अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्त"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाबिहानै आमाको फोन- ‘रातो नम्बरबाट फोन आउँदा मरिन्छ रे हो त ?’

२०७३, १८ पुष सोमबार ०४:३२

अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्ताहरु स-शंकित बनेका छन् । 

सामाजिक संजालमा अहिले रातो नम्बरको बिषयमा आधाजसोले भ्रम फैलाईएको बताईरहेको बेला आधाजसोले भने अझै यही भ्रमलाई पत्याईराखेकाले यसको त्रास गाउँ-गाउँसम्म फैलिएको छ । यसै सन्दर्भमा मलाई लगभग तीन साता अगाडी धादिङ बेसी सिरान बजारमा बस्ने मेरी दिदीको बिहान साढे ४ बजे फोन आयो । फोनमा दिदिले भन्नुभयो – "भाइ रातो नम्बरबाट फोन आयो भने नउठा है, त्यस्तो नम्बरबाट फोन आउँदा उठायो भने मान्छे मर्छ रे !" मैले सिधै भनें – "त्यस्तो वाहियात कुरा भन्नकै लागि मलाई एकाबिहानै फोन गरेर निन्द्रा डिस्टर्ब गरेको ?" मैले फोन राखिदिएँ  । फेरी फोन आयो – "ख्याल-ख्याल भनेको भए मैले यति बिहानै कल गर्थें त, तलाई ?" अनि मैले उहाँलाई त्यस्तो अफवाह (भ्रम) मा नपर्न भन्दै "राति सपनामा देखेको हो कि के हो ?" भनें । उहाँ भन्नुभयो – "हैन यता त हिजो बेलुकादेखि सबैले यही हल्ला गर्दैछन् ।" 

'रातो नम्बर'को हल्ला मेरो कानमा परेको यो नै पहिलो पटक हो । हल्ला धादिङ वा नुवाकोटबाट फैलिएको बताइएको छ तर अहिलेसम्म रातो नम्बरकै कारण को-को मरे ? वा को-को घाइते भए भन्ने कुराको कुनै विवरण छैन । रातो नम्बरको कुरालाई लिएर अहिले हल्लाकै भरमा देश दौडिरहेको छ भन्न सकिन्छ । अर्को कुरा यतिका हल्ला फैलिएर त्रास बढ्दा पनि यस अफवाहको बिषयमा कुनै आधिकारिक निकायले कुनै बिज्ञप्तिनै दिएको छैन । कतिपय सर्वसाधारणमा यसको हल्लाले यति त्रास फैलिएको छ कि मकवानपुरमा हिजो फोन नउठाउँदै एक जना बेहोस बनेको घटना प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरीका अनुसार ति महिला रातो नम्बर आएकोले बेहोस नभई त्यसकै त्रासको कारण आतंकित भएर बेहोस भएको हुनसक्ने बताईएको छ । 

उता यस भ्रमको शृंखला स्वरूप आज फेरी मेरो घर अर्थात धादिङ् जिल्लाको खरी ७ बाट आमाको फोन आयो । उहाँले भन्नुभयो "कान्छा, रातो नम्बरबाट फोन आउँदा मर्छन रे नि, तिमीले थाहा पायौं ?" मैले आमाको प्रश्नको जवाफ नदीई फेरी उतैपट्टि प्रश्न गरें "कसले भनेको नि ?" आमाको उत्तर आयो "यता त जसले पनि यही भन्छन, नम्बर हेर्न नजान्नेले त स्विच अफ गरेर राख्नुपर्छ रे ! अरुले पनि गरेका छन्, त्यहि भएर मैले हिजोदेखि स्विच अफ गरेको थिएँ, अहिले तिम्लाई फोन गर्न भनेर पल्लो घरको राजकुमारलाई फोन हान्न लगाको ।" 

मैले तत्काल आमालाई सम्झाएँ "त्यस्तो हल्लाको पछी नलाग्नुस, अहिलेसम्म कोहि मरेको प्रमाण छैन र त्यस्तो हुने सम्भव पनि हुँदैन । सबै हल्ला मात्र हो । मोबाइल स्विच गरिराख्नु पर्दैन ।" मेरो सल्लाहपछी अब आमाले यो अफबाहलाई अब मान्नुहुन्न । 

मेरी आमा निरक्षर हुनुहुन्छ, तर मेरी दिदि स्नातक पास गरिसकेकी हुनुहुन्छ । यस्ता भ्रम मेरी आमा जस्ताले पत्याउनु स्वभाविक होला तर स्नातक गरेकी दिदिजस्ता यस्ता अफबाहलाई पत्याउनु भनेको मलाई सामान्य लाग्दैन । यसको मतलव मेरो दिदि गलत भन्ने पनि होइन । उहाँले झैँ अहिले यो घटनालाई पत्याईदिने लाखौँ साक्षरहरु छन् जसको कारण यो भ्रम त्रासको रुपमा फैलिईरहेको छ। अब भने यस भ्रमलाई रोक्न जिम्मेवार निकायले केहि कदम चाल्ने कि ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह