२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजपा मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै…’

१ असार २०७४, बिहीबार १२:००

अनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ र हामीले बिभिन्न बहानामा उसैको नीति पछ्याईरहेका छौं । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो ।  

मैले शिर्षकमा नेपालको हालसालै जन्मिएको वा कसैले जन्माईदिएको राजनीतिक पार्टीको नामलाई केन्द्रमा राखेर यो बिषयमा आफ्नो टिप्पणी लेखिरहेको छु, जसले प्रत्यक्ष वा परोक्ष रुपमा नेपालका ठूला दललाई समेत जोडेको छ । मैले लगाएको दोष नितान्त मेरो व्यक्तिगत हुन् यस बिषयलाई कसैले स्वीकार वा अस्विकार गर्ने छुट छ । 

राजपा' यानेकि भाजपा 

मैले भनेको छु – 'राजपा' यानेकि भाजपा' वा भारत । यो भनाई मेरो मात्र हैन, सामाजिक संजालमा भाइरल भएको बिषय हो । हुन त संयोगले यो आरोप उठेको हुन सक्छ कि राजपाले भारतको प्रधानमन्त्रि मोदीको निर्देशनमा आफ्नो पार्टीको नाम राखेको छ । मोदीको पार्टीको नाम भाजपा (भारतीय जनता पार्टी), यता नयाँ जन्म लिएको पार्टीको नाम राजपा (राष्ट्रिय जनता पार्टी) । 

नामकै बिषयमा टिप्पणी गर्ने हो भने राजपा यानेकि राष्ट्रिय जनता पार्टी । राजपाका नेताहरुलाई 'राष्ट्रिय' नाम जोड्नु अघि चेतना हुनु पर्ने हो कि राष्ट्रिय भन्ने बित्तिकै हिमाल, पहाड र तराई जोड्ने नाम हो यानेकि हरेक नेपाली जोड्ने नाम हो । तर राजपा भनेर खोलेको पार्टीले राष्ट्रियतालाई बिर्सिएर एउटा भौगोलिक जनताको आडमा राजनीति गर्ने बाटो मात्र रोजेको छ । उसको ब्यबहारमा हिमाल र पहाड उसका सत्रु हुन्, त्यति मात्र नभनु मधेस बाहेक उसको अरुसँग कुनै सम्बन्ध नै छैन । उसले तराईको मात्र समस्या देखेको छ, जहाँ सम्भावनाको पहाड छ, रेल कुदाउन त्यहि सहज छ, उर्वर भूमिको कारण राम्रो कृषि नीति आए विदेशसम्म निर्यात गर्न सक्ने भुमी छन् । उद्योग-कलकारखानाको प्रचुर सम्भावना र ब्यबसायीहरुका लागि हरेक प्रकारले सुबिधायुक्त ठाउँको सम्भावना त्यहि छ । जुन भूगोलमा १ रुपयाँ रोपेर हजार कमाउने शक्ति छ त्यहाँका जनतालाई राज्यले बेवास्ता गर्यो भनेर आन्दोलन गरिएको छ । मधेसमा चेतनाको कमी छ, त्यहाँ राज्य संयन्त्रले ध्यान दिएको छैन र त्यसलाई हामीले अब उकास्छौँ जसले भनि रहेका छन् तिनैले त्यहाँको अहिलेसम्मको माहौल तहसनहस पारेको मेरो बुझाई छ । त्यसका लागि धेरै उदाहरणहरु छन् त्यसलाई मैले यो लेखमा उल्लेख गर्न चाहिन ।   

बिकासको सम्भावनाको कुरा गर्ने हो भने एउटा पहाडमा १० किलोमिटर खन्न पुग्ने बजेटले तराईको १०० किलोमिटर बाटो खन्न सकिन्छ । यस्तो सम्भावना युक्त स्थानमा बस्ने जनतालाई देशले राम्रो नीति लिन सके एक्कासि समृद्ध बनाउन सक्छ भन्ने कुरालाई बिर्सेर अनेक बहाना र बखेडा झिकेर भारतको नीति लाद्ने काम भई रहेको छ । बास्तवमा मधेसमा बिरोध गर्नेले बुझ्नुपर्छ, भौगोलिकतामा असहज भएको हाम्रो जस्तो देशमा बिकासको लागि मधेस भन्दा पहाड निकै पछाडी छ र भावी दिनमा पनि उत्तिकै समस्या छ ।

अब भन्नुस कुनै एउटा मात्र भूगोल वा निश्चित जनता समेट्ने गरि बनाइएको पार्टीको नाम कसरी राष्ट्रिय भयो । राष्ट्रिय हुनको लागि नेपाल भरको जनता समेट्ने नीति हुनुपर्दैन ? हिमालको भोटेले भोट हाल्दा राजपालाई भोट हाल्ने आधार हुनुपर्दैन ? त्यसैले मलाई लाग्छ, राजपाको 'रा' ले राष्ट्रिय भन्ने कुरालाई कुनैपनि तरिकाले छुंदैन । यदी मधेशको मात्र जनता समेट्ने पार्टी हो भने 'मजपा' राखेको भए उत्तम हुन्थ्यो कि ! तर त्यसो गरिएन, भारतको भाजपालाई सन्तुष्ट बनाउन राजपानै राखियो । अन्यथा 'हामीलाई पहाडी भूगोल सहितको संघियता चाहिन्न' भन्नेले पार्टीको नाममा राष्ट्रिय जोड्नु सान्दर्भिक छैन । 

अब झण्डा तिर जाउँ – यदी राजपा नाम राख्नु संयोग थियो भने राजपाले झण्डा पनि भाजपा वा भारतकै रुपमा सृजना गरेको छ । उसको झण्डामा मिसाइएको रंगहरुलाई हुबहु राजपाले समेटेको छ । झण्डाको रुप हेर्दा भारतको राष्ट्रिय झण्डासँग मेल खान्छ । रङ्गहरुको कुरा गर्ने हो भने पनि भाजपा वा भारतको झण्डासंग स्पष्ट झल्को दिन्छ । अब उसलाई कसरी फरक उध्यस्यले खुलेको पार्टी मान्ने ? 

राजपासँग किन डराउँछ सरकार ?

सरकार राजपासँग डराउनुको पछाडी धेरै रहश्य लुकेका छन् । कांग्रेसका नेताहरुले नै २ नम्बर प्रदेशमा निर्वाचन गर्न नसकिने भनेका छन् त्यसको कारण के खुलाइएको छैन । कांग्रेसका नेताहरुले के बुझेर असार १४ गते प्रदेस २ नम्बरमा निर्वाचन गर्न सकिन्न भने ? कि त राजपाको जमात ठुलो देखे, कि त भारतले कुनै पनि हालतमा प्रदेस २ मा निर्वाचन गर्न दिंदैन भन्ने कुरा बुझे । नत्र उपेन्द्र यादव र गक्षधारको पार्टीले निर्वाचनमा भाग लिँदै गर्दा कसरी प्रदेस २ मा राजपाले निर्वाचन बहिस्कारको नीति लियो । राजपालाई यत्रो चुनावी बल कहाँबाट मिल्यो ? देउवा सरकार समेत झस्काउने कत्रो शक्ति छ राजपासँग ? बडो अचम्मको बिषय छ यो । 

पत्तासाफ हुने डर 

राजपालाई अहिले नै निर्वाचनमा जाँदा सिद्धिने डर छ । जनताको ठुलो समर्थन हुने र प्रदेश २ मा उसको आधा मात्र पनि सिट आउने स्थिति थियो भने राजपा निर्वाचनमा जाने निश्चित थियो तर परिस्थिति त्यस्तो छैन । तराईमा एमाले/कांग्रेस/माओवादी भन्दा केहि बढी प्रभाव मधेसवादीको पक्कै छ तर अरुलाई नै पछार्ने गरि राजपा बलियो भने छैन । उसले आफुलाई सुधार्न र आफुलाई संरचनामा बलियो देखाउन पनि अहिलेको निर्वाचनलाई पछाडी धकेल्न चाहन्छ । राजपाले यदी आफ्नो शक्ति ठुलो देखेको थियो भने मधेसमा तत्काल निर्वाचनमा गएर पनि उसले जनताको साथबाट केन्द्रसम्म दवाब दिएर आफ्ना नीतिहरु लागु गर्न सक्थ्यो । तर त्यस्तो अवस्था नदेखेपछि राजपाले पहिले सर्त त्यसपछि निर्वाचनलाई प्राथममिकता दिएको बुझ्न सकिन्छ । 

यही सन्दर्भमा राज्य हार्ने र एउटा स्वार्थि झुण्डले जित्दै जाने हो भने भोली देशको हालत के हुन्छ मुख्य दलले बुझ्नु जरुरी छ ? यदी राजपा राष्ट्रिय पार्टी हो भने ६ वटा प्रदेशले निर्वाचनमा उत्साहपुर्बक सहभागिता जनाउँदै गर्दा किन अर्कै देशबाट आए जस्तो ब्यबहार गर्छ ? त्यसैले सत्ता पक्षले कसैको स्वार्थ पुरा गर्ने तर्फबाट भन्दा पनि  सिंगो देशको स्वार्थ हेर्नुपर्छ । 

भाजपाले किन जन्मायो राजपा ?  

भाजपा यानेकि भारतीय जनता पार्टी । भारतका प्रधामन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले नै राजपा जन्माएको भन्ने धेरैको आशंका छ । यही आशंकालाई प्रमाणित गर्ने आधार झट्ट हेर्दा भारतको नीति अनुसार काम, उसैको नाम जस्तै नाम र झण्डा समेत नक्कल गरिनु हो । यदी भारतले जन्माएको पार्टी राजपा हैन भने पनि भारतको मोदीको पार्टी भाजपाको फ्यान पार्टी भने राजपा हो भन्नेमा कुनै दुई मत छैन किनकी झण्डा र पार्टीको नाम नै प्रभावित भएर राखिनु संयोग हैन । झण्डामा एउटा मात्र रङ्ग मात्र फरक परेको भए पनि के हुन्थ्यो ? त्यत्रो नेताले मिलेर बनाएको झण्डा भारतको राष्ट्रिय झण्डा वा कुनै बिशेष पार्टीसँग मेल खानु संयोग भन्दा बढी प्रभाव भन्न सकिन्छ । त्यसैले पनि राजपालाई लागेको भारत प्रभावित छापलाई अझै प्रमाणित बनाउने गरेको छ । 

अर्को विश्लेषण पनि गरौँ । यदी भारतकै इसारा वा भारतले चाहेरै राजपा जन्मिएको हो भने त्यसमा भारतको स्पष्ट स्वार्थ छ । नेपाललाई कुनै न कुनै बहानामा नाटकीय रंगमंचमा नचाईरहने र त्यसको फाइदा भारतले लिने भारतको षडयन्त्र छ । भारतको सबैभन्दा बढी भर परेको देश भारत हो । नुनदेखि सुनसम्म भारतकै नेपालमा आयात हुन्छ । हामीले लगाउने चप्पलदेखि टोपीसम्म भारतकै ९० प्रतिशत भन्दा बढी हुन्छ त्यसोत हामीले खाने नुन, कपडा, खाने कुरा र लगाउने कुरासम्म भारतबाटै आयात हुन्छ । यसरी नेपाली बजारलाई केन्द्रमा राख्न नेपालमा भारतले सम्रिद्दी भन्दा बढी बेथिति चाहन्छ । किनकी बेथिति भएको ठाउँमा उद्योग, कलकारखाना संचालन हुँदैनन् । नेपाल आफैमा आत्मनिर्भर नबन्दा जनतामा सम्रिद्दी आउँदैन र उसले चाहेको तरिकाले संचालन गर्न सक्छ । नेपालमा राम्रो स्थिति बन्ने हो भने नेपाल आफै सबै कुरामा समृद्ध बन्ने प्रयास गर्छ । त्यसरी समृद्ध बन्ने चरणमा नेपाललाई चाहिने सबै कुराको उत्पादन आफ्नै देशमा हुन्छ । जसको प्रत्यक्ष बेफाइदा भारतलाई पर्छ । त्यसैले पनि भारत नेपालमा समृद्धि र अमन/चयन होस् भन्ने चाहँदैन । उसले नेपालको संबिधानलाई यस अघि पनि कार्यान्वयन गर्न दिने कसरत गरेको थिएन भने अझै पनि उसको नीति त्यहि हो तर फरक दाऊ मात्र चलेको छ । 

लक्ष्य संघ र प्रदेशसम्म 

असाेज २ गते निर्वाचन हुने सहमतिले धेरै हदसम्म त्यसको प्रत्यक्ष असर संघ र प्रदेशको निर्वाचनमा पर्छ । असोजसम्ममा देशमा अर्को निर्वाचन हुनुपर्नेमा स्थानीय निर्वाचनमै अड्किदा त्यसले राजनीतिमा निकै प्रभाव पार्छ र यस्तै बखेडाको कारण तोकिएको समय सिमामा निर्वाचन असम्भव बनाउनेसम्मको अवस्था आउँछ । यसरी भारतको पासोमा राजपाले असोजमा अर्को चरणको निर्वाचन गर्ने भन्ने सर्त तेर्स्याएको स्पष्ट छ । संघ र प्रदेससम्मको निर्वाचनलाई बिथोल्ने गरि सहमति हुनुमा कांग्रेसको समेत ठूलो त्रुटि भएको देखिन्छ । सक्छ भने सरकारले असोजमा निर्वाचन गर्ने निर्णय फिर्ता लिनुपर्छ अन्यथा संबिधान र हालसम्मको उपलब्धि गुम्ने ठूलो खतरा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