जीतबहादुर शाह । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन । एकाविहानै देखि बालबालिकाहरु हातमा फूल, अक्षता र अगरबत्ती लिएर सरस्वतीको मन्दिरतिर लर्को लागि रहेका देखिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जीतबहादुर शाह । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन । एकाविहानै देखि बालबालिकाहरु हातमा फूल, अक्षता र अगरबत्ती लिएर सरस्वतीको मन्दिरतिर लर्को लागि रहेका देखिन"/>
९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरस्वती पूजा, अभिभावक र बालबालिका

२२ माघ २०७३, शनिबार १२:०३

जीतबहादुर शाह । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन । एकाविहानै देखि बालबालिकाहरु हातमा फूल, अक्षता र अगरबत्ती लिएर सरस्वतीको मन्दिरतिर लर्को लागि रहेका देखिन्छन् । उनिहरुले मन्दिरमा सरस्वती मातालाई पूजा अर्चना गर्दै सरस्वतीमातासँग धेरै कुरा माग्छन् ।

 विद्या माग्छन्, शिक्षा माग्छन्, राम्रो विद्यालय माग्छन्, राम्रो शिक्षक माग्छन्, अन्ततः समुन्नत जीवन माग्छन् । सरस्वती पूजाको दिन उनीहरु आफ्ना अभिभावक र गुरुहरुसँग पनि आशिर्बाद माग्छन् –राम्रो हुने, असल हुने, जेहेन्दार हुने, प्रतिभावान हुने आदि आदि । गुरु र अभिभावकहरु पनि तथास्तु अर्थात पूरा हओस भनेर बरदान दिन्छन् । यसरी नै हरेक वर्ष बसन्त पञ्चमीको दिन हाम्रा देशैभरका बालबालिकाहरु आफ्ना आस्थाका धरोहर – सरस्वती माता, गुरु र अभिभावकसँग आशिर्बाद मागिरहेका हुन्छन् । सरस्वती माता त बोल्दिनन् । 

नबोले पछि आफ्ना भक्तजन ती बालबालिकाहरुलाई के भन्छिन् थाहा हुदैन । गुरु र अभिभावकहरुले भने मुखै खोलेर ‘तिमी असल हुनु, तिम्रो इच्छा पूरा हओस, भाग्यमानी हुनु’ आदि आदि भनेर आशिर्बाद दिन्छन् । तथापि हाम्रा बालबालिकाहरु भने चाहे जस्ता र भने जस्ता हुन सकिरहेका छैनन् ।

हामी मानिसहरु पनि हाम्रा आस्थाका धरोहर देवीदेवताहरुसँग थरिथरिका चिज माग्दा रहेछौं । चाहिने कुरा पनि माग्दा रहेछौं नचाहिने कुरा पनि माग्दा रहेछौं । हामी मध्ये धेरैले त कविशिरोमणी लेखनाथले भने झै ‘मै खाउँ मै लाउँ सुखसयल वा मोज म गरूँ, मै बाँचू मै नाँचू अरु सव मरुन दुर्वलहरु’भन्ने नियतका साथ आशिर्वाद माग्दा रहेछौं ।  त्यसैले पनि देवीदेवताहरुलाई भक्तजनका मागहरु पूरा गर्न हम्मेहम्मे पर्दोरहेछ । 

कानूनसम्मत र न्यायसङ्गत मागहरु नहुने भएकोले हाम्रो समाजमा जस्तै देवीदेवताको समाजमा पनि सधैं सङक्रमण काल नै हुन्छ होला सायद । गतिला र समाज सुधारका लागि आशिर्वाद माग्ने भक्तजनहरु भन्दा अगतिला र व्यक्तिगत स्वार्थसिद्धिका लागि आशिर्बाद माग्नेहरु  धेरै हुने भएपछि देवीदेवताहरुलाई पनि निर्णय गर्न गाहे पर्छ होला । उनिहरु पनि हामी सङक्रमण कालका मानिसहरु झै लामो समयसम्म अनिर्णयको बन्दी हुनुपर्छ होला सायद । सायद त्यही भएर पनि होला हाम्रा बालबालिकाहरुले सरस्वती मातासँग गरेका अनुरोधहरु पनि पूरा हुन हम्मेहम्मे परेको ।

सरस्वती पूजाकै दिन सरस्वतीमातासँग राख्ने मागहरु पनि ब्यक्तिपिच्छे फरक फरक थिए होलान् । कुनै अल्छी शिक्षकले ‘मैले विद्यार्थीहरुलाई नपढाए पनि र विद्यालय नगए पनि मेरो मानसम्मान पनि बढिरहोस र तलव पनि आइरहोस्’ भनेर अनुरोध गरे होलान् । विद्यालयको नेतृत्व राम्रोसँग गर्न नसकेका कुनै विद्यालयको प्र.अ.ले पनि ‘विद्यालय जेजस्तो भएपनि म सधैं सधै प्र.अ. भइरहन पाउँ’ भनेर सरस्वती मातासँग अनुरोध गरे होलान् । 

बाहिर लोकतन्त्र भने पनि भित्र निरङकुशता चाहने राजनीतिक दलका नेता र कार्यकर्ताले ‘यो विद्यालयमा मेरो दलको भन्दा अरु कसैको पनि बीउसम्म पनि नभेटियोस्’ भनेर अनुरोध गरे होलान् । विद्यालयमा योगदान भन्दा पनि बदनाम कमाएका कुनै विद्यालयको विव्यसको अध्यक्ष एवम् पदाधिकारीले ‘म फेरि पनि विद्यालयको अध्यक्ष भएर विद्यालयमा हालीमुहाली गरिरहन पाउँ’ भनेर अनुरोध गरे होलान् । विचरा कोमल मनकी सरस्वती मातालाई भक्तजनका यस प्रकारका थरिथरि मागहरुले अप्ठ्यारोमा पारिरहेको छ होला । मानिसहरुले विद्यालयमा गर्ने क्रियाकलापहरुको आँकलन गर्र्दा आफ्ना भक्तजनहरुले सरस्वती मातालाई गाहे बनाइरहेको कुराको सहज रुपमा अनुमान गर्न सकिन्छ ।

सुर्खेतको माध्यमिक विद्यालय बजेडीचौर अहिले युद्ध हारेर आफन्त लगायत सवथोक गुमाएको एउटा घाइते सिपाही जस्तै देखिन्छ । विद्यालयको भलो चाहने धेरै मानिसहरुले त्यो विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन गर्दा सबै अभिभावक र सवै राजनीतिक आस्था राख्ने मानिसहरुको प्रतिनिधित्व गरौं भनेर धेरै प्रयत्न गरे । महिनौंसम्म खटे । अन्ततः उनिहरु सफल भएनन् । त्यहाँ चुनाव हुने भयो । राजनीतिक आस्थाका हिसावले प्यानल खडा गरियो । त्यही अनुसार नै आआफ्ना उम्मेदवारहरुको व्यापक प्रचारप्रसार सुरु भयो । 

प्रचारप्रसारमा अरु त लागे लागे, शिक्षकहरु पनि रातदिन खटेर लागे । राष्ट्रिय र स्थानीय चुनावहरुमा जस्तै रातविरात घरघरमा गएर मतदाताको सूचीमा भएका अभिभावकहरुलाई दाम दिने काम पनि भयो भन्छन् भुक्तभोगीहरु । 

अन्तमा मतदान हुने दिन बाकसहरु थापियो । मतदान गर्ने अभिभावकहरु अढाइसय जति भए पनि दर्शकको संख्या भने हजारभन्दा बढि थियो । अभिभावकहरुले आफ्ना मतहरु बाकसमा खसाले । मतदान सकिएपछि मत गणना सुरु भयो । मतगणनाको नतीजा सार्वजनिक भयो । एउटा पक्षले जित्यो भने अरुले हारे । अहिले त्यहाँका अभिभावकहरुको मनमा एउटा महसुस भइरहेको छ – ‘चुनावमा कसैले हा¥यौं होला त कसैले जित्यौ होला तथापि विद्यालयको निम्ति भने हामी सवैले हा¥यौं ।’

अहिले बजेडीचौरका मानिसहरुको मन विभाजित छ । जसरी भिन्न भिन्न बाकसमा मतहरु बाँडिए त्यसरी नै दैनिक व्यवहारमा समेत मान्छेहरु बाडिएका छन् । बाँडिएका भन्दा पनि भाँडिएका छन् झै लाग्छ । एउटा चिया पसलमा एकाविहानै बसेर चियाको चुस्कीसँगै आपसमा भलाकुसारी गर्दै शुभदिनको सुरुआत गर्ने बजेडीचौरबासीहरु अहिले त्यसरी बसेर भलाकुसारी गर्न सकिरहेका छैनन् । उनिहरुका भलाकुसारी गर्ने विसौनी र चौतारीहरु फरक फरक भएका छन् । कारोबार गर्ने पसलहरु पनि आआफ्ना भएका छन् । 

सवै भन्दा ठूलो कुरा त जुन जुन उम्मेदवारहरुले पराजय भोग्नु प¥यो तिनका बालबालिकाहरु विद्यालयमा त आउछन् तथापि उनिहरु पनि पराजित मनस्थितिमा आउछन् । शिक्षकहरु पनि विजय र पराजयको मनस्थितिमै विद्यालयमा आउछन् । यो सवै दृश्य टुलुटुलु हेरिरहेका माध्यमिक विद्यालय बजेडीचौरका शिक्षक रुद्र केसी भन्छन् – ‘अरुले के भन्छन् थाहा छैन तथापि मलाई भने यसपालीको विद्यालय व्यवस्थापन समितिको चुनावमा समग्रमा हाम्रो विद्यालय, हाम्रा शिक्षक र हाम्रा बालबालिकाहरुले नराम्ररी पराजयको पीडा ब्यहोर्दै बाँचिरहेका छौं ।’ उनका कुरा सुनेपछि मलाइ पनि अरुले जे जस्तो भोग्नु परे पनि बालबालिकाले पराजयको पीडा भोग्नु नपरे हुन्थ्यो भन्ने महसुस भइरहेको छ ।

हाम्रा कारणले बालबालिकाले हार्नु परेका पीडाहरु खोज्दै गर्दा बग्रेल्ती भेटिन्छन् । एकदिनको कुरा हो, विद्यालय समयमा मध्यपान गर्ने शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालयमा बोलाएर सुध्रिनका लागि परामर्श दिने, अन्यथा मध्यपानको नसा र शिक्षण पेशामध्ये एउटालाई त्याग्नु पर्ने गरी कबुलियतनामा गराउने अभियान अघि बढाएरहेको सिलसिलामा यो पङितकारको कार्यकक्षमा एकजना जना मध्यपानको बानी भएको शिक्षक विद्यालयको चिट्ठी सहित हाजीर भएका थिए । 

ती शिक्षकको साथमा प्लस टूमा अध्ययनरत उनकी छोरी पनि आएकी थिइन् । हामीले उक्त शिक्षकलाई सबै कुरा सोध्यौं । उनले कहिलेकाही नसा सेवन गरेर विद्यालय जाने कुरा पनि स्वीकार गरे ।  हामीले नसा र शिक्षण् पेशा सँगै जान सक्दैन भनेर उनलाई राजीनामा दिन भन्यौं । उनले ‘अवदेखि यसरी विद्यालय समयमा कहिल्यै पनि मध्यपान नगर्ने कागज गर्छु’ भने । सँगै बसिरहेकी उनकी छोरीलाई हेरेँ । उनको अनुहार पीडा, लज्जा र आत्मल्गानीले रातो भइरहेको थियो, आँखा रसिला भइरहेका देखिन्थे । मैले उनलाई सोधे – ‘बाबालाई के गर्ने हो त नानू ?’ उनले बोल्न असहज हुँदाहुदै पनि भक्कानिएर बोलिन – ‘यसरी पिउने काम नगरिदिए हुन्थ्यो बाबाले ।’

मैले माथि उल्लेख गरेको घटनामा पनि केही गरौं भन्ने उमेर र सपना भएकी एउटी किशोरीले आफ्नो जीवनमा पराजय महसुस गरिरहेको दृश्य देख्नु पर्दा दुःख लाग्यो ।  हरेक सन्ततिको झै उनको पनि सपना छ –‘मेरो बाबा असल हओस्, प्रतिष्ठित र सम्मानित जीवन बाँचिरहेको हओस् । बाबाले आर्जन गरेको मानसम्मान, प्रतिष्ठा र सम्पतिले आफ्नो जीवन समेत सम्मानित र प्रतिष्ठित बनाउन टेवा पुगोस् ।’ तथापि त्यो  नभेटे पछि उनलाई आत्मग्लानी भयो त्यस्तो बाबाकी छोरी हुनु परेकोमा । पीडा र लज्जाबोध भयो आफ्नो सम्मान र प्रतिष्ठामा समेत बाबाको कारणले आँच आएकोमा । उक्त शिक्षकलाई एक हप्ता कार्यालयमा हाजीर बनाएर अन्ततः अवदेखि मध्यपान नगर्ने र गरेपछि यही कबुलियतनामालाई राजीनामा मानी स्वीकृत गरेमा मञ्जुर हुने भनेर कागज त गरायौं तथापि उनकी छोरी ती किशोरीले बिजय र आत्सम्मानको महसुस गर्न सक्छिन् कि सक्दिनन् त्यो भने यकिन गर्न सकिएन ।  

ती किशोरीको आत्मग्लानीले भरिएको मन आत्मविश्वासले भरिन्छ कि भरिदैन त्यो पनि यसै भन्न सकिएन । आशा गरौं, सरस्वती माताको आशिबार्दले अनाहकमा एउटी किशोरीले जीवनमा पराजय महसुस गर्नुपर्ने छैन ।

हामीले गर्ने गलत क्रियाकलापका कारणले हाम्रा बालबालिकाहरुले पीडा र पराजय महसुस गर्नु परेका दृष्टान्तहरु खोज्दै गर्दा धेरै भेटिने गर्दछन् । कतै अभिभावकले समयमा विद्यालयमा बुझाउनु पर्ने शुल्क नबुझाइदिएको कारण बालबालिकाले अपमानित हुनु परेका घटनाहरु पनि भेटिन्छन् । कतै अभिभावकहरुको कलह र कचिङ्गलका कारण बालबालिकाहरु चेपुवामा परेका घटनाहरु पनि भेटिन्छन् । कतै अभिभावकमाथिको रिसका कारण बालबालिकाहरुलाई बन्धक बनाएका घटनाहरु पनि भेटिन्छन् । 

समग्रमा हाम्रा यी हरकतहरु शोभनीय होइनन् । हामीले केही गर्न नसके पनि हाम्रा बालबालिकाहरुलाई केही गर्न सक्ने गरी अघि बढाउनुको अर्को विकल्प देखिदैन । हाम्रो र हाम्रो देशको भविष्यलाई हरेक हिसावले सुन्दर र समुन्नत बनाउनका लागि उनीहरुको भविष्यलाई सुन्दर र समुन्नत बनाउनुको पनि अर्को विकल्प देखिदैन । 

त्यसैले बालबालिकाले पीडा र पराजय बोध गर्ने गरी कसैले पनि केही काम नगरौं र त्यो किसिमबाट मठमन्दिर पनि धाउने नगरौं । किनभने आजको बालबालिकाहरुको अनुहार र अवस्था हेरेर भोलिको देशको अनुहार र अवस्था आँकलन गर्न सकिन्छ । सवैलाई चेतना भया । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह