५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकजना माओवादी बिरोधिले प्रचण्डलाई लक्षित गर्दै यस्तो लेखे

१० जेष्ठ २०७४, बुधबार १८:३४

सरोज मिश्र | म माओबादीको पक्का बिरोधी हुँ । यो समूहले झण्डै एक दशक नेपालमा चलाएको कथित जनयुद्धलाई म बास्तवमै हत्या हिंसाले युक्त आपराधिक कृयाकलाप नै मान्छु । र, त्यसैकारण "प्रचण्ड" उपनाम बोकेका ब्यक्तिलाई म कुनै राजनीतिक प्राणी भन्दा पनि हत्यारा र लुटेरा समूहको नाइके नै मान्दछु । म यी कुराहरू बिना कुनै दुबिधा बेहिचक भन्दैछु । यसका लागि प्रचण्डका अनुयायीहरूका तर्फबाट हुन सक्ने कुनै पनि प्रकारको प्रहार खप्न तयार छुं ।

तर, म आज "प्रचण्ड" का बारेमा होइन, ४ बजे देशबासीलाई संबोधन गर्दै पदत्याग गर्नलागेका प्रधानमन्त्री पुष्पकमल दाहालका वारेमा कुरा गर्दैछु । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहालको यो कार्यकालको मुल्यांकन गर्नु पर्दा म उनलाई अब्बल नम्बर दिन चाहन्छु । बास्तबमै मलाई एक आतंककारी बिस्तारै कुटिल राजनीतिज्ञ अनि एक राजनेतामा परिवर्तन भएको अनुभुति भइरहेको छ । उनले सत्तारोहण गर्दा अवस्था सजिलो थिएन। शुन्यमा विशाल महल खडा गर्ने सपनाका ब्यापारीको लक्षित समूह (सोझा जनता) सामूको ब्यक्तित्व मार्केटिङ चरमबिन्दूमा थियो । पुष्पकमलको बिगतलाई हेर्दा पनि उनीबाट त्यो ग्लोबयल्स शैलीको प्रचारतन्त्रलाई तोडेर सफल हुने अपेक्षा कसैले गरेका थिएनन् । देशको एक ठूलो भूभागका बासिन्दा मुलुकको मूलधारबाट पुरै अलग्गिएको थियो । देशको अर्थतन्त्र अत्यन्तै निराशाजनक स्थितिमा थियो र त्यसमाथि "लम्पसारबाद" नकारात्मक बिल्ला अत्यन्तै बलियो रुपमा जवर्जस्त झुण्ड्याइएको थियो । पूरा राष्ट्र अध्यांरोमा डुबेको थियो, कहिलेकाही बिजुलीको प्रकाश देखिँदा माग्नेलाई करोडको चिठ्ठा परेको अनुभव हुन्थ्यो ।

पुष्पकमल दाहालले पदत्याग गरेको यो घडीमा मुलुकमा लोडशेडिङ भन्ने बिषय "एकादेशको कथा" भन्न मिल्ने बनेको छ । कूल ग्राहस्थ्य उत्पादन बृद्धिदर ७.५ प्रतिशत भएको छ । अकल्पनीय रूपमा स्थानीय निर्बाचन सम्पन्न भएको छ, अर्को चरण कसैले रोक्न सक्ने अवस्था छैन । अलग्गिएका देशबासीहरू मूलधारमा लगभग आए भन्दा फरक पर्दैन । "लम्पसारबाद" को आरोप लागेको पुष्पकमल दाहालले भारतलाई पटक्कै नाखुश नबनाई चीनसंग OBOR समझदारी गरेको छ । हेक्का रहोस्, पूर्बबर्ती सरकारका प्रमुखले भए यस्तै सम्झौता त गर्थे होलान् तर अर्को छिमेकीको बिरुद्ध बिषबमन गर्दै "राष्ट्रबादी पानीपुरी" बेच्दथे र त्यो समझदारी कार्यान्वयन गर्न असंभव बनाउंथे ।

सबभन्दा ठूलो कुरो त यी सबै उपलब्धीहरूका पछाडी पुष्पकमल दाहालको समुहगत वा ब्यक्तिगत स्वार्थ खासै देखिएन । आफू हार्ने लगभग निस्चित भएको चुनाव गराएर उनले राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएका छ्न् । नाकाबन्दीलाई लम्ब्याएर एकातिर जनता माझ "राष्ट्रबाद" को चनाचटपटे बेच्ने र अर्को तिर आफ्ना युवासंघ जस्ता संगठन मार्फत अर्बौँको इन्धन तस्करी गरेर बिपूल धनराशि जम्मा गर्ने अपराध पुष्पकमल दाहालले गरेनन् । जेनेरेटर र इन्भर्टर ब्यापारीको ठूलो प्रलोभनका बावजूद उनले लोडशेडिङ अन्त्य गर्न दिए । यसैकारण पुष्पकमल दाहाललाई "राजनेता" भन्दा मलाई कुनै संकोच हुन्न !

यी प्रसंशाका शब्दहरु खर्चिंदै गर्दा पुष्पकमल दाहालको बिगतको "प्रचण्ड" अपराध पखाल्न उनले अझै मेहनत गर्नु पर्छ भन्न पनि चाहन्छु । हजारौं निर्दोष नागरिकको मृत्युतुल्य पीडा, अबोध बादरमुढेबासीको कष्ट र मुक्तिसरको आततायी मरणको जवाफ यीनले दिनै पर्छ । यीनको उपलब्धीहरुका लागि सत्तासाझेदार दलले पाउनुपर्ने जस पनि म खोस्न चाहन्न । गगन थापा, जनार्दन शर्मा र नबिन्द्रराज जोशी जस्ता सारथीहरूको भूमिका पनि बिर्सन मिल्दैन । निर्बाचनमा समुचित शान्ति सुब्यबस्था कायम भएकोमा बिमलेन्द्र निधि पनि प्रशंसाका हकदार छ्न् ।

पुषकमल दाहालको उत्तराधिकारीले उनको राम्रो कामलाई निरन्तरता दिउन् । "टाट पल्टेको" ससुरालीको स्वार्थमा नअल्मलिउन् । यहि कामना गरौं !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता