- गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... - गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा ब"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ-पालिका/नगरपालिका केन्द्र कस्तो हुनुपर्छ ?

२०७३, २५ पुष सोमबार ०५:४१

- गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा बस्ती बढ्दै जान्छ,  त्यसैले कम्तिमा ५० बर्षको जनशंख्या धान्ने किसिमको ठाउँ हुनुपर्दछ । गाउँपालिका केन्द्र बनेपछि स्थानीय बजार पनि त्यतै हुन्छ, किनकी प्रशासनिक काम गरेर फर्किदा किनमेल पनि गरेर फर्किने प्रबृति वा चलन हुन्छ, साथै सरकारी कामले जाँदा आफ्नो उत्पादन बजारमा बेच्न पनि सहज हुन्छ, अनी स्थानीय उत्पादनमा आधारित उद्योगहरु पनि खोल्न सहज हुन्छ । 

बरु अलिकति केन्द्र नपरोस तर मुख्य कुरा ठाउँ फराकिलो हुनुपर्छ । पहिरोले भेट्ने वा बाढीले बगाउने खालको ठाउँ हुनुहुँदैन । यातायातले छोएको ठाउँ हुनुपर्छ । अझ पर्यटनको हिसाबले रमाइलो ठाउँ हुनु निकै राम्रो हुन्छ ।

संसारका धेरै देशको राजधानी पनी देशको बिच भागमा छैनन् । जस्तो चीनको राजधानी बेईजिंग, भारतको दिल्ली, अमेरिकाको वासिङ्टन आदि । अर्को कुरा सदरमुकाममा हुने सबै काम गाउँपालिकामै हुनुपर्छ । अनीमात्र जनतालाई सजिलो हुन्छ,  अन्यथा गाउँपालिका केन्द्र बनाउनुको कुनै अर्थ छैन । त्यसैले स्थानीय निकाय अधिकार सम्पन्न र सवल हुनुपर्छ । श्रोत साधन र प्रबिधि उपयोग गर्नसक्ने किसिमको हुनुपर्छ । स्थानीय निकायलाई पछि प्रान्तीय सरकार अन्तर्गत राख्दा हुन्छ । एउटा निर्बाचन क्षेत्रमा २ वा तीन भन्दा बढी गाउँपालिका केन्द्र बनाउनु हुँदैन । किनकी चार/पाँच वटा गाविसको एउटा केन्द्र बनाउँदा मालपोत कम उठ्छ र प्रशासन खर्च धान्न निकै गाह्रो हुन्छ,  कर्मचारीलाई काम पुग्दैन । घाम तापेको भरमा तलब दिनुपर्ने हुन्छ । अनी कीत जनतासंग महंगो शुल्क लिनु पर्छ की सरकारले खर्च ब्याहोर्नु पर्छ । जसको सीधा असर करदाता र गरिब जनतालाई नै पर्ने हो । त्यसैले यदि कतै-कुनै कुरा नमिलेको छ भने सच्याउनु पर्छ । यिनै कुरालाई बिचार गरेर गाउँपालिका केन्द्र बनाइयोस । गाउँपालिका केन्द्र सिफारिस गर्न बनेको बिज्ञ टोलीले पनि यिनै कुरालाई बिचार गरेर मात्र आफ्नो रिपोर्ट सरकारलाई बुझाउनु हुन अनुरोध छ ।

मिन ब. पण्डित (दुबईबाट) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने