-देवराज पुरी
खानेपानी ,सरसफाई तथा स्वास्थ्य ( वास ) कार्यक्रम ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
-देवराज पुरी
खानेपानी ,सरसफाई तथा स्वास्थ्य ( वास ) कार्यक्रम ल"/>
२०८२, २३ फाल्गुन शनिबार
पर्बत - PBT

महिनावारीको सरसफाईमा महिलाहरु खुल्ला बोल्न थाले

२०७४, १५ श्रावण आईतवार ०५:२८

-देवराज पुरी
खानेपानी ,सरसफाई तथा स्वास्थ्य ( वास ) कार्यक्रम लागू भएको विहादी गाउँ पालिका वडा नं. ३ रानीपानीमा महिनावारी बेलाको सरसफाई बारेमा महिलाहरु खुलस्त बोल्न थालेका छन । एउटा केटी मान्छे बढ्दो उमेर सँगै महिनावारी हुन्छिन । यो प्राकृतिक नियमको कुरा हो । तर पहिले पहिले शुरुको महिनावारी हुँदाको बेलामा महिलाहरु धेरै दिन लुक्नुपर्ने हुन्थ्यो ।

त्यो समयमा प्रयोग गरिने कपडा पुराना तथा फोहोर हुन्थे । प्रयोग गरिसकेका कपडाहरु गोठको कुनामा , घरको कर्सामा अब्यबस्थित रुपमा थन्काउने काम गरिन्थ्यो । यो विशेष अबस्थामा अध्यारोमा फोहोर ठाउँमा बस्नुपर्ने बाध्यता थियो । सेनेटरी प्याड को रुपमा पुराना फोहोर कपडाहरु प्रयोग गरिन्थ्यो । त्यो बेलामा फोहोर पानी , कूलोको पानीले सफा गर्ने गरिन्थ्यो । लगाएका लुगाहरु विस्तारा समेत अरुले नदेख्ने गरी धुने तथा बारीको छेउतिर सुकाउने गरिन्थ्यो । छात्राहरु महिनावारी भएको बेलामा बिधालय , कलेज समेत जादैनन् । यो बेला विशेष गरी महिलाहरु गह्रौ कठिन काम गर्नुपर्ने अबस्था थियो । यहि बेलामा कठिन काम गर्ने तर आबश्यक सन्तुलित खानेकुरा खान नहुने एबं खानै नपाउने खानमा बन्देज लगाृउने समेत गरिन्थ्यो । त्यो बेला गोठमा , अलग्गै कुनामा सुत्नुपर्ने हुन्थ्यो ।


फलस्वरुप युरिनेरी ट्रेज इन्फेक्सन (यूटिआइ)यौनजन्य संक्रमणहरु बाट वढी नै प्रभावित हुने गर्दथे । ठूलो ओहोदामा रहेका पुरुषहरुका आमा , श्रीमतीहरु समेत पाठेघर आड. खस्ने समस्याबाट ग्रसित रहेको तथ्याँक बाहिर सानै आएतापनि भित्र भित्रै लामो तथ्याँक रहेको छ । यी र यस्ता समस्याहरु म्हिलाहरुबाटै लुकाईन्छ । हाम्रो सामाजिक , साँस्कृतिक चलनहरुका कारण समेत महिलाहरु आफ्ना भित्री समस्याहरु दबाएरै राख्ने सहने गरेको पाईन्छ । बास्तवमा महिनावारी भएको महिलालाई छुनु हुदैन , नछुने भएकी आईमाई भन्ने चलन ब्याप्त नै थियो ।
विगतको अबस्थालाई नियाल्दा माथी उल्लेखित ब्यबहारहरु सबै अहिले हटेका छन भनेर भन्न त सकिदैन । आजकल महिलाहरु विभिन्न विषयका भेला , बैठक , तालिमहरुमा सहभागी भई जीवन उपयोगी सवालहरुमा छलफलमा सकृय सहभागी भइरहेका छन् । त्यसो त विभिन्न खानेपानी , सरसफाई तथा स्वास्थ्य सम्बन्धी भला ,बैठक , तालिमहरुमा हुने थुप्रै विषयसँगै ब्यक्तिगत सरसफाई सम्बन्धी सरसफाई सूचक भित्र महत्वपूर्ण रुपमा रहेको महिनावारी बेलाको सरसफाई तथा लैंगिक समानता बारेमा खुल्ला छलफल मै महिलाहरुले आफ्नो विचार राख्न थालेका छन् ।


महिनावारीका बेलामा प्रयोग गरिने कपडा, विस्तार गुन्द्री सेनटरी प्याड सफा हुनुपर्दछ । महिलाका हरेक काममा पुरुष बाधक होईन साधक पो बन्नु पर्छ – साविक रानीपानी ५ की चन्द्रकला शर्मा बताउनु हन्छ । त्यस्तै महिनावारी भएको बेलामा घर भित्रको काम गर्न अलि दकस लाग्ने , मन नखल्ने , मनले छोएर काम गर्न नमान्ने हुन्थ्यो । अहिले सबै बुझेपछि सरसफाईमा विशेष ख्याल गरेमा केहि नहुने कुरामा रानीपानी ८ की माया देबी भटराई ढक्क छिन। महिनावारी भएकी महिलाले छुदैमा कुनै बोट विरुवा मर्ने हुदैन तथा फल नलाग्ने , झर्ने पनि हुदैन । यो समय त बिशेष प्राकृतिक अबस्था पो हो ।

यति बेला सरसफाई मा विशेष ध्यान पो दिनु पर्दछ । छुदैमा घरमा बस्दैमा पहिरो जाने भत्किने हुदैन । आयु छोटो हुने पनि होईन – कुशुम क्षेत्री थप्छिन् । यो समय गह्रौ भारी बोक्ने , लामो समय कठिन काम गर्ने तथा विशेष अबस्थाहरुमा साबधानी अप्नाउनु पर्दछ – रानीपानी ४ की शान्ता शर्मा ले बताईन् । यो बेला दूध खान नहुने , फलफूल खान नहुने भन्ने हुदैन झन् यो समयमा त सन्तुलित आहारा पो खानु पर्छ । यहि बेला शरीरलाई बढी पौष्टिक तत्व भएको खाना पो चाहिन्छ – रानीपानी १ की लक्ष्मी न्यौपानेले दर्शाइन । त्यसो त छलफलमै रानीपानी वार्डबाट निर्वाचित वार्ड सदस्य विष्णु पौडेल भन्छिन् यो बेला कडा काम नगरी आराम गर्नुृपर्छ । किनकी यो बेला महिलाको शरीर कोमल हुने हुँदा कान्छो सुत्केरोको रुपमा विशेष सुरक्षा गर्नुपर्दछ ।


हिन्दु धर्ममा महिला रुपी देबी , सरस्वती , महाकाली ,दुर्गा , भगबतीलाई जति बेला पनि पूजा गर्ने तर महिनावारी हुँदा महिला नछुने भन्ने हुदैन – रानीपानी ३ की सीता देवी शर्माले मुख खोलिन् । आजकलका युबतीहरु सेनटरी प्याड खुल्ला रुपमा दोकानबाट किनेर प्रयोग गर्न थालेका छन । कति विधालयहरुमा त छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड दिन थालिएको छ । अन्य बयस्क महिलाहरुले तथा हामीले समेत यो बेला कटन , सुतीको नरम कपडा प्याडको रुपमा प्रयोग गर्ने गरेका छौ –रानीपानी कै सामाजिक परिचालिका रेश्मा पराजुलीले बताईन ।


आजको विश्वमा महिलामा हुनैपर्ने प्राकृतिक नियम महिनावारी लाई समाज पिच्छे अलग अलग धारणा राखेतापनि विभेदकारी हेराई हुनु विज्ञान सम्मत छैन । घरमा , टोलमा , समाजमा छोरा छोरी , महिला पूरुष नै हुन्छन् । अब महिला मात्रै होईन सामाजिक कुरुतिहरुलाई हटाई सबै रमाउने समाज बनाउने अभियानमा महिलाका सवालमा पुरुष पनि बोल्नुपर्ने जरुरी छ । समाजमा महिला पुरुष मध्ये कुनैको उपस्थिति नहुँदा साह्रै नै खल्लो हून्छ । त्यसैले समाज रुपी रथको सही यात्रा गर्नका लागि महिला पूरुष दुबैले महिनावारी सम्बन्धी शिक्षा बाट सूसूचित हुनुपर्दछ । फूलको आँखाबाट हेर्ने नजरिया बनाउन सक्नुपर्दछ । परिबर्तको थालनी आ –आफ्नो घरबाट शुरु गरौ । अनि सकारात्मक , रचनात्मक समाजको पक्षमा प्रतिबद्ध बनौ । अनि घर , टोल , छिमेक , समाज हुदै परिबर्तको यात्रा गतिशिल रुपमा अगाडी बढिरहन्छ । तव मात्रै दोस्रो पुस्ता थप प्रगतिशिल प्रगतिमा लम्कन पाउनेछ । यो पुस्ता धन्यबादी हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता