२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकजना माओवादी बिरोधिले प्रचण्डलाई लक्षित गर्दै यस्तो लेखे

२०७४, १० जेष्ठ बुधबार १८:३४

सरोज मिश्र | म माओबादीको पक्का बिरोधी हुँ । यो समूहले झण्डै एक दशक नेपालमा चलाएको कथित जनयुद्धलाई म बास्तवमै हत्या हिंसाले युक्त आपराधिक कृयाकलाप नै मान्छु । र, त्यसैकारण "प्रचण्ड" उपनाम बोकेका ब्यक्तिलाई म कुनै राजनीतिक प्राणी भन्दा पनि हत्यारा र लुटेरा समूहको नाइके नै मान्दछु । म यी कुराहरू बिना कुनै दुबिधा बेहिचक भन्दैछु । यसका लागि प्रचण्डका अनुयायीहरूका तर्फबाट हुन सक्ने कुनै पनि प्रकारको प्रहार खप्न तयार छुं ।

तर, म आज "प्रचण्ड" का बारेमा होइन, ४ बजे देशबासीलाई संबोधन गर्दै पदत्याग गर्नलागेका प्रधानमन्त्री पुष्पकमल दाहालका वारेमा कुरा गर्दैछु । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहालको यो कार्यकालको मुल्यांकन गर्नु पर्दा म उनलाई अब्बल नम्बर दिन चाहन्छु । बास्तबमै मलाई एक आतंककारी बिस्तारै कुटिल राजनीतिज्ञ अनि एक राजनेतामा परिवर्तन भएको अनुभुति भइरहेको छ । उनले सत्तारोहण गर्दा अवस्था सजिलो थिएन। शुन्यमा विशाल महल खडा गर्ने सपनाका ब्यापारीको लक्षित समूह (सोझा जनता) सामूको ब्यक्तित्व मार्केटिङ चरमबिन्दूमा थियो । पुष्पकमलको बिगतलाई हेर्दा पनि उनीबाट त्यो ग्लोबयल्स शैलीको प्रचारतन्त्रलाई तोडेर सफल हुने अपेक्षा कसैले गरेका थिएनन् । देशको एक ठूलो भूभागका बासिन्दा मुलुकको मूलधारबाट पुरै अलग्गिएको थियो । देशको अर्थतन्त्र अत्यन्तै निराशाजनक स्थितिमा थियो र त्यसमाथि "लम्पसारबाद" नकारात्मक बिल्ला अत्यन्तै बलियो रुपमा जवर्जस्त झुण्ड्याइएको थियो । पूरा राष्ट्र अध्यांरोमा डुबेको थियो, कहिलेकाही बिजुलीको प्रकाश देखिँदा माग्नेलाई करोडको चिठ्ठा परेको अनुभव हुन्थ्यो ।

पुष्पकमल दाहालले पदत्याग गरेको यो घडीमा मुलुकमा लोडशेडिङ भन्ने बिषय "एकादेशको कथा" भन्न मिल्ने बनेको छ । कूल ग्राहस्थ्य उत्पादन बृद्धिदर ७.५ प्रतिशत भएको छ । अकल्पनीय रूपमा स्थानीय निर्बाचन सम्पन्न भएको छ, अर्को चरण कसैले रोक्न सक्ने अवस्था छैन । अलग्गिएका देशबासीहरू मूलधारमा लगभग आए भन्दा फरक पर्दैन । "लम्पसारबाद" को आरोप लागेको पुष्पकमल दाहालले भारतलाई पटक्कै नाखुश नबनाई चीनसंग OBOR समझदारी गरेको छ । हेक्का रहोस्, पूर्बबर्ती सरकारका प्रमुखले भए यस्तै सम्झौता त गर्थे होलान् तर अर्को छिमेकीको बिरुद्ध बिषबमन गर्दै "राष्ट्रबादी पानीपुरी" बेच्दथे र त्यो समझदारी कार्यान्वयन गर्न असंभव बनाउंथे ।

सबभन्दा ठूलो कुरो त यी सबै उपलब्धीहरूका पछाडी पुष्पकमल दाहालको समुहगत वा ब्यक्तिगत स्वार्थ खासै देखिएन । आफू हार्ने लगभग निस्चित भएको चुनाव गराएर उनले राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएका छ्न् । नाकाबन्दीलाई लम्ब्याएर एकातिर जनता माझ "राष्ट्रबाद" को चनाचटपटे बेच्ने र अर्को तिर आफ्ना युवासंघ जस्ता संगठन मार्फत अर्बौँको इन्धन तस्करी गरेर बिपूल धनराशि जम्मा गर्ने अपराध पुष्पकमल दाहालले गरेनन् । जेनेरेटर र इन्भर्टर ब्यापारीको ठूलो प्रलोभनका बावजूद उनले लोडशेडिङ अन्त्य गर्न दिए । यसैकारण पुष्पकमल दाहाललाई "राजनेता" भन्दा मलाई कुनै संकोच हुन्न !

यी प्रसंशाका शब्दहरु खर्चिंदै गर्दा पुष्पकमल दाहालको बिगतको "प्रचण्ड" अपराध पखाल्न उनले अझै मेहनत गर्नु पर्छ भन्न पनि चाहन्छु । हजारौं निर्दोष नागरिकको मृत्युतुल्य पीडा, अबोध बादरमुढेबासीको कष्ट र मुक्तिसरको आततायी मरणको जवाफ यीनले दिनै पर्छ । यीनको उपलब्धीहरुका लागि सत्तासाझेदार दलले पाउनुपर्ने जस पनि म खोस्न चाहन्न । गगन थापा, जनार्दन शर्मा र नबिन्द्रराज जोशी जस्ता सारथीहरूको भूमिका पनि बिर्सन मिल्दैन । निर्बाचनमा समुचित शान्ति सुब्यबस्था कायम भएकोमा बिमलेन्द्र निधि पनि प्रशंसाका हकदार छ्न् ।

पुषकमल दाहालको उत्तराधिकारीले उनको राम्रो कामलाई निरन्तरता दिउन् । "टाट पल्टेको" ससुरालीको स्वार्थमा नअल्मलिउन् । यहि कामना गरौं !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु