आज भोलि नेपालभरिनै महोत्सवको च"/>
आज भोलि नेपालभरिनै महोत्सवको च"/>
सचिन्द्र श्रेष्ठ
आज भोलि नेपालभरिनै महोत्सवको चहलपहल छाईरहेको छ । यो यस्तो मौसम छ अहिले महोत्सव चलाउनेको होडबाजि र प्रतिस्पर्धानै भएको छ जुन गाँउ देखि शहरनै किन नहोस् । गाँउका कुना देखि शहर बजारका ठुला ठुला स्थानहरुमा महोत्सव ,कन्सर्ट, मेला, प्रर्दशनीको भ्याई नभ्याई छ अहिलेको यो विन्टर सिजनमा जहाँ टाढा टाढा देखि दिनानुदिन मानिसको घुइचोनै लाग्ने गरेको छ । बिशेषतःयी महोत्सवहरु यस्तै समयको मौका पारी आयोजना हुने गर्दछन् ।
जति पनि महोत्सव,मेला, कन्सर्ट आदीको आयोजना गरिएको हुन्छ यी प्रायःनाफा र व्यवसायिक रुपमा मात्र भएको छ न कुनै सामाजिक न त कुनै उद्देश्य अनुरुपनै छ । मुख्यतयः बजार तथा व्यवसायको प्रर्बद्धनका लागी भनेर नै महोत्सवहरुको आयोजना हुने गर्दछ तर विभिन्न उद्देश्य लिएर गरेका महोत्सवहरु उद्देश्यमानै सिमित भएका छैनन् । कहिले के कहिले के भनेर विभिन्न खालका बहानामा पनि क्लब,संघ संस्थाले उत्सवहरुको आयोजना गरेका छन् ।
सानो सानो मेला,उत्सव बाट अहिले ठुला खालका धेरै दिन सम्म चल्ने महोत्सव,स्टेट फेस्टिवल,न्यू इयर इभ,कन्सर्ट,आदीले शहर, गाँउ गल्ली तताइरहेको छ । जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ । यसले गर्दा यहाँको व्यवसायमा टेवा पुग्ने गर्दछ र महोत्सवको पनि शान बढ्छ ।
त्यो महोत्सव नाफा एवं फाइदामखि हुने गर्दछ । तर त्यहाँ उपलब्ध हुने सामान भने स्वदेशी नभई विदेशी हुने गर्दछ,क्षणिक र टिकाउ कम मुनाफा ज्यादामा ती सामान पाइने गर्दछन् जसले गर्दा ग्राहकलाई घाटा पुग्ने गर्दछ । यहि हो मौका भनि ग्राहकलाई महँगो र नक्कलि सामानमा ठगिने गरेको कैयौ घटना महोत्सव,मेलामा हुने गर्दछ यस्ता खालका क्रियाकलापमा आयोजक चनाखो हुनु पर्ने देखिन्छ ।
सकरात्मक सोंच र उद्देश्य अनुरुपका कामका लागीनै आयोजक लाग्नु पर्ने हुन्छ स्थानिय तहमा हुने सांस्कृतिक,सामाजिक,भौतिक र आर्थिक पक्षलाई टेवा पुग्ने खालका कार्यक्रमहरु हुनु जरुरी छ जुन क्षणिक उद्देश्य नभई दिर्घकालिन होस् । महोत्सवको मुख्य ध्येयनै आर्थिक आम्दानी सोचेका हुन्छन्,कसरी आयोजक धनि हुने भन्ने सोचले जरा गाडेको हुन्छ र धेरैनै उद्देश्य लिएर कार्यक्रम गर्ने गर्दछन् त्यो आयोजकको काम हो र सम्पन्न भई सकेपछि त्यसको हर हिसाब कत्तिको सहि या गलत हो त्यसको पूर्ण जानकारी पाउनु पनि नागरिकको अधिकार हो यसका लागि राज्य एवं त्यस समुदायको कर्तव्य,खबरदारी र जवाफदेहि हुनु पनि हो ।
महोत्सव,मेला भन्दै विभिन्न संघ सस्थाले ठुलो धनराशि खर्चि रहेको छ र आफनो व्यवसाय फँस्टाइ रहेको पनि छ तर महोत्सव सम्पन्न भई सके पछि सामान्य आयोजकले एउटा मायाको चिन्ह समेत उपलब्ध नगराउदा कति व्यवसायीहरु रुष्ट भएका पनि छन् । किनकि सामान्य उपहारले पनि व्यवसायीलाई पुनः सो स्थानमा स्टल वा सहयोग गर्न मद्दत पुग्ने हुन्छ यसमा आयोजकले ध्यान दिनु जरुरी छ जसले सर्वोत्कृष्टलाई पुरस्कार र हौसला प्रदान हुने पनि गर्दछ । महोत्सवमा स्थानिय मौलिक बाजा गाजालाई प्रोत्साहन दिने जसका कारण ति लोप हुन नसकुन त्यसले जिवन्त अमर बनाइ रहेको हुन्छ । महोत्सवमा स्थानिय कलाकार द्धारा नाटक मञ्चन एवं साहित्य, कला, भेषभुषा, संगितको उचित सम्मान गर्नु जरुरी छ ।
महोत्सवले धेरै उद्देश्य पुरा गर्छ भनेर बिगुल फुक्दै हिड्नु भन्दा थोरै आवश्यकताको प्रचार र थोरै नै कत्तिको पुरा गर्न सकियो भनेर हेर्नु पर्दछ । माग मात्र गर्दै जाने तर कार्यान्वयन नहुँदा अप्ठारो पर्ने गर्दछ । पहिले सम्पन्न भएका महोत्सव,मेलाहरुको कहिल्यै पनि समिक्षा भएको पाइदैन् सम्पन्न भएका कार्यक्रमले गाँउ शहरमा कत्तिको प्रभाव पारयो त्यसले जनमानसमा फाइदा ग¥यो कि गरेन त्यसको कुनै लेखाजोखानै छैन् आगामी हुने यी कार्यक्रमलाई मध्यनजर गर्नु पर्दछ जसबाट भावि कार्यक्रमलाई टेवा पुग्दछ ।
२०६१,२०६४,२०६७ २०७० मा सम्पन्न र अहिले २०७ ३को महोत्सव आयोजना हुदै छ अहिले पनि बजार बेहुलि झै सिंगारीने क्रममा छ जिल्लाका जातजातिको आफनै भाषा,संस्कार छ तर त्यो अहिले लोप हुने क्रममा छ । नेवारको भाषा,लाखे नाच,हनुमान नाच,धिमी बाजा,बास्सा निकाल्ने ,योमरी रोटी,म्हँ पूजा आफैमा राम्रो भए पनि कसैले चासो नदिदा लोप भएको छ । हो यस्ता खालका संस्कृतिलाई जोगाइ राख्न अहिलेको महोत्सवले विशेष चासो दिनु पर्दछ साथ साथै गरुङको ल्होसार,मगरको सिस्नो खोस्ने,सालैजो भाका आदी जातजातीका रहनसहन,संस्कार, झाँकीलाई जिवन्त राख्नु आवश्यक छ ।
पर्वत नयाँपुल देखिको ¥याफ्टिङलाई मोदिवेणी सम्मको रुट बनाएको भए आयोजकलाई थप आर्थिक लाभ हुने देखिन्छ । बलेवाको यान्त्रिक पुललाई सोहि स्थानमा कुनै पार्क,टावर हालेर राख्न सके बाहिर बाट आउने पर्यटकलाई अझ मनोरञ्जन प्रदान गर्न सकिन्थ्यो जसले बलेवाका बासिन्दाको आर्थिकपार्जन गर्न मद्दत पुग्दछ ।
संस्थागत फाइदा मात्र हेरेर हुदैन स्थानिय व्यक्तिको पनि,समुदायको पनि हेर्नु पर्दछ । अहिले सम्म यहाँको स्थानिय तहमा उत्पादन हुने वस्तुको बजारीकरण छ या छैन त्यो हेर्नु पर्दछ गाँउ देखि तरकारी लिएर आँउछन् त्यसको व्यापार छ कि छैन त्यो हर्नु प¥यो ।
अन्य ठाँउ बाट आयात हुने सामान यहाँको भन्दा सस्तो र भरपर्देा हुनु प¥यो नत्र कसले महँगो हालेर सामान खरिद गर्दछ यसलाई मध्यनजर गर्नु पर्दछ जसका कारण गाँउ देखि ल्याउने सामान नबिकेर बाटैमा फ्ँयाकेर हिड्नु पर्ने अवस्था आउन बेर लाग्दैन् । सामान बिक्री नहुँदा पनि त्यसको कुनै मूल्य पर्ने वा स्टक राखि बेच्न एवं क्षतिपूर्ति दिन सक्ने हुनु प¥यो कृषकलाई घाटा पर्ने खालको हुनु भएन तब मात्र स्थानिय बिक्रेतालाई फाइदा पुग्छ ।
अन्त्यमा महोत्सवले सम्पूर्णलाई सामाजिक,सांस्कृतिक,भौतिक,धार्मिक रुपमा फाइदा र स्थानिय सामाग्रिको प्रबद्र्धन गर्न सके यसले आगामि दिनमा टेवा पुग्ने देखिन्छ ।