हेम चन्द्र राई | नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हो । यो नेपालीहरुको एकमात्र गौरवको अन्तर्राष्ट्रिय बिमान स्थल लाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हो । यो नेपालीहरुको एकमात्र गौरवको अन्तर्राष्ट्रिय बिमान स्थल लाई"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरपोर्टमै लिलाम हुन्छ, नेपाल र नेपालीको इज्जत

२०७३, ७ कार्तिक आईतवार ०१:४१

हेम चन्द्र राई | नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हो । यो नेपालीहरुको एकमात्र गौरवको अन्तर्राष्ट्रिय बिमान स्थल लाईफलाईन मानिन्छ । यहाँबाट दैनिक हजारौं नेपाली दाजुभाई, दिदिबहिनी तथा बुबाआमाहरु वैदेशिक रोजगारमा जाने र आउने गरेको छ । 

पर्यटनको अथाह सम्भावना रहेको नेपालमा बिदेशी पाहुनाहरु नेपालको हिमालय घुम्न सर्बोच्च शिखर सगरमाथा चढ्न, बुद्धको जन्मभुमी लुम्बिनी, हिन्दुहरु पवित्र स्थल पशुपतिनाथ मन्दिर दर्शन, घुम्न आउने जाने हवाईमार्ग एकमात्र हो । नेपाली आकाशमा हवाई उडान अहिले ६६ बर्ष पुरा गरिसकेको छ । यी बर्षमा नेपालमा हवाई दुर्घटना पनि ६४ वटा भएको छन् । योसंगै साना-तिना मानविय क्षति नभएको पनि घटनाहरु पनि सार्वजनिक भएका छन् । 

नेपालसंगै सुरु गरेको हवाई सेवा सुरु गरेको थाइल्यान्ड, बङालादेशले ४ वटा एअरबसबाट २८ वटा थाइल्यान्ड बङलादेशले १४ वटा ठुला मझौला सुबिधा सम्पन्न बिमान सेवा दिरहेका छन् । नेपालले ती समयदेखि अहिलेसम्म हेर्दा उनीहरुको दाजोमा प्रगति गर्न सकेको पाईदैन । सडकमार्ग आन्तरिक आवतजावतको लागि प्रमुख छन् तर अन्तर्राष्ट्रिय तवरमा अनिवार्य हवाई सेवा बिना असम्भव छ यात्रा गर्नका लागि । मुलतः राजनीतिमा भएको अस्थिरताले र राम्रो व्यावस्थापनको कमजोरीले आजसम्म उल्लेख्य मात्रामा एकमात्र अन्तर्राष्ट्रिय बिमान स्थलको सुधार हुन नसक्नु र नेपालले हवाई क्षेत्रमा आफुलाई अब्बल तुल्याउन नसक्नु हो । भौगोलिक अवस्था, विकसित एअर कन्ट्रोल, एअर ट्राफिक, क्षेत्रफल बढाउने स्थान नहुनू, आधुनिक बिमानस्थल ध्यान दिन नसक्नुले पनि नेपालमा हवाई दुर्घटना उच्च रहेको तथ्यांकले बताउछ । नेपाल हवाइ उच्च जोखिममा रहेको विभिन्न अनुसन्धानले पनि देखाउने गरेको छ । ईयुले नेपाल हवाई क्षेत्रमा कालो सुचीमा भुकम्प पश्चात राखेको बल्ल हटाउने निर्णय गरेको छ । अब पर्यटनको लागी सहयोग पुग्ने व्यावसायिक बताउँछन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल बाहेक पोखरा, लुम्बिनी, बाराको सिमरा जङ्गलमा बैकल्पिक बिमान स्थल बनाउने स्थान तोकिएको र केही उद्घाटन पनि गरिसकेको भए पनि निर्माण पूरा हुन अझै बर्षौं लाग्छ ।

एअरपोर्ट भित्र रहेको सुरक्षाको अवस्था 

दक्षिण एसिया एअरपोर्ट सुरक्षामा निकै कमजोर रहेको विभिन्न तथ्यांकबाट देखिदै आएको छ । हवाई यात्रामा रहेको यात्रुको लगेजबाट ताला फोरेर मोबाइल , गरगहना, ल्यापटप, सुन, लत्ताकपडा हराउने, झोला-ब्यागहरु राम्रोसँग आफुले नपाउने एक किसिमको परम्परा नै बनेर आएको छ । केही वर्ष पहिले वैदेशिक रोजगारबाट आएकी सीता राईलाई एअरपोर्ट सुरक्षामा खटिएका नेपाल प्रहरीकै सदस्यले ब्ल्याकमेल गरेर बलात्कार तथा लुटपाट गरेका थिए । कुनै बेला चर्चित पण्डित दिनबन्धु पोखरेल अमेरिकाबाट नेपाल फर्कदा उनको २ लाख बराबरको सुन र पैसा गरि ५ लाख बराबरको त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा चोरिएको थियो ।  साथै एअरपोर्टमा खाना, नास्ताहरु अत्यधिक महङ्गो छन् । साथै सहयोगको नाममा बिगबिगी ठगहरु छन् । फरक कोहि बर्दीधारी छन् त कोहि सुटबुटमा कार्यरत कर्मचारीहरु नै । 

मुलुकको एकमात्र बिमान स्थलमा हुने गरेको घटना यात्रुको लगेज, ब्याग, झोलामा भएको ताला फोरेर भित्र रहेको बहुमुल्य सामान निकाल्ने घटना निकै प्रश्रय पाईरहेको छ । दु:ख लाग्दो यो नेपाल र नेपालीको इज्जतसँग जोडिएको यो अन्तर्राष्ट्रिय बिमान स्थलमा खाटिएका एअरलाइन्सको कर्मचारी, सुरक्षामा रहेको नेपाल प्रहरी, एअरपोर्ट उच्च निकायको इमानदारीता माथि पटकपटक यो प्रश्न चिन्ह खडा हुने गरेका छन् । एअरपोर्टमा रहेको प्रशासनले यो कमि कम्जोरीलाई कहिले स्विकार्दैनन् । यो हुन सक्तैन, भएको छैन, हामी त्यो अनुसन्धान गर्छौं र कडा कार्वाही गर्छौं भनेर आश्वासन दिने काम मात्रै भएको छ । मुलुकको लाईफलाईन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षामा किन कमि भैरहेको छ ? किन पटक-पटक गैरकानुनी कामहरु भैरहेका छन् ? त्यो प्रति किन नेपाल प्रहरी, एअरपोर्टको कर्मचारी, एअरपोर्ट उच्च निकायले स्वाभिमान, मुलुकको इज्जत, आफ्नो इमानदारीता बहन गर्न सक्तैन ? केही दिन अघि साउदी अरबबाट आएको १८ नेपालीको लगेज गरेको ब्यागको सबै तालाहरु भाचिएका, ब्याग फुटाईएका र भित्र रहेको मोबाइल, लत्ताकपडा, बहुमुल्य सामानको चोरी भयो । त्यो निकै घृणित काम एअरपोर्टको पुलिस, कर्मचारीको मिलेमतोमा भैरहेको पीडितहरुले आरोप लगाए तर उच्च एअरपोर्ट प्रशासनले त्यो हुन नसक्ने उतै छुटेको हुनसक्ने जानकारी मिडियालाई दिए । यो त उदाहरण मात्रै हो । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको गिर्दो सुरक्षा प्रणालीको बारेमा नेपाल यात्रामा रहेर स्वदेश फिरेका धेरै बिदेशीले समेत नकारात्मक टिप्पणी गरेका छन् । गत साल एउटा जर्मनको नागरिकले नेपालीहरु आफुलाई वीर, महशुर, बहादुरी ठान्छन् तर उनैको एउटामात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भएको सुरक्षा चेकजाँच, सुरक्षा अवस्था, कर्मचारीले दिने सम्मान, व्यवहार, एअरपोर्टको स्थर उन्नतिका बारेमा वस्तुगत स्थिति बुझेर आफ्नो गौरव, वीर, बहादुर विश्व समुदायलाई पस्कनु नत्र बहिरी आवारणमा आफुलाई गोर्खाली, वीर भनेर छाती फुल्लाएर हिड्नुको कुनै अर्थ छैन भनेर ट्विटरमा टिप्पणी नामै किटेर गरे । यस्तो गिर्दो अवस्थालाई हेरेर अब हामीले कतिसम्म, कस्तो किसिमको स्वाभिमान, राष्ट्रियता, राष्ट्रभक्त गान गायिरहेका छौँ ? आखिर कहिलेसम्म यस्तो हाम्रो इज्जतमा खलल पुग्ने, चोट पुग्ने काम गर्ने र बस्ने ? 

के एअरपोर्ट पुलिस, कर्मचारी, प्रशासनको आफ्नो नेपाल, नेपाली प्रति कुनै स्वाभिमान छैन ? नैतिकता छैन ? इज्जत, मान प्रठिष्ठा छैन ? नेपाल र नेपाली प्रति दुई कौडीको लागी आफ्नो इज्जत लिलाम गर्ने हामीले आफ्नो मुलुक प्रतीको बफादारिता छैन यो प्रश्न म एअरपोर्टको सबै कर्मचारी, पुलिस, प्रशासन निकायलाई सोध्न चाहान्छु । अझै पनि हामीले हाम्रो अन्तर्राष्ट्रिय बिमान स्थलमा सुरक्षा अवस्था, बिदेशबाट आएको यात्रुहरुको लगेज, झोला, ब्याग फोर्ने, बहुमुल्य सामानहरु लुट्ने हो भने भोलिको दिनमा नेपालको नाम, इज्जतमा चोर, ठग, लुटेरा बिमानस्थल भनेर नआउला भनेर भन्न सकिदैन त्यसैले प्रशासन, कर्मचारी, उच्च निकायमा रहेको एअरपोर्टका हरेक व्यक्तिले मर्यादित, ईमानदार भएर छबि आजैदेखि सुधार गरौं । होला तपाईंहरुमा केही ईमानदार हुनुहुन्छ तर एक दुई जनाको गद्दारले एअरपोर्टको कर्मचारी, पुलिस, प्रशासन, सम्पुर्ण नेपाल बस्ने नेपाली र आम बिदेशमा रहेको नेपालीहरुमा हिजो वीर, बहादुर, गोर्खालीको देश, स्वाभिमानी नेपालीको इज्जतमा कालो दाग लागिरहेको छ । अरुले देखेन होला कर्मचारीले गरेको कर्तुत पुलिसले देखेन होला, पुलिसले गरेको कर्तुत उच्च प्रशासनले देखेन होला तर सत्य कुरा जे राम्रो नराम्रो गर्नु भएको छनी त्यो अवस्य तपाईंले गरेको कर्तुत आफ्नो आँखाले मनले देखेको छ । 

आज विश्वमा सबैभन्दा धेरै व्यस्त दुबई अन्तर्राष्ट्रिय विमान स्थलमा उदयपुरको कुनाको एउटा नेपालीले डिपिएस सेकुरिटी गरेको मान्छेले २४ घन्टा व्यस्त एअरपोर्टमा सुरक्षा दिरहेको छ । यहाँ प्रत्येक २ मिनेटमा एउटा विमान अवतरण हुन्छ भने ३ मिनेटमा एउटा यहाँबाट बिमान छुट्ने गर्दछ । जहाँ नेपाल दाजुभाइ, दिदिबहिनीले क्लिनर, सेकुरिटीमा सेवा गरेर आज मिडिलइस्ट सुरक्षाको चुनौतीको बाबजुद पनि राम्रो सेवा, सुबिधा, सुरक्षा दिरहेका छन् । हाम्रो एउटा त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा दिनमा २० देखी ५० हवाई जहाज अवतरण तथा आवतजावत गर्दछन् त्यो पनि सुरक्षा दिन नसक्ने ? 

अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुको ईमानदार सबैभन्दा सवल पक्ष हो । हामीले हाम्रो मुलुकमा फलानोले गरेन, तिलानोले गरेन भन्ने मात्रै छौँ अरुको कुरा काट्ने मात्रै छौँ तर हामीले हाम्रो लागी, परिवार, समाज, समुदाय, क्षेत्र, मुलुकको लागी के गरेका छौँ ? एउटा सानो एअरपोर्टमा त सुरक्षा व्यवस्था चुस्त राख्न सक्दैनौं, बिदेशी पाहुनालाई राम्रो सर्भिस दिन सक्तैनौ भने किन अरुको मात्रै खण्डन गरेर समय फाल्छौं ? स्वाभिमानको लागि अरुले के गर्‍यो होईन मैले के गरे भनेर आजबाट सुरुवात गरौं र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हुने गरेका गैरकानुनी काम सबै बन्द गरेर आधुनिक नेपालीपन मायाँ, ममता, आदर्शको परिचय हाम्रो नेपाली वैदेशिक रोजगारबाट फिरेका दाजुभाइ, दिदिबहिनी तथा नेपालको शुन्दर प्राकृतिक मन परेर घुम्न आउने बिदेशी पाहुनालाई सामाजिक, पारिवारिक सद्भाव बसालौं । यो नै हाम्रो इतिहासमा वीर पू्र्खाले दिएको बहादुरी नासो र परिचय हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना