२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई यसकारण राष्ट्रपति भण्डारी मन पर्दैन

२०७३, १४ कार्तिक आईतवार ०६:४६

रामनारायण पण्डित | नेपाली राजनीतिका सबैभन्दा लोकप्रिय र प्रतिभावान व्यक्ति मदन भण्डारीलाई २०५१ जेष्ठ ३ गते दासढुंगामा रहश्यमय ढंगले हत्त्या गराइयो । जसले गर्दा  बिध्या भण्डारीका सम्पूर्ण खुशीहरु खोसिए, उनको सिन्दुर पुछियो । श्रीमान गुमाउनुको पीडा सायद सब्दमा बयान गर्न सम्भव छैन होला । त्यो भन्दा पनि ठूलो घाटा त नेपाल र नेपाली जनतालाई भयो । मुलुक समृद्ध पार्ने मदन भण्डारीको योजनाको पनि त्यहि दिन हत्त्या भयो । यदी मदन भण्डारी जीवित  हुनु भएको भए आज मुलुकले यो दुर्दशा भोग्नु पर्ने थिएन र सत्र हजार नेपालीको अकालमा ज्यान पनि जाने थिएन । आजको विषम परिस्थितिमा मदन भण्डारीको अभाव झन् खड्कीएको छ । मदन भण्डारीले भारतीय बिस्तारबाद र हेपाह प्रबृत्ति बुझेर स्पस्ट नीति र कार्यदिशा तय गर्नु भएको थियो । सायद भारतलाइ यो कुरा पट्टकै मन परेको थिएन । तर अहिलेका नेता भारत परस्त भएर नै मुलुक झन् झन् संकटमा फस्दैछ । त्यसैले आज पनि हामी दु:ख र श्रद्धाका साथ् बेला बखतमा मदन भण्डारीलाई सम्झिने गर्दछौं । 

बिभिन्न तथ्य र घटना क्रमले पनि मदन भण्डारीको दुर्घटना होइन हत्त्या नै भएको हो भन्ने कुराको पुस्टि गरेको छ । घटना पश्चात एमालेद्वारा गठित २ वटा भिन्ना-भिन्नै आयोगले पनि हत्त्या नै हो भन्ने ठहर गर्यो । एमालेले सत्य-तथ्य बाहिर ल्याउन र हत्यारा पत्ता लगाउनका लागि तत्कालिन गिरिजा सरकारलाइ दवाव दिन देशभर भिषण आन्दोलन चलायो । आफू सरकारमा गए हत्यारा पत्ता लगाई छाड्ने उद्घोष पनि गर्यो । हत्याराको घर कता फर्केको छ हामीलाई थाहा छ, हामी सत्तामा पुगेपछि तिनलाई छोड्दैनौ भनेर केहि एमाले नेताहरुले भाषण पनि छाटें रे । बिडम्बना मदनको नाम बेचेर एमाले धेरै चोटी सत्तामा पुग्यो, तर छानबिनका लागि कुनै ठोस पहल भने गर्न सकेन वा गर्न चाहेन । यदी एमाले देश बनाउने संकल्प गर्छ र देशको सबै भन्दा ठुलो र जिम्मेबार पार्टी बन्न चाहन्छ भने मदन भण्डारीको हत्त्याको बिषयमा आफुलाई स्पस्ट पार्ने पर्ने हो । यदी मदनको हत्त्याको छानबिन नगर्ने हो भने सबै भन्दा ठुलो घाटा एमालेलाई नै हुनेछ र छानबिन गर्ने हो भने सबै भन्दा ठुलो फाइदा एमालेलाई नै हुनेछ । किनकि छानबिनले एमालेको इज्जत अझै बढ्ने छ र जनताको नज़रमा जिम्मेबार पार्टी देखाउने छ, जसले गर्दा मतदाता पनि बढ्ने छन् । 

