२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लुकीलुकी अनलाईन आउने मोबाईल त मामुको हो’

२०७३, २४ चैत्र बिहीबार १२:०९

मनोज बोहोरा । बल्खुबाट म वानेश्वरका लागि नेपाल यातायत चढे् । अन्तिम  सिटमा गएर बसें । गाडी खाली भएकाले होला त्यो गाडी अलि बढी नै समय बल्खु चोकको स्टेण्डमा रोक्यो ।अर्को नेपाल यातायात पछि आए पछि, म चढेको गाडि बिस्तारी अघि बढाउन थाल्यो, त्यतिकैमा दुईजना फुच्ची वल्खुचोक भन्दा अलिपरबाट गाडि रोकेर चढें । अन्तिम सिट खाली भएकाले अन्तिम सिटमा आएर बसें । स्कूल पढ्ने उमेरका जस्ता देखिन्थे ति फुच्चीहरु । सिटमा बसे लगतै आफना झोलाबाट ठुलाठुला स्क्रीन गरेको मोबाईल निकाले अनि फेसबुक खोलेर अनेकौ फोटाहरुका लाईक र कमेन्टबारे गफगाफ गर्न थालें । म चाहेर नि तिनीहरुका कुरा नसुनि बस्न सक्दिन थिएँ, किनकी म उनीहरु बसेको सिटमै थिए । 

कसैको पर्वाह नगरी आफनै गफगाफमा मस्त देखिन्थें । गफगाफका विषयवस्तुहरु प्रायजसो फेसबुकका सेरोफेरोमा प्राय घुमी रहन्थें । गफगाफकै शिलशिलामा एक फुच्चीले भनीन् यो मोबाईल त बाबाले चलाइसिएको ५ महिना मात्र भयो । आइफोन ७ बाबाले किनिसिएको छ, अनि बाबाले मलाई एस.इ.इ परीक्षासके पछि दिन्छु भन्नु भएको थियो नि, त्यही मोबाइल त हो नि यो । पहिला कहिलेकाही लुकीलुकी अनलाईन आउथे नि त्यो त मामुको मोबाईल हो । आइफोन ६ हो कि प्लस भनेर अर्की फुच्चीले सोधिन् अनि उत्तरमा ती फुच्चीले आइफोन ६ मात्र हो भनिन् । तिनीहरुको कुराकै क्रममा पो थाहा भयो कि ति फुच्चीहरु त भर्खर एस.एल.सी अर्थात एस.इ.इ का परिक्षा दिएका रहेछन् ।  

जावलाखेल आईपुग्दा गाडी खचाखच भई सकेको थियो तर पनि उनिहरुको कुरामा भने कुनै कमी आएको थिएन् । आइफोन बोक्ने फुच्चीलाई अर्की फुच्चीले सोधिन् तेरो फेरी प्याचअप भएको होकि क्या हो रोहितसँग ? खाली तेरो फोटाहरुमा लाईक र कमेन्टमात्र गरेको देख्छु, के हो दालमै फिरसे कुच काला हे । ह्या त्यस्तो होईन, उसको त अहिले अर्के छ, अनि तलाई राम्ररी थाहा छ त मेरो अर्को ब्वाईफ्रेण्डको बारेमा, किन जिस्काउँछेस् । दुवैका कुराका विषयवस्तु सुन्दा म छक्क परें अनि आफैलाई प्रश्न गरें, के अहिले प्रविधिमा हुर्किएका किशोरकिशोरीहरुका कुराका विषयहरु यस्तै नै हुदा रहेछन् त ? यतिकैमा वानेश्वर आयो अनि म ओर्ले । मलाई त्यस रात अनेकौ प्रश्नले पटकपटक पिरोलिरह्यो । मैले मनमनै सोचे आखिरमा यो तिनीहरुको मोबाइल चलाउने सही बेला हो या होइन । 

इन्टरनेट इमेलबाट सबै बालबालिका अभ्यस्त देखिन्छन्, । प्रविधिमय वातावरणमा हुर्केका जो कोही बालबालिकालाई पनि ईनटरनेटबाट टाढा राख्न असम्भव नै छ । साना उमेर समुहका नानीहरु कम्पयुटर वा मोबाईल ग्याममा बढी आकर्षित देखिन्छन् भने किशोर अवस्था प्रवेश गरेका स्कुले बालबालिका भने विभिन्न सामाजिक संजालमा बढी भेटिन्छन् । साना केटाकेटीहरुको पढाई प्रतिको ध्यान विस्तारी घट्दै गएको देखिन्छ । किशोरअवस्थामा हुने शारिरिक एवं भावनात्मक परिवर्तनले गर्दा पनि यो उमेर समुह भनेको ज्यादै संवेदनशील उमेर हो । यो उमेरमा किशोरकिशोरीहरु बढी यौनका कुरामा बढी उत्सुक हुन्छन्, कौतुहलता बढी हुन्छ । तर यस्ता कुरा आफना अविभावकलाई खुलेर राख्न हिचकिचाउँछन्,आफनै उमेर समुहका साथीहरुसँगको गोप्य छलफलले गर्दा उनीहरु अनेकौ नराम्रा कुलत र बानीमा अलझिन्छन् । यौनका कुरा हामीलाई खुलेर समाजले गर्न दिदैन्, न त परिवारमै पनि यस विषयमा कसैलाई खुलेर भन्न सक्न्छि । विपरीत लिङ्गीप्रति आकर्षित हुने यो किशोरअवस्थालाई घरमा अविभावकहरुले विशेष ध्यान दिन जरुरी देखिन्छ । मन ज्यादै चञ्चल हुने उमेर हो यो अनि यही उमेरमा अविभावकले मोबाइल दिए तिनीहरुले के पढलान् । मोबाइलमा केही शब्द टाइप गर्ने बितिकै उनीहरु अश्लील दुनियामा पनि पुग्न सक्छन् । 

यस विषयबारे जानकार हुन प्रत्येक अविभावक आवश्यक देखिन्छ।केटाकेटीहरुको दैनिकीमा मोबाइलले कस्तो प्रभाव पारेको छ यसबारे भने अविभावकले अनीहरुको स्वभावमा भएको परिवर्तन हेरेर पनि सहज अडकलबाजी लगाउन सक्न्छि । हामी के सौच्छौ भने मेरो बच्चाले त कहाँ यस्तो गर्छ र ? अर्काका छोराछोरीका चाहि हामी खुलेरै भन्छौ, हेर्न त्यसका छोराछोरीका चर्तिकला यत्रि छैन खुबै लभ गर्ने । बाबु आमाले नै बिगारेका नि, यस्ता वाक्याँश म प्राय सुन्ने गर्छु, । यस्ता निन्दा भरिएका वाक्यांश सुन्दा मलाइ के लाग्छ भने प्रत्येक अविभावकले अर्काका बच्चाको आलोचना भन्दा पनि आफना बच्चाबारे विशेष ध्यान दिएको नै राम्रो।आफना आखाँ पछाडि लुकेर आफना बच्चाले के गर्छन्,कस्ता साथीहरु छन् । यसबारेमा सबै अविभावक सचेत हुन आवश्यक छ ।

खाजा खाने पैसाले साइबर धाउने धेरै स्कुले विद्यार्थी भेटेको छु, अनि हामी सबैले एकपटक सोच्नै पर्छ कि त्यस्ता बालबालिकाले कस्तो मानसिकता लिएर सिर्जनात्मक भएर कक्षामा ध्यान दिएर पढ्लान । हामी बालबालिकालाई पढ मात्र भन्छौ । किन पढाईमा त्यति ध्यान दिएका छैनन् त्यसबारे कमै अविभावक सचेत भए जस्तो लाग्छ । भर्खरै एस.इ.इ परिक्षा सकिएको छ । सबै विद्यार्थी भाईबहिनीहरु यति खेर कैदबाट कैदी छुटे जसरी नै स्वतन्त्र छन्।केही कुरामा रोकावट छैन् केबल स्वतन्त्र छन् ।

त्यो स्वतन्त्रताको मिठास जुन वर्षो पछि आजाद ती पिंजडाको  पंक्षीले  महसुस गरेकी हुिन्छन् ,ठयाक्कै त्यस्तै आनन्द अझ भनौ त्यो भन्दा अलि बढी नै । ती आजाद पंक्षी बाहिरी बाज अनि शिकारीबाट अनविज्ञ छिन्,तिनलाई कसैले ति शिकारी अनि खतरनाक बाजबारे सम्झाउँदा पक्कै पनि एकैपटकमा विश्वास गर्दिनन् किनभने वर्षोपछिको उडने प्याँसले ति पँक्षी कसैको सुन्दिनन् । 

पिँजडामा पटक पटक उडदा ठोकिएको ती पिडा त तिनलाई भन्दा कसलाई पो राम्रोसँग थाहा छ र?यस्तै स्वतन्त्र भएको पाउँछु म एस.इ.इ परिक्षा सकेका भाईबहिनीलाई । घरमा पनि चौबिसै घण्टा मोबाइल चलाउँन स्वतन्त्र छन् । कतै कुलतमा त पर्दे छैनन् यसबारे अविभावक सचेत र सजग हुन जरुरी छ, भनिन्छ नि बिग्रने र सप्रिने उमेर पनि यही हो भनेर।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा