छोरीले गर्भदेखि नै अपहेलित भएर जन्मने हाम्रो समाजमा फेरी अर्को घरमा घर जम बसाउन जानु पर्ने संस्कार छ । आफ्नो घरमा हुर्कदा बस्दा जे जस्तो परिस्थितीमा हुर्के बढे पनि बाबु आमालाई छोरीको व्यवस्थापन बेलैमा राम्रो “ घरमा ” गर्न पाए हुन्थ्यो भन्ने पिरलो हुन्छ किन कि छोरीलाई संन्ताको रुपमा स्वीकार गर्न सामाजिक मूल्य मान्यताले दिएको छैन । छोराको विवाहको लागि चिन्ता नहुनु र छोरीको विहेको चिन्ताले सताउनु ले प्रष्ट हुन्छ कि छोरीलाई बोझको रुपमा घर परिवारले स्वीकार गरेको छ । छोरी मात्रै दिएर भएन ज्वाई र छोरी दिने घरलाई पनि खुसी पार्नु पर्ने बाध्यता हामी बस्ने समाजमा हामीले नै निर्माण गरेका छौ । दाइजो प्रथालाई सामाजिक कुरितिको रुपमा रहेको ठहर गरे पनि व्यवाहारिक रुपमा प्रत्यक्ष अप्रत्यक्ष सबैले दाइजोलाई प्रसय दिइनै रहेका छौ । तराईमा मात्रै दाइजो प्रथा छ नेपालमा अन्य ठाउँमा खासै छैन भन्ने छ तथापि फरक फरक नामको दाइजो प्रथा जता ततै छ । जस्को कारण महिलामाथि हुने हिंसा बढिहरेको छ ।
भूगोल अनुसार फरक फरक छ तर छोरी दिन सम्पति पनि चाहिन्छ भन्नेहरुको संख्या सबै ठाउँमा छ । फरक यति मात्रै हो तराईमा एक गरिब परिवारले घाम पानी नभनेर अरुको जग्गामा भए पनि लगाएको तरकारी बेचेर ,दुध बेचेर छोरीको विहेमा दाइजो दिनको लागि पैसा साँचेको हुन्छ । मध्यम परिवारले धान,बेचेर साँचेको हुन्छ धनीले कुनै कम्पनी , व्यवसाय नै छोरीको दाइजोको लागि तयारी गरिरहेको हुन्छ यो प्रत्यक्ष देखिन्छ । तराइ बाहेक पहाड शहरहरुमा साँचेर नराखे पनि छोरीलाई दाइजो दिइन्छ तर अप्रत्यक्ष अनि भनिन्छ दाइजो दिने चलन छैन ।
सबै खाले परिवारमा दाईजो प्रथा कायम छ फरक नाम र काम मा छ तर सम्पति त सम्पति नै हो । छोरीलाई सुख दिने नाममा दिइएको श्री सम्पति सुख हैन शारिरीक ,मानसिक यातनाको उपाहार बनेको छ । सोही उपहारले अनन्त छोरीको जीवन कसरी संचालन भएको छ भन्ने तर्फ कसैले चासो दिइएको छैन । यदि यो प्रथा परम्परा रोक्नु छ भने कानून निर्माण गरेर हैन जगै देखि सबैे जना तयार हुन जरुरी छ । छोरा र छोरीको महत्वलाई सबैले एकै स्थाना राखेर हेरिनु पर्दछ । कोही पनि सम्पति ल्याउने माध्यमको रुपमा मोलिमोलाउ हुन हुदैन र कानून बनाएर कानूनी कार्वाहीमा जानु पर्ने हुदैन । आफ्नो महत्व को बारेमा जानकार हुदा हुदै पनि सामाजिक मूल्य मान्यताले गर्दा जति धेरै पढेलेखेर सक्षम भए पनि अलिकति आमा बाबुले दिने दाइजो अर्थात सम्पतिको आस गर्ने बानी परिसकेको हाम्रो समाजका छोरीचेलीले पनि त्यो प्रथा परम्परा तोडन आट गर्न आजको आवश्यकता हो ।
जो आफु जाने घरमा आफुले सुत्ने खाट,आफ्नो सामान राख्ने दराज जस्ता समान सम्म छैन भने मैले कसो गरि जीवन निर्वाह गर्न सक्छु होला ? भनेर चिन्तन गर्नु पर्ने बेला आएको छ । घरलाई छोरी दिने र घरको छोरी माग्ने हैन इमान्दार व्यक्ति होस जो दाइजो एक कौडि पनि नलिएर नलगेर आफै सृजना गर्न सक्षम मनोबल को आवश्यकता छ । भावना मिल्छ सम्मान ,मिल्छ भन्ने बल्ल यो समाज सुन्द,र बन्छ तर्सथ उपहार अथावा दाइजो दहेज जे भने पनि लिने दिने कार्यको रोकथाम गर्न सबै जनको दायित्व र कत्र्वय हो । अस्तु ।