
असुरभित्र पनि देवताका विशेषता र देवताभित्र पनि असुरको विशेषता हेर्ने हाम्रो तेस्रो आँखा छैन ।
यसैकारण हामी पनि हुन सक्छौँ !
के ?
२०७२/०७/०१ विहान ८ः०० देखि ९ः४५ सम्म ।
८. असुरहरुको महाराज !
मान्छे नै देवता र मान्छे नै दानव हो ।
किन ?
किनकि अझैसम्म कोही त्यस्तो मान्छे भेटिएको छैन जसले देवता र दानव दुबैलाई प्रत्यक्ष रुपमा देखेको होस् । भोगेको होस । उनीहरुको नालीबेली जानेको होस् । आवश्यक पर्दा उनीहरुलाई आफ्नो घरआँगनमा बोलाउन सकोस् । आवश्यक पर्दा आफु र नाताकुटुम्ब लिएर पनि देवताकहाँ जान सकोस् ।
९.सुर र असुर मानव जातिको मात्र हुन्छ ।
अन्य प्राणी जातिको न सुर छ न त असुर नै छ ।
अन्य प्राणीहरु न त सुरसँग आसाबादी बन्छन् न त असुरसँग नै भयभित हुन्छन् ।
अन्य प्राणीलाई सुर असुरसँग कुनै मतलव छैन ।
उनीहरुलाई आफ्नै मात्र मतलव हुन्छ ।
उनीहरुले समय र परिस्थितिसँग मात्र सरोकार राख्छन् ।
समय र परिस्थितिले उनीहरुसँग जे कुराको माग राख्छ त्यसै मागलाई पूरा गर्न तल्लीन हुन्छन् ।
१०.यसको अर्थ हुन्छ अन्य प्राणीहरुको सुरअसुर जे भने पनि प्रकृति नै हो ।
उनीहरुले प्रकृतिलाई बुझेका हुन्छन् ।
प्रकृतिसँग प्रत्यक्ष र घनिष्ट सम्बन्ध गाँस्न जानेका हुन्छन् ।
प्रकृतिको भेदलाई आफ्नो अनुकूल बनाउन र आफु प्रकृतिको अनुकूल बन्न उनीहरुले जानेका हुन्छन् र जान्ने प्रयास गर्छन् । घमण्ड गर्दैनन् । हार पनि खादैनन् । हर्षले गदगद पनि हुँदैनन् ।
न चिन्ता र सूर्ता न त हर्ष र उल्लास ।
मज्जाको जिन्दगी ।
अति आनन्द र शान्तिको जिन्दगी ।
शोक न चिन्ता भोक न भकारीको जिन्दगाी ।
न अभाव ।
न त सम्पन्नता र शक्तिको अभिमान ।
११. त्यस्तो पो जिन्दगी !
मानिस पशुपन्छी हुन नसकेकोमा पश्चताप गर्नुपर्ने हुन्छ ।
यसर्थ कि मानिसले समय परिस्थिति अनुसार तत्काल आफुलाई समायोजन गर्न सक्दैन ।
भूतको सम्झनाले र भविष्यको भयले वर्तमानमा अति दुःखी र निरीह जीवन बाँच्न बाध्य भएको छ मानिस जाति ।
वर्तमानलाई सजाउन नसक्नु मानिसको महान कमजोरी हो ।
यसको प्रमुख कारक मानिसभित्रकै सुपर पावर हो ।
१२. कस्तो सुपर पावर ? यही त होइन सुर र असुरको जन्मदाता ?
यो ब्रह्माण्डभन्दा पनि टाढासम्मको कल्पना गर्न सक्ने सुपर पावर ।
जसको कारण मानिसले जीवन निरर्थक देख्यो ।
हुन सक्ने सम्भाव्य अप्रिय घटनासँग भयभित भयो ।
आफ्नै मनमा आउने सुर र आसुरी विचारको लडाइमा थकित र पराजित भयो ।
आफ्नै कल्पना शक्तिसँग मानिस डराउन थाल्यो ।
यो रहस्यमय संसारको चर्तिकलासँग मानिस विचलित हुन थाल्यो ।
आफुले आफैलाई अति कमजोर र आश्रयहीन ठान्न थाल्यो मानिस ।
परिणामतः मानिसले सुर र असुरको परिकल्पना गर्न थाल्यो ।
असुरलाई जितेर सुरको नजिक पुग्न र उसको प्रिय पात्र हुनका लागि मार्ग झिक्न थाल्यो । अनेक मार्गको विषयमा सोच्न थाल्यो ।
१३. धर्म र पाप मार्ग । क्रम र क्रम भङ्गता ।
जसको क्रम र क्रमभङ्गता यस्तो पनि हुन सक्छ ।
अन्तिम मार्ग ईश्वर ।
मतलब ।
हिरो सुर ।
भेलेन असुर ।
उत्तम मार्ग धर्म ।
अधम मार्ग पाप ।
अधर्मको बाटो हिँड्ने असुर ।
धर्मको बाटो हिँड्ने सुर ।
के धर्म ?
के पाप ?
यसको अर्थ एउटै छैन ।
स्थान, समय, सन्दर्भ, व्यक्ति, विश्लेषण र आवश्यकतानुसार दुवैको अर्थ बदलिन्छ ।
जसको कारण कोही आफुलाई धर्मात्मी देख्छन् ।
कोही पनि आफुलाई पापी देख्दैनन् ।
१४. बलीप्रथा धर्म, संस्कृति या विकृति ?
जसको कारण बली प्रथा पनि धर्मको एक अभिन्न अङ्ग बन्दछ ।
कस्तो बली ?
सामान्य बली ।
कुन ?
पशुपन्छीको बली ।
विशिष्ट बली ।
कुन ?
मानव बली ।
अपवादको रुपमा ।
विरलै पाइने ।
केको विरलै पाइने ?
यस्तो पनि कुरा हुन्छ ?
मानव बली त हरपल भइरहेको हुन्छ ।
कसरी ?
अर्काको चित्त दुखाएर ।
नमिठो बोलेर ।
नराम्रो सोचेर ।
नराम्रो गरेर ।
१५. के गरे बली ? हिंसा ? अहिंसा ?
मानव बली काटमार नै गरेर हुन्छ र ?
पशुपन्छी बली पनि काटमार नै गर्दा हुन्छ र ?
गाईवस्तु बाँध्नु पाल्नु बली ।
समयमा घाँसपानी नहाल्नु बली ।
औषधी उपचार नगर्नु बली ।
कहिलेकाही रिसाउनु र कुटपिट गर्नु बली ।
त्यस्तै गरी विभिन्न वहानामा मानिसले मानिसलाई दुःख दिनु पनि बली ।
बली ।
मतलब हिंसा ।
पाप ।
अधर्म ।
१६. को सुर को असुर ?
अधर्मको बाटो हिँड्ने असुर ।
धर्मको बाटो हिँड्ने सुर ।
सुर ।
मतलब ।
ईश्वर ।
सबैका लागि मान्य पात्र ।
सबैका लागि पूज्य पात्र ।
निर्बिरोधी पात्र ।
निष्कलंकित पात्र ।
कति सम्म निष्कलंकित पात्र ।
सीमा नै छैन ।
जे गरे पनि राम्रैराम्रो ।
कसरी ?
यसरी ।
समान मेहेनत गरेर समुन्द्र मन्थन गर्दा विष जति शिवलाई ।
अमृतजति देवतालाई ।
बिचरा राक्षसहरुलाई त केही न केही ।
१६. रावण वद या जन्म के भयो ?
रावण भगिनी सुपर्णाखाले राम र लक्ष्मणप्रति अनुराग बढाई ।
लक्ष्मणले नाक काटेर नकटी, कान काटेर कनकटी र कपालको चुल्ठो काटेर बुची बनाए ।
प्रेमको बदला घृणा यही होइन ?
मायाको बदला अपमान र बेइज्जेती ।
कसलाई सह्य हुन्छ र ?
यसैको कारण त रामरावणको युद्ध भयो ।
एउटै नामराशीमा पनि कसैलाई चन्द्रोदय र कसैलाई चन्द्रास्त भयो ।
रामका सुदिन र रावणका कुदिन आए ।
१७. अनुराग नै रावण पतनको कारक बन्यो ।
भगिनीको अपमानको बदला लिन आएको रावणले सीताप्रति अनुराग राख्यो जसको कारण सुवर्ण लंका भष्म र स्मसान भयो ।
आफ्नो देश र भाइको भेद खोल्ने विभीषण धर्मात्मी बन्यो ।
देश छाडेर विदेशी शत्रुसँग मिलेर आफ्नै देशतर्फ प्रहार गर्ने विभीषण धर्मात्मी र राष्ट्रप्रेमी बन्यो ।
आफ्नो देशका लागि लड्ने र मर्नेहरु राक्षस, पापी र राष्ट्रघाती बने ।
किनकि विभीषण सुर अर्थात रामको साथमा थियो ।
अरु दुर्जनहरु असुर अर्थात रावणको साथमा थिए ।
१८. ईश्वरले जे गरे पनि राम्रो ।
किनकि हाम्रा ईश्वरी आँखा राम्रा छन् ।
राक्षसले जे गरे पनि नराम्रो किनकि हाम्रा राक्षसी आँखा नराम्रा छन् ।
१९. ईन्द्रासन र निद्रासन ।
कठोर तपस्या र त्यागका खातिर कुम्भकर्णलाई मिल्यो निद्रासन ।
यौन पिपासु, छली, कपटी, बलत्कारी, भोगी, मोजी ईन्द्रलाई मिल्यो ईन्द्रासन ।
किनकि ईन्द्र देवता हो ।
कुम्भकर्ण राक्षस हो ।
२०.बडाले जो गर्यो हुन्छ सर्वसम्मत ।
ईन्द्र बडा ।
कुलीन ।
देवता ।
कुम्भकर्ण ।
नीच ।
दरिद्र ।
राक्षस ।
यसको अर्थ के ?
अहिले के भइरहेको छ ?
श्रमिक वर्ग राक्षस ।
गरिब वर्ग राक्षस ।
नीच ।
अधर्मी ।
पापी ।
अछूत ।
दलित ।
पिछडा वर्ग ।
मधिशे ।
किसान ।
गबारे ।
अशिक्षित ।
पाखे ।
गोठाला खेतला ।
नोकरचाकर ।
कर्मचारी ।
कामदार ।
रखौटी ।
दासदासी ।
जसलाई मिल्छ के ?
निद्रासन ।
अरुलाई मिल्छ के ?
ईन्द्रासन ।
२१. ईन्द्रासन प्राप्त गर्न हुनु पर्यो को ?
विष्णुको छोरो ।
मतलब के ?
राजाको छोरो ।
कुन चाहि ।
जेठो छोरो ।
त्यसै बनेका छ यस्तो उखान ?
कस्तो ?
राजाको कान्छो छोरो नहुनु र प्रजाको जेठो छोरो नहुनु ।
२२. स्वर्णिम लंका ध्वंश गर्ने रामभक्त हनुमान त्यति धेरै राक्षस मार्दा पनि पूज्य कसरी ?
आफ्नै वाहुबलले स्वर्णिम लंका र समृद्ध लंकावासी बनाउने रावण राक्षस ।
जसले पायो निद्रासन ।
जसको स्वर्णिम लंका ध्वस्त भयो ।
सारा लंकावासी एक चिहान भए ।
त्यसै चिहानको धर्मात्मी राजा विभीषण भयो ।
किनकि ऊ रामभक्त र राष्ट्रभक्त थियो ।
रावण द्रोही थियो तर देश द्रोही थिएन ।
नत्र किन पाउँथ्यो लंकाको सिंहासन ?
रावणको वाहुबल र कठोर तपले सिर्जेको लंकाको अधिपति ।
लंकानरेश विभीषण ।
भनौँ इन्द्रासन ।
नकि निद्रासन ।
२३. सत्ता ! यानिकि ईन्द्रासन ।
ईन्द्रासन प्राप्त गर्नैका लागि होला धेरै मानिसहरुले आफ्ना छोराछोरीको नाम सुरको नामबाट राख्ने ।
यहाँ पनि पाप गरिन्छ भन्ने किन बिर्सिन्छन् मानिसहरु ?
छोराछोरीसँग रिसाउँदा सुरसँग रिसाइएन ?
छोराछोरीलाई गाली दिँदा सुरलाई गाली दिइएन ?
छोराछोरीलाई पिट्दा सुरलाई पिटिएन ?
२४. अनि कसरी मिल्छ ईन्द्रासन ?
कर्म पापको गर्ने ।
फल धर्मको खोज्ने ?
कोदो रोपेर धान फल्छ र ?
भ्रममा बाँच्न छोडौँ ।
२५. कल्पना र स्वैरकल्पनामा लहडी बनेर ईश्वर भेटिदैन ।
ईश्वरको मुख्य सूत्र सत्यलाई चिन ।
सत्यको बाटो हिड ।
गन्तव्यमा पुग्न कसैले छेक्दैन ।
गन्तव्यको बाधक तत्व भ्रम हो ।
त्यो नै राक्षस हो ।
राक्षस कुनै जाति, वर्ग र व्यक्ति हुँदैन ।
राक्षस या देवता तिमी स्वयम हौ ।
आफुलाई चिन ।
र सदुपयोग गर ।
२६. अव च्याप्टर बदलौँ हुन्न ?
पुष्पक विमानलाई कति आदर गरेर मात्र बस्ने ?
अरुले अन्तरिक्ष यान बनाइसके ।
कति आफैले बनाएको घर र मन्दिर पस्ने संघर्ष गरेरै बस्ने ?
अरु त अन्तरिक्षमा बस्ती बसाउने संघर्ष गर्दै छन् ।
हामीहरुले उनीहरुलाई अधर्मी मान्दै छौँ ।
तर तिनैले धर्मको सारलाई जीवनमा लागू गरिरहेछन् ।
हामीले तिनीहरुलाई हाम्रो धर्मका मान्दैनौँ ?
तर हाम्रो धर्मको भेद पाउने विज्ञ तिनै बनिरहेछन् ।
२७. हामी को केके ? कहाँ कहाँ ?
गाईको गुणको सदुपयोग गर्न नसक्ने हामी गाईपूजक ।
लक्ष्मीको क्षय गर्ने हामी लक्ष्मी पूजक ।
आफ्नै भाइभाइबीच वर्गीयता र स्तरको पर्खाल चुलाइरहेछौँ ।
असमानताका खाडलहरु खनिरहेछौँ ।
धर्मको आड लिएर अहंकारी बनिरहेछौँ ।
पाप पुण्यको मन्त्रोच्चारण गरिरहेछौँ ।
यो चालाले कहाँ पुगिन्छ खै ?
इन्द्रासन कि निद्रासन ?
२८. गल्ती भएको भए माफ पाऊँ ।
राम रावणको अपमान गरेको नठान्नु होला ।
यो मेरो के बोलेको होला ?
थाहा छैन ।
हुन सक्छ ।
मूर्खता ।
अल्पज्ञान ।
अर्धबुझाइ ।
कुतर्क ।
यी मध्ये जे हुन गलत हुन ।
मान्छे ठानी क्षमा दिनु ।
क्षमादान भन्दा महादान अरु केही छ र ?
भाग दुई
१. देवताहरु नै अन्यायी हुन ।
अन्याय राक्षसहरुले मात्र गरेका हुन र ?
अन्याय त देवताहरुले पनि गरिसकेका थिए ।
किन ?
कसरी ?
समान मेहेनत गरिसकेपछि अमृत देवता र राक्षस दुवैले बराबर गरेर बाँडिचुडी खानु पर्दैन ।
पहिले त राक्षस जातिमा लोभ पलायो । जसको कारण अमृत घडा लिएर राक्षसहरु दौडिए ।
खोसाखोसको लडाइमा त देवताहरु पनि संलग्न थिए नि ।
जसले भेट्टायो उसले मात्र स्विकाउने लोभ त सबैमा थियो ।
आफु मात्रै एक्लै अमर र शक्तिशाली बन्ने रहर कसमा थिएन र ?
जसको कारण विष्णुले एक सुन्दरीको रुप धारण गर्नु प¥यो ।
विष्णु पक्षपाती देवता ठहरिए ।
उनले अमृत देवताहरुलाई मात्र सेवन गराए ।
जसको कारण देवताहरु अभिमानी बने ।
२. अभिमानी देवताहरुको सेखी झार्न आसुतोषले के गरे ?
अभिमानी देवताको सेखी झार्नका लागि आसुतोषले राक्षसहरुलाई अति शक्तिशाली हुने वरदान दिए । उनीहरुको सुरक्षाको जिम्मा आफुले लिए । फलस्वरुप सुर र असुरको युद्ध चलिरहयो । शक्ति दुरुपयोगका कारण आफ्नै शक्ति राक्षसहरुको विनाशको कारण बन्यो । शक्ति अभिमानको कारण देवताहरु पनि निश्चित घेरामा बाँधिनु पर्यो । जस्तो कि जलदेव, वायुदेव, अग्नीदेव आदि आदि । एउटै महाशक्ति बन्न सकेनन् ।
सुरहरु आफ्नो रक्षाका लागि अरुप्रति निर्भर हुनु प¥यो । त्यसैको परिणाम मैसासुरको बदका लागि नवदुर्गा प्रकट हुनु प¥यो ।
३. मैसासुर बदको कारक र कारण
मैसासुर शक्तिशाली त थियो तर ऊ स्त्री मोही र भोगी थियो । ऊ आफ्ना तिनी सैनिक माथि बढी प्रसन्न हुन्थ्यो जसले सुन्दर स्त्री हरण गरेर आफुलाई चढाउथ्यो ।
यसैकारण हिमालय पर्वतमा विचरण गरिरहेकी एक सुन्दर स्त्रीलाई कुनै एक सैनिकले देख्यो र फकाउन थाल्यो । उनले आफुसँग युद्ध गरेर पराजित गराउन सक्नेसँग मात्र आफुले विवाह गर्ने संकल्प गरिसकेकोले मैसासुरलाई युद्धका लागि निम्तो पठाउँछिन् । मैसासुरले उनको भेद पाउँदैन । उनलाई एक अवला मात्र देख्छ । उनी नवदुर्गा हुन भन्ने थाहा पाउँदैन । उनका अलौकिक र दैविक नौ रुप छन् भन्ने थाहा पाउँदैन । उनी आफैमा एक र पूर्ण शक्ति हुन भन्ने पनि थाहा पाउँदैन । उनको यो रुप बुझ्दैन । जस्तै एउटा तर्कको नमुना हेरौं न ।
९ × १ = ९, ९
९× २ = १८, १ +८ = ९
९× ३ = २७, २ +७ = ९
९× ४ = ३६, ३ +६ = ९
९× ५ = ४५, ४ +५ = ९
९× ६ = ५४, ५ +४ = ९
९× ७ = ६३, ६ +३ = ९
९× ८ = ७२, ७ +२ = ९
९× ९ = ८१, ८ +१ = ९
९× १० = ९०, ९+० = ९
प्रकृतिको यो चक्रलाई नबुझ्दा मैसासुरको हरिबिजोग हुन्छ । उसले चण्ड, मुण्ड, रक्तबिज जस्ता महाबलीहरु गुमाउनु पर्छ । आखिर ऊ पनि नबदुर्गारुपी बत्तीको पुतली बन्छ ।
४.यसमा मैसासुरको के दोष थियो ?
नवदुर्गाको मोहनी रुप मन परायो ।
नवदुर्गालाई एकोहोरो प्रेम ग¥यो ।
नवदुर्गालाई पटरानी बनाउने सपना देख्यो ।
नवदुर्गालाई सुख, ऐश्वर्य र वैभवको भोग चढाउने प्रतिज्ञा ग¥यो ।
फलतः मोहनी रुपी प्रेमिकाकै हातबाट निद्रासनमा पुग्यो ।
अन्तिम पल पनि उनको त्यो मोहनी रुप, उनीप्रतिको अनुराग, प्रेम, समर्पणलाई हृदयमै साँचेर गयो ।
र बोल्यो ।
५. मैसासुरल के बोल्यो ?
हे सुन्दरी !
हे मेरी काल !
मैले कयन स्त्रीहरुको हरण र भोग गरेँ । आजसम्म मलाई कसैले पराजित गर्न सकेको थिएन । सबै स्त्रीहरु मेरो पाउ समातेर रुन्थे । मेरो लागि समर्पित हुन्थे । तर आज म तिमीलाई न हरण गर्न सक्छु न त जित्न नै सक्छु । न तिमीप्रतिको अनुराग मनबाट मेट्न नै सक्छु ।
त्यसैले आज यो मैसासुरले तिमीसँग हा¥यो । आज मलाई तिम्रो हातबाट मर्न पाउँदा पनि अति आनन्द आइरहेछ । मलाई मार । विलम्ब नगर । तिमीलाई पराजित गर्न नसकेको म तिम्रै हातबाट मर्न आतुर छु । मेरी प्रिया । मलाई अति शिघ्र वद गर ।
६. यसरी मैसासुरको त अन्त्य भयो तर हामी भित्रको मैसासुरी प्रवृतिको अन्त्य भयो कि भएन ?
नारी हिंसा दिनप्रतिदिन बढिरहेछ ।
नारीले नारीमाथि गर्ने हिंसा ।
पुरुषले नारीमाथि गर्ने हिंसा ।
समाजले नारीमाथि गर्ने हिंसा ।
धर्म, संस्कारले नारीमाथि गर्ने हिंसा ।
राज्य, सत्ता र शक्तिले नारीमाथि गर्ने हिंसा ।
नारी दास र पुरुष मालिक ।
के यी सबै पात्र असुर होइनन् र ?
यिनको वदका लागि नवदुर्गाको जन्म कहिले हुन्छ होला ?
भाग तिन
१. नारीका लागि एक हातमा पापड र अर्को हातमा झापड भएन र ?
एकातिर नारी आमा हुन ।
नारी देवी हुन ।
नारी धरती हुन ।
नारी शक्तिकेन्द्र हुन ।
नारी सिर्जनाकी मुहान हुन ।
भनिरहने ।
अर्कोतिर ।
छोरो पाए खसी र छोरी पाए फर्सी ।
प्रवृति दोहो¥याइरहने ।
२. देवताले समेत नारीहरुको अपमान गरे ।
इन्द्रले स्वर्गमा परी बनाएर राखे र उपभोग गरे ।
शिवले सतीदेवी बनाए ।
विष्णुले लक्ष्मी बनाएर र कल्पकल्प आफ्ना पाउ मल्न लगाए ।
जनकले सीताको यौवन र सुन्दरताको मोलाहिजा गरे र राजर्षी जनक बने ।
विश्वका महापुरुष जम्मा गरेर सीताको अद्वितीय सुन्दरता देखाएर लोभाए ।
बल प्रदर्शन गरेर जित्न सक्नेले आफ्नी छोरी सीतासँग विवाह गर्न पाउने हठ लिए ।
यहाँ नेर आफ्नो जीवनमाथि सीताको आफ्नै अधिकार खै ?
सीताको आत्मनिर्णय, विचार, स्वाभिमान र विवेक खै ?
सीता हरणको कारण युद्ध गर्ने ।
सीताको मुक्ति र जितका लागि रावणको समूल कुल र वंश नै ध्वस्त पार्ने ।
तर विजयपछि सीताको अग्नीपरीक्षा लिने ।
सीता दोजिया भएको बेला वनमा लगेर एक्लै छोड्न लगाउने ।
सीताको मन कयौँपल्ट फटाएको थाहा नपाउने अनि धर्ती फटाएर सीता पाइन्छ ?
मरेपछि हरियो काँक्रो !
भगवान भएर यति कुरा पनि थाहा नपाउने ?
यो मर्यादापुरुष रामको कस्तो मर्यादा हो ?
दोष जति कैकेयीलाई लगाएर आफ्नो उद्देश्य पूरा गर्ने यो कस्तो बाध्यता थियो कुन्नि ?
त्यसैकारण दशरथले समेत कैकेयीलाई त्यागेर पुत्र मोह र शोकको रहमा डुबे ।
कृष्ण युगमा पनि पाँच पाण्डवकी एक श्रीमती द्रौपती बन्नु प¥यो ।
कृष्ण सोह्रहजार गोपिनीसँग खेले भन्ने आरोप छ ।
मैसासुर युद्धमा नवदुर्गा पनि देवताहरुको रक्षाका खातिर सुन्दरी तरुनी केटी बन्नु परेन र ?
जसको अनुराग र प्रेमले मैसासुर उनकै हातबाट देहत्याग गर्न आतुर भयो ।
महादेवले अमृत पिएर अभिमानी बनेका देवताहरुको सेखी झार्नका लागि जालान्धर जन्माउने । उसको रक्षाका खातिर वृन्दालाई पतिभक्तिको वरदान दिने । अन्तिममा विष्णुलाई लगाएर उनको पतिभक्त धर्मकै हरण गर्ने ?
यस्तो पनि न्याय हुन्छ ?
यस्तो पनि नारी जातिको सम्मान हुन्छ ?
कुनै ईश्वरले पुरुषको शरीरको एक हड्डी झिकेर नारी जाति बनाएका छन् ।
पुरुषलाई खुसी पार्न प्रमेश्वर नारी जन्माइदिन बाध्य भए रे ।
यो नारी जातिलाई पुरुषको बसमा पार्ने कलापूर्ण विलाप भएन र ?
कुनै ईश्वरले नारी जातिलाई अब्बल खेत भनिदिएका छन् ।
जसरी अब्बल खेतमा बाह्रै मास खेती लगाइन्छ ।
त्यस्तै गरी अब्बल खेतरुपी नारीहरु पुरुष, धर्म र ईश्वरका लागि बच्चा जन्माइदिन बाध्य छन् ।
यस्तै व्याख्या र संस्कारमा हामीहरु सबै एक न एक धर्मको बसमा प¥यौँ ।
नारी मुक्तिको पहिलो संघर्षदाता बुद्ध समेत अन्त्यमा देउकी र झुमा प्रथाबाट ग्रसित बन्नु पर्यो ।
भाग चार
१. उपसंहार
धर्मका नाममा हामीहरु अधर्मी बनिरहयौँ ।
धर्मको बाटो समात्न सकेनौँ ।
धर्मदर्शनका भोगी र मोजी कुरालाई मात्र बुझ्ने बुझाउने प्रयास ग¥यौँ ।
पाठ बुझाउन उदाहरण भनिएको थियो । पाठ बुझिएन । बिर्सियो । उदाहरण मात्र बुझियो । सम्झियो । र त्यही मात्र धर्मको शेष बन्यो ।
नारीलाई आमा र देवी भनेर पुकार्न पनि छोडेनौँ ।
भोगविलाश र यौनको आँखाले व्याख्या गर्न पनि छोडेनौँ ।
आसुरी प्रवृत्तिको अन्त्य गर्न त चाहेयौँ ।
तर आसुरी व्यवहार, आचरण र मार्ग त्याग्न कहिल्यै सकेनौँ ।
रावण र मैसासुरको वद गर्न त खोज्यौँ ।
तर आफु रावण र मैसासुर हुन भने कहिल्यै छाड्ने भएनौँ ।
२. अन्त्यमा
धर्म परोपकार, जीवन निर्माण र शान्तिको अन्तिम मार्ग हो ।
अन्तिम सत्य हो ।
जो मृत्युजस्तै आनन्ददायक छ ।
नाम र बाटा अनेक हुन सक्छन् ।
गन्तव्य एउटै हो ।
त्यो हो ईश्वर सामु पुग्नु ।
ईश्वरलाई खुसी पार्नु ।
उसको सृष्टि रुपी बगैचाको माली बन्नु ।
३. यसका लागिा के गरौँ ?
पहिलो चरणमा हिंसा, अपव्याख्या र अन्धविश्वास त्यागौँ ।
दोस्रो चरणमा आफुलाई त्यागौँ ।
तेस्रो चरणमा अरुका लागि समर्पित बनौँ ।
चौथो चरणमा जगत कल्याणकारी कार्य गरौँ ।
पाँचौ चरणमा सत्य र धर्मका लागि असत्य र अधर्मको बाटो त्यागौँ ।
छैटौँ चरणमा स्वर्ग पुग्नका लागि होइन स्वर्ग बनाउनका लागि कार्य गरौँ ।
सातौँ चरणमा शक्ति र ज्ञानका खातिर अभिमानी नबनौँ ।
आठौँ चरणमा अमृत पिएर होइन अमृत जिएर अमर बनौँ ।
नवौ चरणमा विष पिउन र अमृत बाँड्न सिकौँ ।
यस्तै चरणहरु खोजौँ र जिउन सिकौँ ।