मदन भण्डारीले पार्टीमा पुर्याएको योगदानको कदर गर्दै एमालेले मदन श्रीमती बिध्यालाई सांसद उमेरद्वार बनायो । जनताले मदन भण्डारीलाई गरेको मायाँले होला बिध्याले धेरै चोटी चुनाब पनि जितिन र आज मदनकी धर्मपत्नी स्वयम् गणतन्त्र नेतालको राष्ट्रपतिको रुपमा आशिन छिन् । तर छानबिनका लागि कुनै आवाज उठाउदिनन् । सिन्दुर ठूलो कि पद ठूलो बुझ्नै सकिएन । जसको कारण राष्ट्रपतिको पद र त्यति महामहीमको सम्मान पाइएको छ, सायद भण्डारीले त्यहि पुरुषलाई बिर्सेर बसेकी छन्, हैन भने खै मदनभण्डारीको मृत आत्मलाई न्याय गरेको ? जब-जब जेष्ठ ३ गते आउँछ, एमाले जबजका प्रब्रदक मदन भण्डारीलाई सम्झिने गर्छ र घटनाको छानबिन गर्ने उद्घोष पनि गर्छ । अनि दुई-चार दिन पछि सम्पूर्ण कुरा बिर्सन्छ वा बिर्सेको भान पार्छ । एमालेले छानबिन गर्न नचाहनुको पछाडी के कारण हुन सक्ला ? आफ्नै पार्टीका महासचिबको हत्याको छानबिन गर्न नसक्ने पार्टीले नेपाली जनतालाई कसरी न्याय दिलाउला ? यस्तो प्रबृत्तिले एमालेको उचाइ बढ्न दिदैंन । नेपाली जनताले एमालेसँग सोध्दै छन्, मदन भण्डारीको हत्त्याको छानबिन किन नगरेको भनेर ? यसले एमालेका आलोचकहरुलाई कुरा काट्ने मौका दिन्छ र एमालेको नीति र नियत माथी शंका गर्ने ठाउँ बनाउछ । यदी एमाले आफुलाई देशको जिम्मेबार र नम्बर १ पार्टी बनाउन चाहन्छ भने जनतालाई यो कुराको जवाफ दिनै पर्छ । आफ्ना पुज्य नेताको हत्याको छान-बिन नगर्ने हो भने मदनको आत्माले शान्ति पाउला ? एमालेको बोली र आचरण माथि जनताको विश्वास रहला ? बिध्या भण्डारीज्यु केहि त बोलिदिनुस् । मलाई हजुरको 'खामुसी' (शान्तपन) पट्टकै मन पर्दैन । संबिधान बनाउन र शान्ति प्रक्रियामा तपाईको पनि ठुलो योगदान छ, यस कुराको भने कदर गर्छु म ।

कांग्रेस, फोरम र माओबादी प्रति जनताको विश्वास पट्टकै छैन, अनि एमालेले पनि आफूलाई देश र जनताप्रति जिम्मेवार बनाउन सकेन भने अब कसको भरोशा गर्ने ? यो देश कसले चलाउने ? यो देश कसले बनाउने ? त्यसैले कि एमालेले भन्न सक्नु पर्यो, हत्त्या होइन दुर्घटना रहेछ भनेर, होइन भने छानबिनका लागि पहल गर्नुपर्यो । मदन भण्डारीले नेपाली राजनीतिको कहिलै नभत्किने बलियो जग त बनाइदिनु भयो तर बलियो घर बनाउन पाएनन् । २०४६ सालको जनाअन्दोलनका परिकल्पनाकार पनि मदन भण्डारी नै थिए । जसले भण्डारीको हत्त्या गरायो, त्यो नै जिम्मेबार छ, नेपालमा अस्थिरता हुनुमा । किनकि जबजको सिदान्त नै प्रयाप्त थियो नेपालको आधुनिक बिकासका लागि । नेपाल नबन्नुको दुइमात्र कारण छन् । हाम्रा नेताहरुमा इमान्दारिता र क्षमता नहुनु तर मदन भण्डारीमा इमान्दारिता पनि थियो र क्षमता पनि थियो, अनि देश बनाउने दृद संकल्प पनि थियो । माक्सबाद, लेनिनबाद र माओवाद भन्दा जबज नेपाली माटो सुहाउदो छ । त्यसैले यस्तो अमुल्य योगदान पुर्याएका मदन भण्डारीको हत्त्या जति ढिला भए पनि छानबिन हुनैपर्छ । देशको सबैभन्दा जिम्मेवा पार्टी ठान्ने एमालेले आफुलाई अब्बल साबित गर्ने हो भने आफ्नो प्रिय नेताको हत्यारा पत्ता लगाउन पहल कदमी लिनै पर्छ । र राष्ट्रको सर्बोच्च पदमा आसिन बिध्या भण्डारीले पनि मुख खोल्नै पर्छ । 

उल्टो मन्दिरमा जुत्ता लगाएर गएको अनि आफ्नो सुरक्षा गार्डलाई जुत्ता बोकाएको जस्तो बिबादमा तानिनु भयो । जुन पार्टीको भएपनि राष्ट्रपति भनेको सम्पूर्ण देशबासीको हो । त्यसैले मलाई राष्ट्रपति बिबादमा तानिएको र कसैले कुरा काटेको पट्टकै मन पर्दैन । बिरोधिहरु एक-एक कमजोरी खोजेर बदनाम गर्नका लागि तयार भएर बसेका छन्, राष्ट्रपतिज्यु, सजग रहनु होला – हरेक मान्छेका गल्ति, कमजोरी र विवशताहरु हुन्छन, तर राष्ट्रपति हुँदा पनि हत्याको बिषयमा छानबिन गराउन नसके फेरी कहिले गराउनु हुन्छ ? राष्ट्रपति हुँदापनि मदन भण्डारीको हत्त्याको बिषयमा आवाज उठाउन सक्नु भएन र पहल कदमी लिन सक्नु भएन भने तपाईंको इज्जत र प्रतिष्ठामा आँच आउँदैन र ? अनि जनताले किन छानबिन हुन सकेन भनेर सोधे भने के जावाफ दिनु हुन्छ त् ?  त्यसकारण मलाई तपाइँ पटक्कै मन पर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि